केही सहकारीले अपारदर्शी रुपमा रकम अपचलन र दुरुपयोग गर्दा समस्या उत्पन्न भयाे : अर्थमन्त्री पौडेल
आर्थिक परिवेश२३ भदाै,काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सहकारी ऐनमा स्वनियमन व्यवस्थाले अपेक्षाकृत परिणाम नदिँदा सहकारीमा विकराल अवस्था आएको बताउनुभएको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले आज अर्थमन्त्रीसहित योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसँग गरेको छलफलका क्रममा अर्थमन्त्री पौडेलले सहकारीको ऋण तिर्दिन भनेर अभियान चलाउनेमाथि सरकारले छुट नदिने बताउनुभयो । अर्थमन्त्री पौडेलले नेपालको अर्थतन्त्र समाजवाद उन्मुख मिश्रित रहेको भन्नुहुँदै सार्वजनिक, निजी र सहकारीलाई संविधानमा व्यवस्थित गरिएको जानकारी दिनुभयो । अर्थमन्त्री पौडेलले पछिल्लो समय केही सहकारीले अपारदर्शी रुपमा रकम अपचलन र दुरुपयोग गर्दा समस्या उत्पन्न भएको उल्लेख गरेको बताउनुभयो…
आयातित महका कारण आन्तरिक उत्पादन खपतमा देखिएको अवरोध हटाउने प्रतिबद्धता
आर्थिक परिवेश१३ भदाै, काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मौरीपालक किसानका समस्या, महको बजार विस्तार र आयातित महका कारण आन्तरिक उत्पादन खपतमा देखिएको अवरोध हटाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कृषि मन्त्रालयमा आज चितवनको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीसहित मौरीपालक व्यवसायी तथा सरोकारवाला प्रतिनिधिले गरेको भेटमा उहाँले किसानको अहितमा हुनेगरी कुनै पनि निर्णय नगरिने विश्वास दिलाउनुभयो । “मह नबिकेर थन्किएको बारे मलाई जानकारी भयो, हामी फेरि पनि यस विषयमा सबै निकायलाई बोलाएर बृहत् छलफल गर्छौं”, छलफलमा मन्त्री अधिकारीले भन्नुभयो, “मन्त्रालयगत र सरोकार राख्ने निकायबीचको छलफलले एउटा निष्कर्ष दिन्छ ।” भेटघाटमा चितवनको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले मन्त्री अधिकारीलाई…
दशैँअघि नै दुग्ध र उखु किसानले भुक्तानी पाइसक्छन : कृषि मन्त्री अधिकारी
आर्थिक परिवेश०९ भदाै , काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले दशैँअघि नै दुग्ध र उखु किसानले भुक्तानी पाइसक्ने बताउनु भएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले कृषकको रकम भुक्तानीलाई मन्त्रालयले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको हो । बजारको अभावमा किसान आहतमा पर्ने अवस्थाको अन्त्य गरिने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो । मन्त्रालयले रैथाने उत्पादनलाई प्रोत्साहन गर्ने भएको छ । उद्योग मन्त्रालयसँग समन्वय गरेर कोदोबाट हुने उत्पादनको प्रवर्द्धन गर्ने कार्यक्रमलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको छ । विषादी मुक्त अनाज उत्पादनमा जोड दिने कार्यक्रमलाई पनि अघि बढाउने तयारीमा मन्त्रालय रहेको उहाँले बताउनुभयो । कृषि अनुदानको दुरुपयोग भइरहेको…
व्यवसायिक कृषिकाे माध्यमबाट मुलुककाे रूपान्तरण संभव छ : मुख्यमन्त्री आचार्य
आर्थिक परिवेश०९ भदाै, रुपन्देही । व्यावसायिक रुपमा कृषिमा नेपालले कायापलट गर्न सक्ने अवस्लुथा रहेकाे म्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनु भएको छ । नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशको चौथो साधारणसभा तथा दोस्रो अधिवेशन उद्घाटनका क्रममा मुख्यमन्त्री आचार्यले कृषिको क्षेत्रमा कायापलट गर्न सकिने बताउनु भएकाे हाे । उहँले चितवनबाट दाङमा गएर केही व्यापारीले ठुलो मात्रामा प्रतिफल पाएको उदाहरण दिनुहुँदै कृषि क्षेत्रमा कायापलट गर्न सकिने बताउनुभयो । कृषि अनुदानमा सरकारले समेत लगानी गरिरहेकाले युवाहरू समेत कृषि पेसामा आकर्षित भएको उहाँले बताउनुभयो । नेपालले कृषि र पर्यटन क्षेत्र मार्फत आर्थिक उन्नति गर्न सकिने मुख्य मन्त्री चेतनारायण आचार्यले बताउनुभयो । मुलुकमा राजनीतिक स्थायित्वका निम्ति…
यस बर्ष निरन्तर बर्षा र अनुकुल माैसमका कारण धान राेपाँइ क्षेत्रफल बढ्याे
आर्थिक परिवेश०८भदाै, काठमाडौँ । समयमा बर्षा र मनसुन अनुकूल हुँदा यस बर्ष नेपालमा ९८.५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको छ । कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार अघिल्लो वर्ष ९४ दशमलव ६ प्रतिशतमा रोपाइँ सम्पन्न भएकामा यस वर्ष झन्डै चार प्रतिशत रोपाइँ बढेको छ । मुलुकभर १३ लाख ९८ हजार नौ सय ८५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने क्षेत्रमध्ये १३ लाख ७८ हजार ६ सय ११ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार कोशी प्रदेशमा ९९ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कोशी प्रदेशमा करिब दुई लाख ७६ हजार तीन सय ८६ हेक्टर रोपाइँ…