
रासायनिक मल किन्न अर्थ मन्त्रालयले थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित
आर्थिक परिवेश८ फागुन,काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल किन्नका लागि थप ७ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ । रासायनिक मल किन्नका लागि कृषि तथा पशुपन्छि विकास मन्त्रालयले गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति दिएको हो । स्रोत सुनिश्चित मध्ये २ अर्ब ४० करोड रुपैयाँ कृषि तथा पशुपन्छि विकास मन्त्रालयका लागि विनियोजन गरिएको बजेटबाट व्यवस्था गरिनेछ भने २ अर्ब ५० करोड रुपैयाँ आगामी आर्थिक वर्षको सिलिङमा समावेश गरिने छ । २ अर्ब ६० करोड रुपैयाँको दायित्व सिर्जना भएपछि निकासा गरिने अर्थ मन्त्रालयले जनाएको छ । सरकारले चालु बजेटमा रासायनिक किन्न १५ अर्ब रुपैयाँ विनियोजन…

चिया निर्यातबाट बर्सेनि तीन करोड ८० लाख विदेशी मुद्रा आर्जन,झापामा १० हजार ५ सय हेक्टरमा चियाखेती
आर्थिक परिवेशझापा। चिया निर्यातबाट नेपालमा बर्सेनि तीन करोड ८० लाख विदेशी मुद्रा आर्जन भइरहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले मुलुकमा वार्षिक दुई करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदै आएको र त्यसमध्ये शून्य दशमलव ५० प्रतिशत चिया आन्तरिक बजारमा खपत हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका प्रमुख इन्द्रप्रसाद अधिकारीले बताउनुभएको छ । झापामा आयोजित एक कार्यक्रममा उहाँले नेपालमा २७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा चियाको खेती हुँदै आएको बताउनुभयो । त्यसमध्ये झापामा मात्र १० हजार पाँच सय हेक्टर जमिनमा चियाखेती हुँदै आएको छ । उहाँले भन्नुभयो, “मुलुकमा…

सरकार कृषिजन्य वस्तुको आयात रोक्न तयार छ : कृषि मन्त्री साह
आर्थिक परिवेशमाघ २१, चितवन । कृषि तथा पशुपंछी विकास मन्त्री ज्वालाकुमारी शाहले सरकार कृषिजन्य वस्तुको आयात रोक्न तयार रहेको बताउनु भएको छ । कृषिमन्त्री साहले आयात रोक्न नाकाहरुमा प्रयोगशाला र चेकजाँचको माध्यमबाट सरकार कडाईका साथ लाग्न र कृषि क्षेत्रको समस्या समाधान गर्न तयार रहेको बताउनुभयो । राष्ट्रिय व्यवसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज नेपालको चितवनमा आयोजित तेस्रो साधारण सभा तथा अधिबेशनमा बोल्दै कृषिमन्त्री साहले कृषि क्षेत्रमा देखिएको समस्या समाधानका लागि आयात प्रतिस्थापन गर्नु आवश्यक भएको बताउनुभयो । सबैभन्दा बढी समस्या कृषि क्षेत्रमा रहेको भन्दै उहांँले किसानका समस्या समाधानका नीतिगत रुपमा समेत काम गर्ने उल्लेख गर्नु भयो । किसानलाई राहत हुने…

सरकारले पहिलो पटक यस वर्षदेखि माघ १ गतेलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसको रुपमा मनाउने
आर्थिक परिवेशकाठमाण्डौ । नेपाल सरकारले पहिलो पटक यस वर्षदेखि माघ १ गतेलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसको रुपमा मनाउने निर्णय गरेको छ । सरकारको निर्णय अनुसार कृषि मन्त्रालयले अन्य सम्वद्ध निकायहरुको समेत सहभागितामा साताव्यपी रुपमा राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन लागेको हो । नेपाली समाजमा कृषि तथा कन्दमूलजन्य विभिन्न परिकार बनाएर खाने माघे सङ्क्रान्तिको महत्वका आधारमा दिन छनोट गरी ‘जीवन तथा वातावरणका लागि कृषि जैविक विविधता’ नाराका साथ दिवस मनाउन लागिएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले माघे सङ्क्रान्ति समाज, संस्कृति, परम्परा, भूगोल र सबै जातजातिलाई जोड्ने तथा विविध परिकार खाने दिन भएकाले त्यसलाई दृष्टिगत…

गण्डकी प्रदेशमा सुन्तला उत्पादनमा १० प्रतिशतले बढ्ने, करिव ३ अर्बको उत्पादन
आर्थिक परिवेशपोखरा । गण्डकी प्रदेशका पहाडी जिल्लामा अहिले किसानलाई सुन्तला बेच्न भ्याइनभ्याइ छ । सुन्तला बेचेर यहाँका किसानले बर्षेनि मनग्ये कमाउँछन् । यहाँ बर्सेनि ठूलो परिमाणमा सुन्तला उत्पादन हुन्छ कृषि विकास निर्देशनालयको प्रारम्भिक तथ्याङ्क अनुसार यसवर्ष १० प्रतिशतले सुन्तला उत्पादन बढेको छ । निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले ३० प्रतिशत सुन्तला अझै बोटमै रहेको बताउनुभयो । गत वर्षको तुलनामा १० प्रतिशतले उत्पादन बढ्दा यो वर्ष ५५ हजार नौ सय ३५ मेट्रिक टन सुन्तला फलेको हो । अघिल्लो वर्ष ५० हजार आठ सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । सुन्तला खेती हुने प्रदेशका नौ जिल्लामध्ये सबैभन्दा बढी स्याङ्जामा १५ हजार एक…