२६ लाख किसान सूचीकरण प्रणालीमा आबद्ध
आर्थिक परिवेश

११ असार,काठमाडौँ ।    किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका २६ लाख किसान आबद्ध भएका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयले जमिनको विवरण र खेती उत्पादनका आधारमा किसानलाई सूचीकरण गरेको हो । विद्युतीय प्रणालीमार्फत सूचीकृत गरी किसानलाई चार तहमा वर्गीकरण गरेर आवश्यक सहुलियत तथा सुविधा दिने लक्ष्यअनुसार काम भइरहेको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालयले निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान गरी चार प्रकारमा वर्गीकरण गर्ने योजना बनाएको छ । वर्गीकरणपश्चात् किसानलाई परिचयपत्र वितरण गरिने जनाइएको छ । सरकारले किसानलाई परिचयपत्रका आधारमा अनुदानसहित रासायनिक मल, बीउ, अनुदान, सेवा व्यवस्थापनलगायत सुविधासहित उपलब्ध…

दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन हुँदै
आर्थिक परिवेश

११ असार,नारायणगढ (चितवन)।   नेपालको कृषि तथा खाद्य प्रणालीलाई दिगो, समावेशी, जलवायु उत्थानशील र भविष्यउन्मुख बनाउने उद्देश्यका साथ चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा आजदेखि तीन दिने राष्ट्रिय सम्मेलन सुरु हुन लागेकाे हाे । विश्वविद्यालयअन्तर्गतको अनुसन्धान तथा प्रसार निर्देशनालयको आयोजनामा आजदेखि सुरु भई यही असार १३ गतेसम्म ‘दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन’ सञ्चालन हुन लागेको हो । आयोजक समितिका संयोजक प्राडा निराजन भट्टराईका अनुसार तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा कृषि रूपान्तरण, खाद्य तथा पोषण सुरक्षा, जलवायु अनुकूलन, प्राकृतिक स्रोत व्यवस्थापन, पशु चिकित्सा, एक-स्वास्थ्य, चक्रीय अर्थतन्त्र, कृत्रिम बुद्धिमत्ता तथा डिजिटल कृषि र सामाजिक समावेशीकरण जस्ता बहुआयामिक विषयहरूमा गहन छलफल…

इलामका चिया उद्योग  बन्द कुटनीतिक पहलका लागि माग
आर्थिक परिवेश

०३, असार,  काठमाडौँ । भारतीय टि बोर्डले नेपालबाट भारत जाने चियामा अनिवार्य प्रयोगशाला परीक्षणको  व्यवस्था गरेर झण्झटिलो  माध्यम अपनाउँदै नेपाली चियालाई रोक्ने नीति लिएसँगै इलामका उद्योग गत असार १ गतेदेखि  बन्द भएका छन् । उद्योग बन्द भएसँगै इलामका ५३ उद्योगले किसानका हरियो चिया लिएका छैनन् ।  आज उद्योगीहरूले सूर्योदय नगरपालिकाको फिक्कल बजारमा र्‍याली निकालेर सरकारको ध्यानाकर्षण गराएका छन् । किसानको समस्या समाधान गर किसानको भविष्य सुरक्षित गर उद्योगीलाई राहत देऊ चियाको बजार सुनिश्चित गरिदेऊ लगायतका प्लेकार्ड बोकेर मौन र्‍याली निकालिएको थियो । यस्तै सूर्योदय नगरपालिकाका कार्यबहाक नगरप्रमुख दुर्गा कुमार बरालाई ध्यानाकर्षण पत्र समेत  बुझाएका छन् । आफूहरू कुनै विकल्प नभए पछि उद्योग…

चिया निर्यातमा पुन: भारतीय अवराेध, १० लाख किलाे चिया अलपत्र
आर्थिक परिवेश

  ३१ जेठ, इलाम। भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुने भएका छन् । त्रिपन्न उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले आगामी असार १ गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ । संस्थाका अनुसार भारतीय बजारमा पुगेको तीन लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा अलपत्र छ भने उद्योगमा सात लाख किलोभन्दा बढी तयारी चिया थन्किएको छ । भण्डारण क्षमता भरिएपछि उद्योग सञ्चालन गर्न नसकिएको एसोसिएसन अध्यक्ष डिल्ली श्रेष्ठले बताउनुभयो । “किसानबाट खरिद गरिएको हरियोपत्ती प्रशोधन गरेर तयारी चिया बनाएका छौँ, तर बजारमा बिक्री हुनसकेको छैन । भण्डारण गर्ने ठाउँसमेत भरिइसकेको…

बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू
आर्थिक परिवेश

३० जेठ, काठमाडौँ  ।  संघीय  कृषि, वन तथा पर्यावरण मन्त्रालयले प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य (एमएसपी)तथा न्यूनतम खरिद मूल्य निर्धारणका लागि निर्देशिका जारी गर्दै बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू गरेको जनाएको छ । मन्त्रालयका अनुसार सरकारका १०० बुँदे शासकीय सुधार कार्यक्रमअन्तर्गत प्रमुख खाद्यान्न बालीको एमएसपी निर्धारणसम्बन्धी कार्य सम्पन्न भएको हो । यसका लागि ‘न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण सम्बन्धी निर्देशिका, २०८२’ जारी गरिएको छ । उक्त निर्देशिका गत वैशाख १६ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा दर्ता गरिएको तथा मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ । कृषि,…