
वाग्मती नदीलाई पुरानै अवस्थामा फर्काउन बाँधले सहयोग गर्ने : उपप्रधानमन्त्री लिङ्देन
आर्थिक परिवेश४ फाल्गुन,काठमाडौ । उपप्रधानमन्त्री एवं ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनले वाग्मती सभ्यताको संरक्षण सफाइका लागि विभिन्न प्रयासहरू भइरहेको बताउनुभएको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा निर्माण गरिएको धाप बाँधको आज उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री लिङ्देनले वाग्मती नदीलाई पुरानै अवस्थामा फर्काउन बाँधले सहयोग गर्ने बताउनुभयो । उहाँले बाँधको निर्माणबाट जैविक विविधताको संरक्षणका साथै पर्यटन प्रवद्र्धनका एवम् बहुआयामिक महत्त्व रहने उल्लेख गर्नुभयो । उहाँले राष्ट्रिय निकुञ्ज प्रवेशमा लाग्दै आएको शुल्क तत्काल हटाउन प्रयास गरिने जानकारी दिनुभयो । उपप्रधानमन्त्री लिङ्देनले धाप बाँधभन्दा केही तल नागमती बाँध बनाउन जग्गा प्राप्तिका लागि अनुमति भइसकेकाले छिट्टै नागमती बाँधको…

निकट भविष्यमै गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याइन्छ : अर्थमन्त्री पौडेल
आर्थिक परिवेशमाघ २१,भैरहवा । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निकट भविष्यमै गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा (फूल फ्लेज ) सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गर्नु भएकाे छ । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘ लुम्बिनीको सामर्थ्य’ विषयक अर्थ सामाजिक बहसको मुख्य वक्ताका रुपमा बोल्दै उपप्रधान एवं अर्थमन्त्री पौडेलले शनिबार यस्तो भनाइ राख्नु भएकाे हाे । पछिल्ला दिनहरुमा विमानस्थलका सम्बन्धमा नकारात्मक टिकाटिप्पणी हुने गरेको स्मरण गर्दै उँहाले विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनका लागि कसैले पनि रोक्न सक्दैन । त्यसका लागि के गर्नु पर्छ भन्ने सम्बन्धमा छलफल गर्न छिट्टै सरोकारवालाहरुको बैठक बस्दै छ । त्यही बैठकबाट सबै समस्या समाधानका उपायहरु निकालेर कार्यान्वयन गरिने छ अर्थमन्त्रीले…

पोखरा विमान दुर्घटना अपडेट : घटनास्थलबाट शव निकालिदै
आर्थिक परिवेशकाठमाडौं । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा जहाज दुर्घटना भएको हो । काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो । कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीका अनुसार काठमाडौंबाट गएको यति एयरको एटिआर जहाज केहीबेरअघि अवतरणका क्रममा दुर्घटनामा परेको हो। जहाजमा ३ शिशुसहित ६ बालबालिका र ६२ जना वयस्क भएको खुलेको छ । जहासमा १० जना विदेशी यात्रु रहेको बताइएको छ । जहाजमा दुई पाइलट र २ परिचारिकासहित ४ जना चालक दलका सदस्य रहेका थिए । जहाजमा कमल केसी र अन्जु खतिवडा पाइलट कोपाइलट हुनुहुन्थ्यो भने…

पाेखरा विमानस्थलकाे भरपुर प्रयोगका लागि सरकारले काम शुरू गरयाे
आर्थिक परिवेशकाठमाडौं । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विमानस्थलको भरपुर प्रयोगका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गर्न पूर्वस्वीकृति दिने निर्णय गरेको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनु भयाे । उक्त आयोजनाको प्रभावकारी व्यवस्थापन गर्ने र यसबाट मुलुकले यथेष्टरुपमा लाभान्वित हुने अवस्था सिर्जना गर्ने जिम्मेवारी सरकारको काँधमा रहेको जनाउँदै उनले विमानस्थलको भरपुर प्रयोगका लागि गर्नुपर्ने काममध्येको महत्वपूर्ण काम भन्सार कार्यालय स्थापना गर्ने निर्णय गरिएको अथर्मन्त्रीले बताउनु भयाे । पोखरा विमानस्थल राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल…

नेपालकाे तेस्राे अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन पाेखरेलीहरूकाे भव्य सहभागिता
आर्थिक परिवेशकाठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरामा नव निरमित अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुभएको छ । यहाँ आज आयोजित भव्य कार्यक्रमकाबीच उहाँले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गर्नुभएको हो । विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री दाहाल आज बिहान राजधानी काठमाडौँबाट पोखरा आइपुग्नुभएको हो । उहाँका साथमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल पनि यहाँ हुनुहुन्छ । आइतबार भएको उद्घाटन कार्यक्रममा काठमाडौंस्थित चिनियाँ राजदूतावासका चार्ज दी अफेयर्स (सीडीए) वाङ सिन पनि उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखरावासीको ५० वर्षदेखिकेा सपना भएको बताउँदै सो विमानस्थल नेपालको राष्ट्रिय गौरवको प्रतीक भएको पनि बताउनु भयाे । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पोखरावासीको ५० वर्षदेखिको…