मनाङ एयरको हेलिकप्टर दुर्घटनामा पाइलट सहित ६ जनाको मृत्यु
आर्थिक परिवेश२६ असार,काठमाडौँ । मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं ५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । सोलुखुम्बुबाट काठमाडौँका लागि उडान भरेको हेलिकोप्टर सुर्केबाट सम्पर्कविहीन भएको थियो । उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिनुभयो । लाम्जुरापास डाडाँमा दुर्घटना भएको प्रारम्भिक जानकारी आएको उहाँको भनाइ छ । दुर्घटनास्थल सोलुखुम्बुको लिखुपिके र रामेछापको उमाकुण्ड गाउँपालिकाको सिमानामा पर्छ । दुर्घटनास्थलमा पाँच जनाको शव फेला परेको उहाँले जानकारी दिनुभयो । दुर्घटनाग्रस्त हेलिकोप्टर खोज्न काठमाडौँबाट अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन गरिएको थियो भने सोलुखुम्बुबाट नेपाल प्रहरीको टोली खटिएको थियो । सोलुखुम्बुको सुर्केबाट विहान ९ः५२ बजे काठमाडौँ…
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकाे पार्किङ शुल्क घटाउ : उद्योग वाणिज्य संघ
आर्थिक परिवेश२६ असार,पोखरा । उद्योग वाणिज्य संघ पोखराले अन्तर्राष्ट्रिय विमानस्थल सहज रुपमा सचालनकाे वातावण बनाउन विमानस्थल भित्रको पार्किङ शुल्क घटाउन माग गरेको छ। संघका अध्यक्ष पवन कुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमलाई सोमवार ध्यानाकर्षणपत्र बुझाउँदै पुरानो विमानस्थलभन्दा झन्डै २१ गुणा महँगो शुल्क कुनै पनि कोणबाट जायज नभएको बताएको हो। सङ्घले आवागमनलाई असर नपर्ने गरी यात्रुलाई पुर्याउन जाँदा बिदाइ र आगन्तुक/अथिति पाहुनालाई स्वागत गरी सवारीमा चढाउने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ। ध्यानाकर्षणपत्रमा विमानस्थल निर्माणको सूत्रधार, अभियानकर्ता एवं उपभोक्ताको नाताले विमानस्थलसँग संघको गहिरो चासो जोडिएको उल्लेख गरिएकाे छ । राष्ट्रिय गौरवको परियोजनाका रूपमा…
नारायणगढ–मुग्लिन तथा नारायणगढ बुटवल सडक खण्डको सास्तिका कारण विमान चढने बढे
आर्थिक परिवेश२३ असार, नवलपरासी । निर्माणाधीन अवस्थामा रहेको नारायणगढ–मुग्लिन सडक खण्डको सास्तिका कारण त्यस बाटो भएर यात्रा गर्ने प्राय सबै यात्रुले असुरक्षित महसुस गर्न थालेका छन् । खाल्डा खुड्लीका कारण र अहिले बर्षायामको पहिरोले दिनहुजसो सडक अवरुद्ध हुदा ज्यानकै जोखिम मोल्नु पर्ने अवस्था छ । ठाउँ ठाउमा जाने पहिरोले दुर्घटनाको जोखिम उच्च रहेको छ ।भने अर्का तिर समयमै गन्तब्यमा पुग्न सक्ने अवस्था पनि छैन। सडकको यहि दुर्दशाका कारण अहिले आन्तरिक तर्फका हवाईयात्रुको संख्यामा वृद्धि भएको छ । पश्चिम् नेपालको भैरहवा स्थित गौतमबुद्ध अन्तरास्ट्रिय बिमानस्थल प्रयोग गर्नेको संख्या दिनहुँजसो बढेको बायुसेवा कम्पनीहरुको भनाई छ । अहिले भैरहवा काठमाडौ उडान गर्दै आईरहेको बुद्ध…
पोखरालाई पर्यटकीय राजधानी बनाउने उद्घोष
आर्थिक परिवेश२० असार,पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले पोखरालाई पर्यटकीय राजधानी बनाउने उद्घोष गर्नुभएको छ । लेखनाथ उद्योग वाणिज्य सङ्घको २७ औँ संस्थापना दिवस तथा २६ औँ वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पोखरालाई पर्यटकीय हबको रुपमा विकास गर्न प्रचुर सम्भावना भएको बताउनुभयो । पोखरामा पर्यटकलाई आकर्षण गर्न पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्नका लागि छिमेकी मुलुक भारत र चीनबाट उडान भर्नका लागि प्रधानमन्त्री स्तरबाट पहल गर्न आग्रह गरेको बताउँदै पर्यटन विकासका लागि पूर्वाधार तयार भएको बताउनुभयो । गण्डकी प्रदेशको विकासका लागि पर्यटन क्षेत्रमा काम गर्ने सामाजिक संघ संस्थाहरू उद्योग वाणिज्य संघ लगायतका सरोकारवालाहरू सँग सामूहिक कार्यक्रम सञ्चालन गरी समस्याको पहिचान गर्दै धारासायी…
सुन्दर बागलुड. : पर्यटकीय रूपमा बत्तीमुनिको अँध्यारोकाे अवस्थामा
आर्थिक परिवेश१६ असार, गलकोट बागलुड.। नेपालमा भित्रिने विदेशी पर्यटकमध्ये ४० प्रतिशत गण्डकी प्रदेशको राजधानी पोखरा पुग्ने गरेको तथ्याङ्क छ। पर्यटनको राजधानी मानिने पोखराबाट बागलुङ बजार त्यस्तै ७० किलोमिटर हाराहारीमा पर्छ। तर पोखरा आएका कति पर्यटक बागलुङसम्म पुग्छन् ? यसको खोजी र लेखाजोखा कसैले गरेकाे पाइदैन । यसो भए पनि संरचना अर्थात् पर्यटन पूर्वाधारको भने अभाव छ। पोखरा आएका विदेशी पर्यटकलाई पश्चिमका बागलुङ, पर्वत, म्याग्दीसम्म ल्याउन आवश्यक प्रचारप्रसार एवं सूचना र पर्यटन पूर्वाधारको खाँचो देखिन्छ। पोखराबाट बढीमा दुई घण्टामा बागलुङ पुग्न सकिने भए पनि विदेशी पर्यटकको आगमन भने शून्यजस्तै छ। विभिन्न पर्यटन व्यवसायीको पहलमा आएका विदेशी पर्यटकको समूहबाहेक अन्य विदेशी पर्यटक आफैँले…