भदौ १ गते सम्ममा देशभर ९२ प्रतिशत मात्र रोपाइ सम्पन्न अझैपनि रोपाइ जारी
आर्थिक परिवेश०४ भदौ, काठमाडौ । देशभर भदौ १ गतेसम्म ९२ प्रतिशत क्षेत्रफलमा धानको रोपाई सम्पन्न भएको छ । कृषि तथा पशुपंक्षि विकास मन्त्रालयले यस अवधीमा कर्णाली, सुदुरपश्चिम लुम्बिनी र गण्डकी कोशी प्रदेशमा क्रमश ९९,९९,९५र ९४ प्रतिशत क्षेत्रफलमा धान रोपाइ सम्पन्न भएको छ । त्यसै गरी यस अवधीमा बाग्मतीमा ९३ प्रतिशत र कोशी प्रदेशमा ९७ प्रतिशत क्षेत्रमा धान रोपाई सम्पन्न भएको छ भने मधेश प्रदेशमा सबै भन्दा कम ८२ प्रतिशत क्षेत्रफलमा मात्र र धान रोपाई सम्पन्न भएको छ । यस अवधीमा देशभरको १४ लाख ८८ हजार ४९ हेक्टर धान रोपाइ हुने क्षेत्रफल मध्ये १३ लाख ७५ हजार १ सय ३४ हेक्टर क्षेत्रफलमा…
कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान मात्र १३.४५ प्रतिशत
आर्थिक परिवेश०१ भदौ, काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा मुलुककको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २४.१२ प्रतिशत रहेको देखिएको छ । नेपाल राष्ट्र बैकले शुक्रवार प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनमा उद्योग क्षेत्रको योगदान १३.४५ प्रतिशत भएको देखाइएको छ । गत आर्थिक बर्षमा कुल गार्हस्थ उत्पादनमा सेवा क्षेत्रको योगदान भने ६२.४३ प्रतिशत पुगेको छ । गत आर्थिक बर्षमा कृषि क्षेत्रको वृद्धि २.७३ प्रतिशत,उद्योगक्षेत्रको ०.५९ प्रतिशत र सेवा क्षेत्रको वृद्धि २.३३ प्रतिशत रहने अनुमान राष्ट्र बैकले गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा मुलुकको आर्थिक वृद्धि उत्पादकको मूल्यका आधारमा १.८६ प्रतिशत रहने अनुमान गरिएको छ । आर्थिक…
१२ साउनसम्म कुल धान रोपाइँ हुने भू-भागमध्ये ७७ प्रतिशतमा मात्र राेपाइँ
आर्थिक परिवेश१५ साउन, काठमाडौं । देशभर ७७ प्रतिशत धान रोपाइँ सकिएको छ । १२ साउनसम्म नेपालमा कुल धान रोपाइँ हुने भू-भागमध्ये ७७ प्रतिशत भू-भागमा धान रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । गत वर्षको यही अवधिमा ९० प्रतिशत भू-भागमा धान रोपाइँ भएकोमा चालुआर्थिक वर्षमा ढिला गरी मनसुन सुरु भएको र मनसुन सुरु भएपनि पर्याप्त वर्ष नहुँदा धान रोपाइँ कम भएको हो । नेपालमा कुल १३ लाख ५७ हजार ८१६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको मन्त्रालयले जनाएको छ । जसमध्ये १२ साउनसम्म १० लाख ५३ हजार ४०४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । प्रदेशगत रुपमा सुदूरपश्चिम प्रदेशमा…
काँकडभिट्टा नाकाबाट मात्र भारतबाट ५१ करोड ३१ लाखकाे कोदो आयात
आर्थिक परिवेश१० साउन, झापा। असारकाे १० देखि साउनकाे १५ काे समय नेपालमा काेदाे राेप्ने समय हाे तर नेपालमा काेदाे राेप्ने चलन प्राय शुन्य जस्तै भएकाे छ । गत आव २०७९/८० मा पूर्वीनाका काँकडभिट्टा भएर ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको १६ हजार ३५ मेट्रिक टन कोदो भारतबाट आयात भएको छ । काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले गत बर्ष मात्र ५१ करोड ३१ लाख मुल्यकाे काेदाे भारतबाट आयात भएकाे बताउनु भयाे । काेदाे राेप्ने पूर्वी पहाडी जिल्ला तथा देशै भर काेदाेकाे राम्राे उत्पालन हुने भए पिन काेदाे राेप्न छाेडेर भारतबाट आयात गरेर खान थालिएकाे छ । पूर्वी…
काँकडभिट्टाबाट गत १ बर्षमा ६ अर्ब बढीको तरकारी र फलफुल आयात
आर्थिक परिवेश९ साउन, झापा । एक वर्षको अवधीमा नेपालमा नै उत्पादन हुन सक्ने छ अर्ब भन्दा बढीको हरियो तरकारी र फलफुल पूर्वीनाका काँकडभिट्टाबाट नेपालमा आयात भएको छ । गत एक बर्षमा उक्त नाका हुदै ६ अर्ब २९ करोड ९१ लाख ४९ हजार रुपैया बराबरको तरकारी र फलफूल आयात भएको हो । काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले आर्थिक वर्ष २०७९÷८० मा पूर्वी नाकबाट तीन अर्ब ३५ करोड नौ लाख मूल्य बराबरका ताजा तरकारी आयात भएको जानकारी दिनु भयो । यस अवधीमा उक्त नाका हुदै दुई अर्ब ९४ करोड ८१ लाख ६८ हजार मूल्य बराबरका फलफूल पनि आयात भएको छ…