पाेखराका पाँच सहकारी समस्याग्रस्त बचतकर्ताको २ अर्ब ८५ करोड रकम जोखिममा
आर्थिक परिवेश

२२ पुष, पाेखरा । पाेखराका पाँच सहकारी समस्याग्रस्त भएपछि  कास्कीका बचतकर्ताको करिब तीन अर्ब रकम जोखिममा परेको छ । हजारौ बचतकर्ता जोडिएका ती सहकारीमा २ अर्ब ८५ करोड बराबर रकम जोखिममा परेको हो । समस्याग्रस्त भएर प्रहरीमा उजुरी परे पछि भएको अनुसन्धानबाट ९३ जनालाई प्रतिवादी बनाइएकोमा हालसम्म २५ जना पक्राउ परेका छन् । सूर्यदर्शन बचत तथा ऋण सहकारी, इमेज बचत तथा ऋण सहकारी, शिव शिखर बहुउद्देश्यीय सहकारी, मित्र मिलन बचत तथा ऋण सहकारी र बलिदानी बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त बनेका छन् । यी सहकारीका बचतकर्ता र सेयर सदस्यले कर्मचारी र सञ्चालकहरूले ठगेको भन्दै उजुरी दिएका हुन् । ती…

सरकारले गहुँको न्यूनतम मूल्य प्रति क्विन्टल ३६ हजार ५० निर्धारण गर्याे
आर्थिक परिवेश

१२ पुष, काठमाडौँ ।  सरकारले २०८०/८१ को लागि गहुँको न्यूनतम सर्मथन मूल्य प्रति क्विन्टल ३६ हजार ५० निर्धारण गर्ने निर्णय गरेकाे छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले बैठकले  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कर्मचारी दरबन्दी कटौती गर्ने निर्णय पनि गरेको छ । प्रधानमन्त्री कार्यालयको दरबन्दी मध्ये ६८ जना कर्मचारीको दरबन्दी कटौती गर्ने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताउनुभयो । मन्त्री शर्माले कर्मचारी दरबन्दी कटौती गर्ने कार्यलाई अन्य कार्यालयहरूमा विस्तार गर्दै जाने समेत बताउनुभयो । सञ्चारमन्त्री शर्माले प्रधानमन्त्री कार्यालयको प्रस्तावमा कार्यालयको पुनर्संरचना सहित सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएम स्वीकृत गर्ने निर्णय अनुसार हालको…

सुनकोशी मरिण डाइभर्सन आयोजनाकाे काम तिब्र गतिमा १३ मध्ये करिव ११ किमि सुरूड. सकियाे
आर्थिक परिवेश

 १० पुष,  काठमाडौँ  ।   मुलुकका अधिकांश राष्ट्रिय गौरवका परियोजनामा समय र लागत दुवै बढिरहेका बेला राष्ट्रिय गौरवको आयोजनाकाे रूपमा रहेको सुनकोशी मरिण डाइभर्सन आयोजनाले भने छाेटाे समयमा उल्लेखनीय प्रगति गरेको छ । वर्तमान सरकारले सो आयोजनालाई विशेष महत्त्व दिएको र निमार्ण कार्यलाइ सहजीकरणा गर्नुका साथै निरन्तर अनुगमन गरेका कारणा  अायाेजना निर्माणकाे कामले तिब्रता पाएकाे छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हरेक सात दिनमा आयोजनाको प्रगति विवरण लिने गर्नुभएको छ । कुनै समस्या देखिएको खण्डमा तत्कालै समाधान गर्न आयोजना प्रमुखलाई जिम्मेवार बनाइएको छ । आयोजना प्रमुख मित्र बरालले २०७९ असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सो आयोजनामा कूल १३…

मोरङ जिल्लामा  तोरी खेतीप्रति किसानको आकर्षण
आर्थिक परिवेश

०६पुष, बेलबारी (मोरङ) ।  मोरङ जिल्लामा  तोरी खेतीप्रति किसानको आकर्षण बढेको छ । जिल्लामा गत वर्षभन्दा यस बर्ष  एक हजार हेक्टरभन्दा धेरै जमिनमा तोरी लगाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा कूल खेतीयोग्य जमिन एक लाख ११ हजार छ सय ९५ हेक्टर क्षेत्रफल  छ । गत वर्ष ११ हजार पाँच सय हेक्टर जमिनमा किसानले तोरी लगाएकामा आठ हजार ५० मेट्रिक टन तोरी उत्पादन भएको थियो । यस वर्ष क्षेत्रफल वृद्धि गर्दै १६ हजार चार सय ७४ हेक्टर जमिनमा तोरी लगाइएको केन्द्रका प्रमुख रामदेव सिंहले बताउनुभयो । जिल्लाको १७ पालिकामध्ये कानेपोखरी गाउँपालिकामा सबैभन्दा धेरै तोरी लगाउने गरेको उक्त केन्द्रले जनाएको…

भूमिको वैज्ञानिक व्यवस्थापन गर्न सकेनौँ भने समृद्धिको काम गर्न सक्दैनौं : प्रधानमन्त्री
आर्थिक परिवेश

०४ पुष, काठमाडौँ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफूले एक वर्षे कार्यकालको गम्भीर समीक्षा गर्दै आगामी कार्ययोजना निर्माण गर्ने बताउनुभएको छ। बुधबार दिउँसो सिंहदरबार कृषि तथा पशुपन्छी मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयको संयुक्त वार्षिक समीक्षाका निम्ति बोलाइएको बैठकमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, “आज २ वटा मन्त्रालयको मन्त्रालयगत अवस्था के छ, त्यसबारे समग्र स्थितिको जानकारी लिने काम भयो। यो आफैमा महत्वपूर्ण छ। मैले सरकारको नेतृत्व लिएको १ वर्ष पुग्दैछ। मैले क्यालेन्डर नै बनाएर सबै मन्त्रालयसँग छलफल गर्ने सोचेको छु। एक वर्षमा हामीले कति काम गर्‍यौँ, कहाँ के कति समस्या देखिए, त्यसको गम्भीर अध्ययन…