पोखरालाई पर्यटकीय राजधानी बनाउने उद्घोष
आर्थिक परिवेश

२० असार,पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले पोखरालाई पर्यटकीय राजधानी बनाउने उद्घोष गर्नुभएको छ  । लेखनाथ उद्योग वाणिज्य सङ्घको २७ औँ संस्थापना दिवस तथा २६ औँ वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पोखरालाई पर्यटकीय हबको रुपमा विकास गर्न प्रचुर सम्भावना भएको बताउनुभयो । पोखरामा  पर्यटकलाई आकर्षण गर्न पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्नका लागि छिमेकी मुलुक भारत र चीनबाट उडान भर्नका लागि प्रधानमन्त्री स्तरबाट पहल गर्न आग्रह गरेको बताउँदै पर्यटन विकासका लागि पूर्वाधार तयार भएको बताउनुभयो । गण्डकी प्रदेशको विकासका लागि पर्यटन क्षेत्रमा काम गर्ने सामाजिक संघ संस्थाहरू उद्योग वाणिज्य संघ लगायतका सरोकारवालाहरू सँग सामूहिक कार्यक्रम सञ्चालन गरी समस्याको पहिचान गर्दै धारासायी…

सुन्दर बागलुड. : पर्यटकीय रूपमा बत्तीमुनिको अँध्यारोकाे अवस्थामा
आर्थिक परिवेश

१६ असार, गलकोट बागलुड.।  नेपालमा भित्रिने विदेशी पर्यटकमध्ये ४० प्रतिशत गण्डकी प्रदेशको राजधानी पोखरा पुग्ने गरेको तथ्याङ्क छ। पर्यटनको राजधानी मानिने पोखराबाट बागलुङ बजार त्यस्तै ७० किलोमिटर हाराहारीमा पर्छ। तर पोखरा आएका कति पर्यटक बागलुङसम्म पुग्छन् ?  यसको खोजी र लेखाजोखा कसैले गरेकाे पाइदैन । यसो भए पनि संरचना अर्थात् पर्यटन पूर्वाधारको भने अभाव छ। पोखरा आएका विदेशी पर्यटकलाई पश्चिमका बागलुङ, पर्वत, म्याग्दीसम्म ल्याउन आवश्यक प्रचारप्रसार एवं सूचना र पर्यटन पूर्वाधारको खाँचो देखिन्छ। पोखराबाट बढीमा दुई घण्टामा बागलुङ पुग्न सकिने भए पनि विदेशी पर्यटकको आगमन भने शून्यजस्तै छ। विभिन्न पर्यटन व्यवसायीको पहलमा आएका विदेशी पर्यटकको समूहबाहेक अन्य विदेशी पर्यटक आफैँले…

भैरहवामा पाँचतारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा
आर्थिक परिवेश

 १४ असार, भैरहवा ।  सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीको लगानीमा भैरहवामा पाँचतारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा आएको छ । साढे २ अर्ब रुपैयाँ लगानीमा चार बिघा क्षेत्रफलमा निर्माण भएको उक्त होटलमा विभिन्न सेवाहरू सहित ८५ कोठा सहितको लुम्बिनी घुमघाम गर्न आउने पर्यटक र व्यापारिक वर्गलाई लक्षित गर्दै पाँच तारे होटल निर्माण गरिएको हो । विगत लामो समयदेखि कटेज रेस्टुराँ, तीनतारे र चार तारे स्तरका होटल सञ्चालन गर्दै आएको यस ग्रुपको ४ बिघा क्षेत्रफलमा फैलिएको यो पहिलो पाँचतारे होटल हो । कोरोना महामारी र आर्थिक मन्दीका कारण निर्माण ढिलाइ हुँदा लागत बढेको सिद्धार्थ ग्रुपका सिइओ कृष्ण न्यौपानेले बताउनुभयो । सो होटलमा…

हिमालय एअरलाइन्सकाे काठमाडौं–बेइजिङ नियमित उडान सुरु
आर्थिक परिवेश

०९असार,काठमाडौ ।   नेपालको निजी क्षेत्रको विमान कम्पनी हिमालय एअरलाइन्सले शनिवारदेखि काठमाडौं–बेइजिङ नियमित उडान सुरु गरेको छ । शनिवारको प्रारम्भिक उडानमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठसहितका यात्रुहरुले यात्रा गरेका छन् । हिमालयको एच नाइन ६६५ विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहानको ७ बजेर ४० मिनेटमा उडान गरेको हो । उक्त विमान बेइजिङ डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल बेइजिङमा दिउँसो २ बजेर १५ मिनेटमा अवतरण हुने कम्पनीले जनाएको छ । काठमाडौं–बेइजिङ उडान अवधि ४ घण्टा ४५ मिनेटको हो । बेइजिङबाट उक्त विमान दिउँसो ३ बजेर २५ मिनेटमा प्रस्थान तालिका छ । उक्त विमान काठमाडौंममा साँझ ६ बजेर ३० मिनेटमा अवतरण हुनेछ । बेइजिङ र…

पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार विहान पहिलो अन्तर्राष्ट्रिय उडान
आर्थिक परिवेश

०६,असार काठमाडौं ।   आन्तरिक उडान मात्रै भइरहेको पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार विहान पहिलो अन्तर्राष्ट्रिय उडान भएको छ । चीनको छेन्दुबाट आएको सिचुआन एयरलाइन्स बुधवार विहान ९ बजे पहिलो अन्तर्राष्ट्रिय विमानको रुपमा अवतरण भएको हो । पहिलो अन्तर्राष्ट्रिय उडानका रूपमा ८४ जना यात्रु बोकेर आएकोे चिनियाँ सिचुआन एयरलाइन्सलाई स्वागत गर्न पोखरेलीहरू बाजागाजासहित विमानस्थल पुगेका थिए । विमानका यात्रुहरूलाई पर्यटन व्यवसायीले नेपाली ढाका टोपी, माला र खादाले स्वागत गरेका छन् । पहिलो चार्टर्ड उडान सुरु भएको अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विमानस्थल निर्माणमा चीन सरकारले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै विमानस्थल अन्तर्राष्ट्रिय विमान अवतरण हुनुु समग्र गण्डकी प्रदेशको पर्यटन…