सरकारले उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैंयाँ तत्काल भुक्तानी दिने
आर्थिक परिवेश

०१ पुष,काठमाडौँ ।  सरकारले उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैंयाँ तत्काल भुक्तानी दिने निर्णय गरेको छ। आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”को पहलमा बसेको बैठकले उखु किसानहरूको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने निर्णय गरेको हो। बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, अर्थ मन्त्रालय, कृषि मन्त्रालय र उद्योग मन्त्रालयका सचिवहरू लगायत उपस्थित हुनुहुन्थ्यो। बैठकमा प्रधानमन्त्री प्रचण्डले कृषि क्षेत्र र किसानहरूलाई प्राथमिकतामा राखेर उत्पादनमुखी नीति, योजना र कार्यक्रम बनाउन एवं कार्यान्वयनमा तत्परता देखाउन मन्त्री र सचिवहरूलाई निर्देशित समेत गर्नुभएको छ।

नेपालमै उत्पादित आलु, प्याज, स्याउलगायतमा भ्याट कर लगाइएको छैन : विभाग
आर्थिक परिवेश

२३ मंसिर, काठमाडौँ ।   आन्तरिक राजस्व विभागले नेपालमै उत्पादन भएका आलु, प्याज, स्याउलगायत उत्पादनमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ । विगतमा भ्याट छुट दिइँदै आएका केही वस्तुमा चालु आर्थिक वर्षको बजेटमार्फत् सरकारले उक्त छुट सुविधा कटौती गरेको थियो । सरकारले आयातित आलु, प्याजमा मात्रै भ्याट छुट खारेज गरेको बताए पनि आन्तरिक उत्पादनमा समेत भ्याट लाग्न थालेको भन्दै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका व्यापारी विरोधमा छन् ।   विरोधस्वरूप कालीमाटीका होलसेल व्यापारीले आलु, प्याजको आयात तथा बिक्री रोकेपछि बजारमा अभाव र चर्को मूल्यवृद्धि देखिएको छ । तर आन्तरिक राजस्व विभागले भने आज एक सूचना जारी गर्दै…

पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षकाे ३ महिनामा नगदेवाली करिव ४ अर्बकाे निर्यात
आर्थिक परिवेश

१२ मंसिर,झापा  । कोशी प्रदेशको पूर्वी नाका काँकडभिट्टाबाट विशेष नगदेबाली चिया, अलैँची, अदुवा र अम्रिसो निर्यात वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०÷८१ को त्रैमासिक अवधिमा रु दुई अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको चार हजार तीन सय ३१ मेट्रिक टन जैविक चिया भारत निर्यात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ । झापा, इलाम, पाँचथर, धनकुटालगायत कोशी प्रदेशको जिल्लामा चियाको खेती हुँदै आएको छ । पछिल्लो समय नेपालको जैविक चियाको भारतलगायत युरोपको बजारमा माग बढिरहेको व्यवसायी बताउँछन् । पहाडी जिल्लामा धेरै उत्पादन हुने अलैँची, अदुवा र अम्रिसो पनि भारतीय बजारमा निर्यात हुँदै आएको छ…

कृषि क्षेत्रका समग्र समस्या समाधान गर्ने गरी छिट्टै राष्ट्रिय कृषि नीति ल्याउछाैं : कृषि मन्त्री
आर्थिक परिवेश

१२ मंसिर, काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा बेदुराम भुसालले कृषि क्षेत्रका समग्र समस्या समाधान गर्ने गरी छिट्टै राष्ट्रिय कृषि नीति ल्याउन लागिएको बताउनुभएको छ । राष्ट्रिय किसान सञ्जाल नेपालद्वारा आज यहाँ आयोजित ‘कृषि अनुदान र कृषि वित्तसम्बन्धी नीतिबारे राष्ट्रिय कार्यशाला’ को उद्घाटन गर्दै उहाँले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने विषयलाई प्राथमिकतामा राखिएको नीति निर्माणको सम्पूर्ण काम पूरा भएकाले केही दिनमा मन्त्रिपरिषदमा पेस गरिने बताउनुभयो । उहाँले कृषि उत्पादन, उत्पादकत्व वृद्धि गरी कृषकको आय वृद्धि, आर्थिक समृद्धि हासिल गर्ने विषयलाई प्राथमिकतामा राखेर नीतिमा समेटिएको बताउनुभयो । साना किसानलाई संरक्षण गर्न उनीहरूको उत्पादनलाई मूल्य शृङ्खलामा जोड्ने बताउँदै मन्त्री भुसालले मूल्य शृङ्खलाबाट…

कृषि मन्त्रीबाट बीउ प्रशोधन केन्द्र उद्घाटन,कृषि नै नेपालीकाे जीवन
आर्थिक परिवेश

 ०९ मंसीर,भैरहवा ।   कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले कृषि नेपालीहरूको जीवन भएको बताउनुभएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय, भैरहवा, कोटहीमाई गाउँपालिका र श्री नवदुर्गा स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त ९२ लाख ९१५ रुपैयाँ लागतमा बीउ प्रशोधन केन्द्र उद्घाटन गर्दै मन्त्री भुसालले कृषि मानिसका लागि अत्यावश्यक भएको बताउनुभयो । ‘नलगाएर र नखाएर बाँच्न सकिँदैन, त्यसैले कृषि हाम्रो जीवन चक्र र जीवन हो’, उहाँले भन्नुभयो ‘यसैले सरकार कृषि क्षेत्रबाट उत्पादन वृद्धि, निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापन गर्नुपर्छ भनेर लागेको छ ।’ उहाँले सरकारले कृषि क्षेत्रमा उत्पादन वृद्धि गरी गरिबी हटाउने गरी यान्त्रीकरण र बजारीकरण गरिरहेको…