दूधखोला विद्युत् आयोजनाकाे वित्तीय व्यवस्थापन सम्पन्र
आर्थिक परिवेश२५ साउन, काठमाण्डौ । मनाङमा निर्माण हुन लागेको ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत् आयोजनाका लागि १० अर्ब रुपैयाँभन्दा बढीको वैदेशिक तथा स्वदेशी लगानी (वित्तीय व्यवस्थापन) जुटेको छ । माउण्टेन इनर्जी लिमिटेडको सहायक कम्पनीको प्रवद्र्धक दूधखोला हाइड्रोपावर कम्पनी र ऋण लगानी गर्ने बैंकहरूबीच वित्तीय व्यवस्थापनसम्बन्धी औपचारिक सम्झौता भएसँगै आयोजना निर्माणको बाटो पूर्ण रूपमा खुलेको हो। यस आयोजनामा एनएमबी बैंकले नेतृत्वदायी बैंकको रूपमा ६ अर्ब ८१ करोड रुपैयाँ लगानी हुने छ भने सानिमा बैंकले ३ अर्ब २० करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । दूधखोला आयोजनाको कुल लागत १२ अर्ब ८९ करोड रुपैयाँ अनुमान गरिएको छ । कुल लागतमध्ये बैंकहरूबाट प्राप्त…
हेटाैडा कपडा उद्योग परीक्षणकाे रुपमा पुनः सञ्चालनमा
आर्थिक परिवेश२३ साउन काठमाडौँ। सरकारले लामाे समयदेखि बन्द भै जिर्ण अवस्थामा रहेकाे हेकाे हेटाैडा कपडा उद्योग परीक्षणकाे रुपमा पुनः सञ्चालनमा ल्याएकाे छ । वर्षौँदेखि बन्द, घाटा र व्यवस्थापकीय समस्याले थलिएका राष्ट्रिय उद्योग तथा संस्थानलाई इमान्दार प्रयास, कानुनको प्रभावकारी कार्यान्वयन र निरन्तरको सामूहिक प्रयासबाट पुनः सञ्चालनमा ल्याएर प्रतिस्पर्धी बनाउन सकिने आशालाग्दा परिणाम देखिन थालेका छन्। नेपाल औषधि लिमिटेड, हेटौँडा कपडा उद्योग, नेपाल वायुसेवा निगम, दुग्ध विकास संस्थान (डीडीसी) र सिंहदरबार वैद्यखानामा पछिल्लो समय सुरु गरिएका सुधारका प्रयासले रुग्ण सरकारी उद्योग तथा संस्थानको पुनरुत्थान सम्भव रहेको देखाएको प्रधानमन्त्री बालेन्द्र शाहले बताउनुभएको छ। प्रधानमन्त्री शाहले आज बिहान सामाजिक सञ्जालमार्फत राष्ट्रिय उद्योग तथा संस्थानमा देखिएका…
नेपालमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : प्रधानमन्त्री
आर्थिक परिवेश०१ साउन काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा सरकारले आवश्यक सहजीकरण गर्नेमा प्रतिबद्धता जनाउनु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल (एफएमएएन)का पदाधिकारी र सदस्यसँगकाे छलफलमा प्रधानमन्त्री शाहले जुत्ता चप्पलको आयात प्रतिस्थापन तथा रोजगारी सिर्जना लागि आवश्यक सहयोग पुर्याउने बताउनुभयो । उहाँले तीन वटै तहको सरकारको समन्वयमा जुत्ता चप्पल उत्पादनसम्बन्धी सीपमूलक तालिम सञ्चालन तथा नेपाली जुत्ता–चप्पलको प्रवर्द्धन तथा बजारीकरणमा निजी क्षेत्रलाई प्रोत्साहन गरिने बताउनुभयो । यस्तै, उद्योगको उत्पादन क्षमताअनुसार कच्चा पदार्थ आयातको सीमामा ट्रयाकिङ तथा अभिलेख व्यवस्थापन प्रभावकारी बनाइने उहाँको भनाइ थियो । छलफलमा सङ्घका पदाधिकारी तथा सदस्यले विभिन्न…
नेपालबाट भारतले १६५० मेगावाट विद्युत लैजाने
आर्थिक परिवेश३१ असार, काठमाण्डाै । ढल्केवर-मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत हुने विद्युत् आदान-प्रदानको क्षमता उल्लेखनीयरूपमा बढ्ने भएको छ। नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको १३औँ बैठकले अन्तरदेशीय विद्युत् प्रसारण पूर्वाधार विस्तार तथा विद्युत् व्यापार बढाउने निर्णय गरेको हो। नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडी र भारत सरकारको विद्युत् मन्त्रालयका सचिव पंकज अग्रवालको सहअध्यक्षतामा बुधबार पोखरामा सम्पन्न बैठकले अन्तरदेशीय प्रसारण लाइनमार्फत हुने विद्युत् आदान-प्रदानको क्षमता बढाउने निर्णय गरेको हो। उक्त निर्णयअनुसार संयुक्त प्राविधिक टोलीको अध्ययनका आधारमा ढल्केवर-मुजफ्फरपुर र प्रस्तावित ढल्केवर-सीतामढी ४०० केभी प्रसारण लाइनमार्फत हुने संयुक्त विद्युत् प्रवाहको क्षमता आयाततर्फ हालको एक हजार मेगावाटबाट १ हजार चार सय…
औद्योगिकरण र हरित विकासको महत्वपूर्ण आधार उर्जा प्रधानमन्त्री
आर्थिक परिवेश२६ असार, काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, औद्योगिकरण र हरित विकासको महत्वपूर्ण आधार भएको बताउनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका पदाधिकारीहरूसँग आज सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले नेपालको निर्यात व्यापारको प्रवर्द्धनमा पनि ऊर्जा क्षेत्रको उल्लेख्य भूमिका रहने बताउनुभयो । उहाँले नेपालमा ऊर्जा उत्पादन तथा प्रवर्द्धनका क्षेत्रमा आइपरेका समस्या, अवसर र चुनौती जस्ता क्षेत्रमा इपानले उठाएका विषयहरूलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिइएको स्पष्ट गर्नुभयो । प्रधानमन्त्री शाहले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण तथा सम्बन्धित सरोकारवाला निकायहरूसँग समन्वय गरी आवश्यक सहजीकरण र समाधानका लागि अघि बढ्ने आश्वासन पनि इपानका पदाधिकारीहरूलाई दिनुभएको…