रोजगार मेलामा युवाहरूकाे आर्कषण १० प्रतिशतले रोजगारी प्राप्त गर्ने
आर्थिक परिवेश१७ जेठ, काठमाडाैं । करिव ६ सय रोजगारीको अवसर खुला गर्ने उद्देश्यले काठमाडौंमा आयोजित रोजगार मेला बुधवार सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको रोजगार मेला जेठ १६ देखि संचालन गरिएको थियो । रोजगार मेलाले यूवालाई महासंघसंग जोडन सहयोग गरेको विश्वास महासंघले गरेकाे छ । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तराष्ट्रिय श्रम संगठनको सहयोगमा आयोजना गरिएको मेलामा नेपालमा रहेका ५४ वटा प्रतिष्ठित कम्पनीहरूको सहभागिता थियो भने कम्पनीहरूले करिव ६ सय रोजगारीको अवसर खुला गरेका थिए । मेलामा कामको खोजीमा रहेका युवाहरूको निकै ठूलो सहभागिता रहेको थियो । मेला मार्फत करिव १० प्रतिशतले रोजगारी…
नेपालकाे विद्युत उत्पादन २१.७ प्रतिशतले बढेर कुल जडित क्षमता २६६६ मेगावाट पुग्याे
आर्थिक परिवेश१४ जेठ,काठमाडौं। यस बर्ष नेेपालकाे विद्युत उत्पादन २१.७ प्रतिशतले बढेर नेपालकाे कुल विद्युत जडित क्षमता २६६६ मेगावाट पुगेको छ। चालु आर्थिक वर्ष (२०७९/८०)को आर्थिक सर्वेक्षण अनुसार २०७९ असारको कुल जडित क्षमता २१९० मेगावाट थियो। २०७९ फागुनसम्म ९५ प्रतिशतको पहुँचमा विद्युत पुगेको छ। सरकारले आगामी दुई वर्षमा शतप्रतिशतको पहुँचमा विद्युत पुर्याउने लक्ष्य लिएको छ। २०७९ असारमा ९४ प्रतिशतको पहुँचमा विद्युत थियो । चालु वर्ष ५७ वटा जलविद्युत आयोजना सम्पन्न भएर ८११ मेगावाट विद्युत प्रणालीमा थपिने अनुमान छ । आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न हुने ३६ वटा आयोजनाबाट थप ७५४ मेगावाट जलविद्युत उत्पादन हुने अनुमान छ। ७.५ प्रतिशतमा नवीकरणीय ऊर्जा जडित विद्युत …
सामुदायिक वनबाट मात्रै वार्षिक १० करोड ११ लाख फिट काठ उत्पादन गर्न सकिने रहेछ : प्रम
आर्थिक परिवेश०९ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वन क्षेत्रको दिगो व्यवस्थापन गरी हाल विभिन्न मुलुकबाट भइरहेको काठको आयातलाई प्रतिस्थापन गरेर देशलाई काठ निर्यातको दिशामा अगाडि बढाउन सकिने बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनमा आज प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “वन व्यवस्थापनसम्बन्धी विभिन्न अध्ययनअनुसार हाल नेपालमा वार्षिक करिब छ करोड क्युबिक फिट काठको आवश्यकता छ । हामीले वनको दिगो व्यवस्थापन गर्न सके सामुदायिक वनबाट मात्रै वार्षिक १० करोड ११ लाख क्युबिक फिट काठ उत्पादन गर्न सकिने रहेछ ।” उहाँले स्वदेशी काठबाट आन्तरिक आवश्यकता पूर्ति गरी बाँकी रहने करिब चार करोड क्युबिक फिट काठ निर्यात गर्न सकिने…
डा. महत र एमसीसीका क्षेत्रीय उपाध्यक्षबीच भेटवार्ता एमसीसी परियोजनाको कार्यान्वयनबारे छलफल
आर्थिक परिवेश०८जेठ, काठमाडौं । अर्थ मन्त्री डा. प्रकाशशरण महतसंग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसि) को एशिया, यूरोप, प्यासिफिक र लेटिन अमेरिकाका कार्यक्रम हेर्ने क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सले नेतृत्व गरेको एक प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । भेटका क्रममा एमसीसी परियोजनाको कार्यान्वयनबारे छलफल भयो । भेटमा नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनको पनि सहभागिता थियो । एमसिसि सम्झौता कार्यान्वयनमा जाने मिति (अगष्ट २०२३) नजिकै आएको र यो कार्यान्वयनमा गएको मितिले ५ बर्षभित्र आयोजना सम्पन्न गरिसक्नु पर्ने सन्दर्भमा यसको पूर्वतयारीका अवस्थाको बारेमा जानकारी लिन एमसिसिका पदाधिकारीको भ्रमण भएको हो । भेटघाटका क्रममा डेपुटी भाइस प्रेसिडेण्ट जोनाथन ब्रुक्सले जग्गा प्राप्ति, खरिद प्रकृया जस्ता पूर्वतयारीका काममा…
८ वटा उच्च क्षमताका सबस्टेसन निर्माणाधीन, काठमाडौं उपत्यकामा २२० केभीको रिङ लाइन बनाइने
आर्थिक परिवेश२५ वैशाख,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि उच्च क्षमताका ८ वटा सबस्टेसन निर्माण गरिरहेको छ । काठमाडौं उपत्यकामा ४००, २०० र १३२ केभी क्षमताका सबस्टेसन निर्माणाधीन रहेकाे प्राधिकरणले जनाएकाे छ । भविष्यमा बृद्धि हुन सक्ने विद्युत्को सम्भावित मागलाई सम्बोधन गर्न प्राधिकरणले सन् २०५०को समयसीमा निर्धारण गरी काठमाडौं उपत्यकाका प्रमुख क्षेत्ररुमा चरणवद्ध रुपमा प्रसारण तथा वितरण पूर्वाधार निर्माणको प्रक्रिया अगाडि बढाएको जनाएकाे हाे । सन् २०५० सम्ममा काठमाडौं उपत्यकाको विद्युत्को उच्चतम माग ३ हजार १ सय मेगावाट पुग्ने प्रक्षेपण गरी प्राधिकरणले थप २० वटा नयाँ सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढाएको छ । सबस्टेसन…