यूरोपियन यूनियनको सुरक्षा सूचीबाट हटाउन आवश्यक पहलका लागि परिसंघको आग्रह
आर्थिक परिवेश

२२ साउन, काठमाडौं ।  नेपाल उद्योग परिसंघले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसँग नेपालको पर्यटन उद्योगका विषयमा छलफल गरेको छ । नेपालको पर्यटन प्रबद्र्धनका लागि चालिनुपर्ने कदम, यूरोपियन यूनियनले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालिन एवं दीर्घकालिन रुपमा गरिनुपर्ने नीतिगत सुधारका विषयमा छलफल भएको हो । आज मन्त्रालयमा भएको छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले वैदेशिक मुद्रा आर्जन गर्ने महत्वपूर्ण स्रोत पर्यटन भएकाले नेपालको पर्यटन उद्योगको विकासका लागि सरकार एवं निजी क्षेत्रबीच समन्वय, सहकार्यमा जोड दिनुभयो । उहाँले युरोपसँगको सिधा हवाई सम्पर्क पुनः स्थापित गर्न प्रभावकारी रुपमा अगाडि बढ्नुपर्ने बताउनुभयो । युरोपका पर्यटकहरु धेरै खर्च गर्ने मध्येमा पर्ने…

लोपोन्मुख शालग्राम शिलाको संरक्षण गर्दै बागलुङ
आर्थिक परिवेश

२० साउन, बागलुङ ।  लोपोन्मुख शालग्राम शिलाको संरक्षण गर्दै आएको बागलुङ नगरपालिका–४ कुडुँले फेदीमा रहेको श्रीधराचार्य शालग्राम सङ्ग्रहालयमा औषधालय स्थापना गरिएको छ । सङ्ग्रहालयले स्थापना गरेको औषधालयको आज एक कार्यक्रमका बीच नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्नुभयो । अध्यक्ष ढकालले नेपालमा आफ्नो धर्म, संस्कृति र परम्पराको संरक्षणका लागि पञ्चकोट एवं श्रीधराचार्य शालग्राम सङ्ग्रहालयमा निर्माण गरिएको संरचनाको प्रशंसा गर्दै यिनै संरचनालाई संरक्षण र संवर्द्धन गरी आफ्ना सन्ततिसमक्ष पुर्याउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनुभयो  । मुक्तिनाथ पिठाधिश्वर कमलयनयन आचार्यको कल्पनामा तयार भएको सर्वसिद्धिधाम पञ्चकोटको संरचना निर्माणका लागि आर्थिक सहयोग गर्नुभएका अध्यक्ष ढकालले आफ्नो जन्मस्थल, परम्परा, संस्कृति र वैधिक…

अध्यागमनको सर्भर डाउन, अन्तर्राष्ट्रिय उडान दिनभर जसाे प्रभावित
आर्थिक परिवेश

१२ साउन, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । अध्यागमन विभाग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत रामबन्धु सेडाइँका अनुसार सर्भर डाउन भए पनि ‘मेनुअल’रूपमा अन्तर्राष्ट्रिय यात्रु व्यवस्थापन भइरहेको छ । अहिले सर्भर मर्मतको काम पनि भइरहेको छ । “अध्यागमनको सर्भर डाउन भएकाले मेनुअलरुपमा यात्रु व्यवस्थापन गरी सेवालाई निरन्तरता दिइएको छ”, प्रमुख सेडाइँले भन्नुभयो । विमानस्थल कार्यालयले पनि अध्यागमनको सर्भर डाउनले अन्तर्राष्ट्रिय उडान सामान्य प्रभावित भएको र  मेनुअलरुपमा उडान सेवालाई निरन्तरता दिइएको…

 प्रधानमन्त्री इटालीको रोममा विभिन्न कार्यक्रममा सहभागी हुँदै
आर्थिक परिवेश

०७ असार,काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटालीको रोम पुग्नुभएको छ । संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना गरिएको ‘युनाइटेड नेशन्स फुड सिस्टमस्–२०२३ स्टकिङ मोमेन्ट’मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड आज स्थानीय समयअनुसार बिहान ७ः३० मा त्यहाँ पुग्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले सो कार्यक्रमलाई विशेष सम्बोधन गर्नुहुने कार्यक्रम छ । कार्यक्रम यही साउन ८ देखि १० गतेसम्म आयोजना हुँदैछ । प्रधानमन्त्रीलाई रोमस्थित अष्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मी, इटालीका परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । अतिकम विकसित राष्ट्रहरूको अध्यक्षको हैसियतमा उक्त कार्यक्रमको उद्घाटन समारोहलाई प्रधानमन्त्री…

महाेत्तरीको भंगहादेखि भारतकाे जयनगरसम्म रेलसेवा विस्तार
आर्थिक परिवेश

 ३१ असार, धनुषा ।   नेपालकाे महोत्तरी भंगहादेखि भारतकाे जयनगरसम्म रेलसेवा सुरु भएको छ । भंगहा रेल्वे स्टेशनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हरियो झण्डा हल्लाएपछि रेल जयनगरका लागि छुटेको हाे । नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेल सेवा थप १७ किलोमिटर  विस्तार भएको हो । यसअघि पहिलो चरणमा जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा संचालन हुँदै आएको थियो । १७ किलोमिटर थप भएपछि अब महोत्तरीको भंगहादेखि जनकपुर हुँदै जयनगरसम्म ५२ किलोमिटरमा रेल सेवा विस्तार भएको हो ।    रेल हेर्न भंगाहामा स्थानीय बासिन्दाको घुँइचो लागेको थियो । भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको रेलको थप १७  किलोमिटर भागको…