
दक्षिण एसियाली मुलुकका किसानहरू काठमाडाैंमा जुटे
आर्थिक परिवेश०७ चैत्र, काठमाडौँ । दक्षिण एसियाली मुलुकका किसानहरूकाे सम्मेलन काठमाडाैमा बिहिवारबाट शुरू भएकाे छ । दक्षिण एसियाका विभिन्न देशका २५ बढी किसान सङ्गठनका प्रतिनिधहरूकाे सहभागितामा शुरू भएकाे दुइ दिने सम्मेलनकाे बिहिवार उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले खाद्यान्न आयात गर्नुपर्ने अवस्थाको अन्त्यका निम्ति कृषिको आधुनिकीकरण अपरिहार्य भएको बताउनु भयाे । प्रधानमन्त्री ओलीले ६० प्रतिशत जनता कृषिमा संलग्न भए पनि परम्परागत कृषिका कारण खाद्यान्नमा आत्मनिर्भर र निर्यात गर्न सक्ने अवस्था निर्माण हुन नसकेको बताउनु भयो । उहाँले युवालाई विदेश पलायन हुन रोकेर साना तथा घरेलु उद्योगमार्फत आधुनिक कृषिको विकासबाट मुलुकलाई आत्मनिर्भर बनाउनु पर्छ भन्नुभयो । दुई दिने सम्मेलनमा दक्षिण एसियाली किसानका …

बचतकर्ताको रकम शीघ्र फिर्ता गर्न र अपचलन गर्ने सञ्चालकलाई कारबाही गर्न माग
आर्थिक परिवेश२२ फाल्गुन,काठमाडौँ । सहकारी बचतकर्तासँग सम्बन्धित विभिन्न नौ वटा सङ्घसस्थाले बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गर्नुपर्ने माग गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासङ्घ), लघुवित्त तथा वित्तीय शोषणविरुद्धको सङ्घर्ष समिति, सत्य र न्यायको खोजी अभियानलगायत सङ्घसंस्थाहरूले बिहिवार काठमाडाैमा संयुक्त पत्रकार सम्मेलन गरी बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गरी रकम अपचलन गर्ने सञ्चालकलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गरेका हुन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान(महासङ्घ)का अध्यक्ष कुशलभ केसीले वर्षौँसम्म वित्तीय शोषण गर्ने सहकारी संस्थालाई कारबाही गर्दै पीडित सर्वसाधारणलाई न्याय दिने विषयमा सरकारले ढिला गर्न नहुने धारणा राख्नुभयो । लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले पीडित…

गाेरखाकाे उत्तरी क्षेत्रमा विगत तीन दिनदेखि भारी हिमपात
आर्थिक परिवेश०५ फागुन, गोरखा । उत्तरी गोरखाको सामागाउँलगायतका क्षेत्रमा विगत तीन दिनदेखि भारी हिमपात भएको छ । जिल्लाको चुमनुब्री गाउँपालिकाको ल्हो, सामागाउँ, विही, चुम्चेत, छेकम्पबार र आसपासका क्षेत्रमा हिमपात भएको हो । चुमनुब्री गाउँपालिका–१, स्थित सामागाउँ, साम्दो र वडा नम्बर २ मा पर्ने स्याल्ला र ल्हो क्षेत्रमा भारी हिमपात परेको साम्दोबाट निमा लामाले बताउनुभयो । हिमपातका कारण स्थानीयबासीलाई घरबाहिर निस्कन समस्या भएको छ । हिमपातका कारण चिसो अत्यधिक बढेकाले जनजीवन प्रभावित भएको छ । हिमपातका कारण लार्केपास जान लागेका पर्यटकहरू सामागाउँमा नै रोकिएका छन् । यो हिमपात आफूले थाहा पाएदेखि अहिलेसम्मकै धेरै समय र बाक्लो भएको लामाले बताउनुभयो । हिमपातले…

कृषि वैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : कृषि मन्त्री
आर्थिक परिवेश०४ फागुन, काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि वैज्ञानिकको विदेश पलायन रोक्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय कृषि प्राविधिक कार्य समूह बैठकलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री अधिकारीले कृषि अनुसन्धानमा काम गर्ने वैज्ञानिकको विदेश पलायन हुने अवस्था नरोकिएको बताउनुभयो । नेपालमै काम लाग्ने वैज्ञानिकलाई स्वदेशमै रहन सक्ने वातावरण बनाउन जरुरी रहेको उहाँको भनाइ थियो । वैज्ञानिक तथा कर्मचारीमा देखिएको विदेश पलायन रोक्न आफूले सक्दो प्रयास गरिरहेको उल्लेख गर्दै मन्त्री अधिकारीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा धेरै वर्षदेखि नसुल्झेका जटिलता सुल्झिँदै गएका र समस्या समाधान गर्न ध्यान दिएको बताउनुभयो । मन्त्री अधिकारीले समकक्षताको समस्या समाधान गर्न समिति गठन…

गण्डकी प्रदेशमा चक्लाबन्दी खेती लाेकप्रिय हुँदै किसानले दश प्रतिशत मात्र लगानी गरे हुने
आर्थिक परिवेशगण्डकी । गण्डकी प्रदेशका विभिन्न जिल्लामा गरी पाँच हजार चार सय रोपनी जग्गामा चाक्लाबन्दी खेती गरिएको छ । नौ जिल्लाका २८ स्थापनामा जग्गा चाक्लाबन्दी गरी व्यावसायिक कृषि उत्पादन सुरु गरिएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ । उक्त कार्यक्रममार्फत सात कृषक समूह÷कृषि सहकारीलाई कृषियन्त्र र उपकरण खरिदमा सहयोग गरिएको मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ शशी अधिकारीले जानकारी दिनुभयो । मन्त्रालयको भूमि स्रोत नक्साङ्कन महाशाखाका अनुसार कास्की, तनहुँ, बागलुङ, गोरखा, मुस्ताङ, लमजुङ, स्याङ्जा, नवलपुरलगायत जिल्लामा जग्गा चाक्लाबन्दी कार्यक्रम सञ्चालन भइरहेको छ । गत आवमा लमजुङ र गोरखामा पाँच सय रोपनी जग्गा चाक्लाबन्दी गरी व्यावसायिक कृषि खेती सुरु गरिएको थियो ।…