प्रिमियम शतप्रतिशत सरकारले दिंदा पनि सुदूरपश्चिम प्रदेशमा कृषि बीमा कार्यक्रम प्रभावकारी हुन सकेन
आर्थिक परिवेश०२ फागुन, काठमाडौं । बीमा कम्पनी गाउँमा पुग्न नसक्दा सुदूरपश्चिम प्रदेशमा कृषि बीमा कार्यक्रम प्रभावकारी हुन सकेको छैन । कृषि बीमा गराउँदा किसानको पैसा नलाग्ने भए पनि कृषि बीमासम्बन्धी सचेतना अभिवृद्धि हुन नसक्दा सुदूरपश्चिम प्रदेशमा कृषि बीमातर्फ किसानको आकर्षण बढ्न नसकेको हो । कृषि बीमा गर्दा सङ्घीय सरकारले बीमा शुल्कको ८० प्रतिशत र प्रदेश सरकारले २० प्रतिशतसहित सतप्रतिशत शुल्क (प्रिमियम) सरकारले तिर्ने गरेको भए पनि सुदूरपश्चिममा कृषि बीमा गराउने किसानको सङ्ख्या बढ्न नसकेको बीमा प्राधिकरणका सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख हृदयराज पण्डितले बताउनुभयो । चालु आर्थिक वर्षको पुस मसान्तसम्म मुलुकभर कृषि, पशुपन्छी तथा जडीबुटी बीमा गराउनेको सङ्ख्या ७० हजार सात…
नेपालमा यस वर्ष करिव तीन कराेड ५० लाखकाे स्टिम गुलाफको माग
आर्थिक परिवेश२५ माघ, काठमाडौँ । फ्लोरिकल्चर एसोसिएसन नेपालले यस वर्ष तीन लाख ५० हजार स्टिम गुलाफको माग रहेको जनाएको छ । एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले कूल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाफ भारतबाट आयात गर्नुपरेको बताउनुभयो । मागअनुसार स्वदेशमा उत्पादन हुन नसक्दा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि भारतबाट गुलाफ ल्याइएको उहाँको भनाइ छ । यस वर्ष रातो गुलाफ प्रतिस्टिम ८० देखि एक सयसम्म पर्ने उहाँले बताउनुभयो । आजबाट प्रणय दिवस सप्ताह सुरु भएको छ । पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा पनि यस दिवसलाई विशेष महत्वका साथ लिने गरेको पाइन्छ । प्रणय दिवस फेब्रुअरी १४…
सय /सय टन चुकन्दर र गाजर जर्मनी निर्यात हुने
आर्थिक परिवेश२१ माघ, भरतपुर, चितवन । चितवनबाट अर्ग्यानिक चुकन्दर र गाजर युराेपेली मुलुक जर्मन निर्यात हुने भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २५ स्थित प्रभात प्राङ्गारिक कृषि उत्पादन केन्द्र लगायत चितवनका एक दर्जन किसानले गरेका उत्पादन अगर््यानिक भ्याली बिक्रेता मार्फत प्रशोधन गरेर निर्यात गर्न लागिएको हो । जिल्ला प्राङ्गारिक संघ, चितवन मार्फत फागुनको अन्तसम्ममा सय टन चुकन्दर र सय टन गाजर निर्यात गर्न लागिएको प्रभातका सञ्चालक किसान छविलाल न्यौपानेले जानकारी दिनुभयो । चुकन्दर र गाजर उत्पादन र निर्यातको लागि पेश्की रकम समेत प्राप्त भइसकेको उहाँले बताउनु भयो । अर्ग्यानिक चुकन्दर र गाजरको माग जर्मनमा उच्च माग भएको कारण आगामी…
बागलुङ सिगानाका किसानले यसवर्ष सुन्तला बिक्री गरेर तीन करोड रूपैया गाँउमा भित्र्याए
आर्थिक परिवेश२० माघ, गलकोट (बागलुङ) । बागलुङ जिल्लाकाे सुन्तलाकाे गाउँका रूपमा परिचित सिगानाका किसानले यसवर्ष सुन्तला बिक्री गरेर तीन करोड रूपैया गाँउमा भित्राएका छन् । गतवर्ष भन्दा यस वर्ष सिगानामा सुन्तला उत्पादनमा वृद्धि भएको किसानको भनाइ थियो । यस वर्ष उनीहरूले गत वर्षकै मूल्यमा बगैँचा नै व्यापारीलाई बिक्री गरेका थिए । बोटबाटै सुन्तला बिक्री गर्दा सरदर मूल्य प्रतिकेजी रु ५० पर्न गएको छ । यस वर्ष उत्पादित यहाँको सुन्तला ९० प्रतिशत बजार पुगिसकेको छ । गणेश कृषि व्यावसायिक सहकारीमार्फत सुन्तलाको बजारीकरण समेत हुँदै आएको छ । बागलुङ नगरपालिका–८ सिगानाका किसानले सुन्तला बिक्रीबाट तीन करोड भित्राउन सफल भएका हुन् । सहकारीले सङ्कलन…
स्वदेशी तथा मौलिक विशेषता बोकेका रैथाने कृषिउपजकाे संरक्षण गर्नुपर्नेमा जोड
आर्थिक परिवेश०५ माघ, काठमाडौँ । स्वदेशी मौलिक विशेषता बोकेका रैथाने कृषिउपज लोपोन्मुख हुँदै गएकाले तिनको संरक्षण गर्नुपर्नेमा ललितपुरमा आयोजित एक कार्यक्रमका वक्ताहरूले जाेड दिनु भएकाे छ । दोस्रो राष्ट्रिय कृषि जैविक दिवस एवं सप्ताह समारोह समितिले आज यहाँ आयोजना गरेको कृषि जैविक विविधता एवं रैथाने बालीउपज प्रदर्शनीकाे उद्घाटन गर्नुहुँदै कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले मुलुककाे आर्थिक रुपान्तरणका लागि कृषि क्षेत्रको विकास र विस्तार गरी आत्मनिर्भर बनाउनुपर्ने बताउनु भयाे । मन्त्री भुसालले प्रविधिको प्रयोगबाट कृषि क्षेत्रमा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिंदै त्यस कार्यका लागि कृषि ऐनले सहयोग पुर्याउने बताउनु भयाे । कृषि मन्त्री डा. भुसालले कृषि क्षेत्रमा रहेका…