विलासि पर्यटकहरुको लागि पाेखरामा दोर्जेस रिसोर्ट संचालनमा
आर्थिक परिवेश

०३ असार,पोखरा ।  पोखराको लेकसाइडको मुख्य बजार क्षेत्रबाट करिब २ किलोमिटर पश्चिम उत्तरको दुरी सेदीबगरमा रहेको दोर्जेस रिसोर्ट एण्ड संचालनमा अाएकाे छ  । स्पाः जहाँ विलासि (लक्जरियस) पर्यटकहरुको रोजाईमा रहेको स्थानमा पुग्न सकिन्छ । पोखराको नयाँ मानव निर्मित पर्यटकीय गन्तव्यको रुपमा रहेको अन्नपूर्ण केवलकारको तल्लो स्टेसन भन्दा केही माथि पर्ने उक्त रिसोर्ट यही असार ६ गते देखि अनौपचारिक रुपमा सेवा शुभारम्भ गर्ने भएको छ । १३ वटा भिल्ला भएको यो रिसोर्टमा रहेका हरेक कोठा बाहिर टेरेस अर्थात खेतको गरा जस्तो भाग निकालिएको छ भने अधिकांश रुमबाट पोखराको मुख्य पर्यटकीय स्थल फेवाताल र पोखराको लेकसाइडलाई निहाल्न सकिन्छ । पछिल्लो केही बर्ष…

मिराया वेलनेस एण्ड गल्फ रिसोर्ट सञ्चालनमा
आर्थिक परिवेश

३२जेठ, काठमाण्डौ ।  सीजी हस्पिटालिटीले नवलपुरको देवचुलीमा मिराया वेलनेस एण्ड गल्फ रिसोर्टआमअतिथीहरुकालागि सञ्चालनमाल्याएको छ । शाश्वतधाम र सीजी इन्डस्ट्रियल पार्कसँगै खुलेको यो रिसोर्टगल्फ प्रेमीहरूकालागिझनै आकर्षक गन्तब्यबन्ने विश्वास गरिएको छ । अध्यात्म, शान्ती र आनन्ददायीवातावरणका लागि यो रिसोर्ट नेपालको उत्कृष्ट सावितहुने सीजी हस्पिटालिटीको विश्वास छ । सीजी इन्डस्ट्रियल पार्क भित्र सून्दर गल्फ मैदानसँगै सञ्चालनमाआएको यसमिरायाकाअतिथीहरूले गल्फकोविशेषमज्जालिनपाउनेछन् । साथै, शाश्वतधामकादर्शनार्थीहरूकालागि समेत यो रिसोर्ट उत्तिकै सुविधाजनक सावितहुनेछ । ‘वेलनेश, अध्यात्मिक चेतना र वातावरणीय दिगोपनको लागि सीजी हस्पिटालिटीको एउटा उल्लेखनीय प्रमाणका रुपमामिराया वेलनेश एण्ड गल्फ रिसोर्टलाई प्रस्तुतगर्न पाउँदा म हर्षित छु । चौधरी ग्रुपकाप्रवन्धनिर्देशकएवं सीजी हस्पिटालिटी होल्डिङ्सका प्रमुखकार्यकारी अधिकृत (सिइओ) राहुलचौधरीले भन्नुभयो, ‘मिराया रिसोर्ट…

भैरहवा विमानस्थलमा व्यावसायिक उडानको निरन्तरता चुनौतीपूर्ण : मन्त्री किराती
आर्थिक परिवेश

३० जेठ, भैरहवा  ।  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १३ महिनापछि नेपाल वायुसेवा निगमले व्यावसायिक उडान सुरु गरेको छ । मंगलवार बिहान ९ः४५ बजे निगमको एक सय ५८ सिट क्षमताको न्यारोबडी जहाज मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । मलेसियाबाट ९० यात्रु बोकेर आएको राष्ट्रिय ध्वजावाहक जहाज भैरहवास्थित विमानस्थलमा ३१ जना यात्रु ओरालेर काठमाडौँका लागि उडान भरेको नेपाल वायु सेवा निगमका सहप्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिनुभयो । मलेसियामा रोजगारी गरी फर्केका र मलेसियाका पर्यटन व्यवसायीहरु भैरहवा विमानस्थलमा ओर्लिएको सहप्रवक्ता घिमिरेको भनाइ छ । भैरहवास्थित यस विमानस्थलमा नेपाल वायुसेवा निगमको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएकाले यात्रुहरुलाई संस्कृति…

प्रधानमन्त्रीद्वारा पशुपति क्षेत्रको निरीक्षण र अवलोकन
आर्थिक परिवेश

२७ जेठ, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले शनिवार साँझ पशुपति क्षेत्रको निरिक्षण अवलोकन निरिक्षण गर्नुभएको छ । सो क्रममा प्रधानमन्त्रीले पशुपति मन्दिरको पनि अवलोकन गर्नुभएको थियो । उहाँलाई उक्त क्षेत्रको पुरातात्विक, सांस्कृतिक, धार्मिक महत्वका बारेमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुले जानकारी गराएका थिए । प्रधानमन्त्रीले विश्व सम्पदाका रुपमा रहेको पशुपति क्षेत्रलाई अझै व्यवस्थित गरी धार्मिक पर्यटनमा ठूलो टेवा मिल्ने बताउनुभयो । उक्त निरिक्षण अवलोकनमा अर्थमन्त्री प्रकाश शरण महत, परराष्ट्र मन्त्री एनपी साउद, पर्यटन, उर्जा मन्त्री शक्ति बस्नेत, संस्कृति तथा नागरिक उड्डयन मन्त्री सुदन किराती लगायत पनि सहभागी हुनुहुन्थ्यो ।

लुम्बिनीकाे पहिलाे केबलकारको उद्घाटन
आर्थिक परिवेश

२५ जेठ,लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहालले आइएमई समूहको लगानीमा निर्मित लुम्बिनी केबलकारको उद्घाटन गर्नुभएको छ । उहाँले बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेशनमा ताम्रपत्र अनावरण गरी केबलकारको औपचारिक थालिनी गर्नुभएको हो । बुटवल उपमहानगरपालिका– ३, गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरसम्म करिब तीन किलोमिटर दूरीको सो केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार हो । लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको वसन्तपुर  कामाख्यादेवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वरपीपल, ढुङ्गेधारा, पोखरी आदि संरचनाले भरिपूर्ण एउटा धार्मिक तथा उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ । यसअघि यही जेठ १५ गते कामाख्या मन्दिरमा कामाख्या देवीको मूर्ति प्राणप्रतिष्ठा गरी पुजा आराधना सुरु गरिएको थियो ।…