महाेत्तरीको भंगहादेखि भारतकाे जयनगरसम्म रेलसेवा विस्तार
आर्थिक परिवेश३१ असार, धनुषा । नेपालकाे महोत्तरी भंगहादेखि भारतकाे जयनगरसम्म रेलसेवा सुरु भएको छ । भंगहा रेल्वे स्टेशनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हरियो झण्डा हल्लाएपछि रेल जयनगरका लागि छुटेको हाे । नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेल सेवा थप १७ किलोमिटर विस्तार भएको हो । यसअघि पहिलो चरणमा जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा संचालन हुँदै आएको थियो । १७ किलोमिटर थप भएपछि अब महोत्तरीको भंगहादेखि जनकपुर हुँदै जयनगरसम्म ५२ किलोमिटरमा रेल सेवा विस्तार भएको हो । रेल हेर्न भंगाहामा स्थानीय बासिन्दाको घुँइचो लागेको थियो । भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको रेलको थप १७ किलोमिटर भागको…
गेप्ताङको मगर बस्ती अहिले पाहुना बिसाउने थलोका रूपमा स्थापित हुँदै
आर्थिक परिवेश३० असार,हुवास पर्वत । गण्डकी प्रदेश सरकारको समृद्धि तथा विकासका लागि कृषि र पर्यटनलाई जोडेर लैजानुपर्ने जनआवाजलाई कार्यान्वयनमा लान शुरु गरेकाे छ । विहादी गाउँपालिकामा अवस्थित पैयूँकोट दरबार र महाशिलाको मध्य भागमा अवस्थित वडा नं ५ उरामपोखराको मगर बस्ती गेप्ताङ गाउँको घरबास पर्यटन नमूना कृषि पर्यटनको गन्तव्य बनाउन प्रदेश सरकार लागिपरेको हो । पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको गेप्ताङ र आसापासका क्षेत्रको विकासमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रयास थालेको छ । प्याराग्लाइडिङको परीक्षण सफल भएको बस्ती माथिको लुपे्रङडाँडा, हातेमालो चोकदेखि गोल्र्याङधाम पुग्ने पैदल मार्ग छेवैको गेप्ताङको मगर बस्ती अहिले पाहुना बिसाउने थलोका रूपमा स्थापित हुँदै गएको छ । पाहुँना…
मनाङ एयरको हेलिकप्टर दुर्घटनामा पाइलट सहित ६ जनाको मृत्यु
आर्थिक परिवेश२६ असार,काठमाडौँ । मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं ५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । सोलुखुम्बुबाट काठमाडौँका लागि उडान भरेको हेलिकोप्टर सुर्केबाट सम्पर्कविहीन भएको थियो । उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले जानकारी दिनुभयो । लाम्जुरापास डाडाँमा दुर्घटना भएको प्रारम्भिक जानकारी आएको उहाँको भनाइ छ । दुर्घटनास्थल सोलुखुम्बुको लिखुपिके र रामेछापको उमाकुण्ड गाउँपालिकाको सिमानामा पर्छ । दुर्घटनास्थलमा पाँच जनाको शव फेला परेको उहाँले जानकारी दिनुभयो । दुर्घटनाग्रस्त हेलिकोप्टर खोज्न काठमाडौँबाट अल्टिट्युड एयरको हेलिकोप्टर परिचालन गरिएको थियो भने सोलुखुम्बुबाट नेपाल प्रहरीको टोली खटिएको थियो । सोलुखुम्बुको सुर्केबाट विहान ९ः५२ बजे काठमाडौँ…
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकाे पार्किङ शुल्क घटाउ : उद्योग वाणिज्य संघ
आर्थिक परिवेश२६ असार,पोखरा । उद्योग वाणिज्य संघ पोखराले अन्तर्राष्ट्रिय विमानस्थल सहज रुपमा सचालनकाे वातावण बनाउन विमानस्थल भित्रको पार्किङ शुल्क घटाउन माग गरेको छ। संघका अध्यक्ष पवन कुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमलाई सोमवार ध्यानाकर्षणपत्र बुझाउँदै पुरानो विमानस्थलभन्दा झन्डै २१ गुणा महँगो शुल्क कुनै पनि कोणबाट जायज नभएको बताएको हो। सङ्घले आवागमनलाई असर नपर्ने गरी यात्रुलाई पुर्याउन जाँदा बिदाइ र आगन्तुक/अथिति पाहुनालाई स्वागत गरी सवारीमा चढाउने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ। ध्यानाकर्षणपत्रमा विमानस्थल निर्माणको सूत्रधार, अभियानकर्ता एवं उपभोक्ताको नाताले विमानस्थलसँग संघको गहिरो चासो जोडिएको उल्लेख गरिएकाे छ । राष्ट्रिय गौरवको परियोजनाका रूपमा…
नारायणगढ–मुग्लिन तथा नारायणगढ बुटवल सडक खण्डको सास्तिका कारण विमान चढने बढे
आर्थिक परिवेश२३ असार, नवलपरासी । निर्माणाधीन अवस्थामा रहेको नारायणगढ–मुग्लिन सडक खण्डको सास्तिका कारण त्यस बाटो भएर यात्रा गर्ने प्राय सबै यात्रुले असुरक्षित महसुस गर्न थालेका छन् । खाल्डा खुड्लीका कारण र अहिले बर्षायामको पहिरोले दिनहुजसो सडक अवरुद्ध हुदा ज्यानकै जोखिम मोल्नु पर्ने अवस्था छ । ठाउँ ठाउमा जाने पहिरोले दुर्घटनाको जोखिम उच्च रहेको छ ।भने अर्का तिर समयमै गन्तब्यमा पुग्न सक्ने अवस्था पनि छैन। सडकको यहि दुर्दशाका कारण अहिले आन्तरिक तर्फका हवाईयात्रुको संख्यामा वृद्धि भएको छ । पश्चिम् नेपालको भैरहवा स्थित गौतमबुद्ध अन्तरास्ट्रिय बिमानस्थल प्रयोग गर्नेको संख्या दिनहुँजसो बढेको बायुसेवा कम्पनीहरुको भनाई छ । अहिले भैरहवा काठमाडौ उडान गर्दै आईरहेको बुद्ध…