बुद्ध एयरले थप्याे नयाँ जहाज एटीआर सहित १७ विमान
आर्थिक परिवेश

   ०९ साउन, काठमाण्डाै‌  ।   नेपाली नीजि विमान कम्पनी  बुद्ध एयरले आज (२५ जुलाई, शनिबार) देशमै पहिलोपटक एटीआर–७२–६०० जहाज नेपाल भित्र्याएको छ। आवश्यक कागजी प्रक्रिया पूरा गरेपछि यो जहाजलाई आगामी महिनादेखि उडान सेवामा ल्याइने कम्पनीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ। बुद्ध एयरले कल साइन ९एन-एओएस जहाज फ्रान्सको तुलुसबाट भित्र्याएको हो। यस एटीआर–७२–६०० जहाजमा उडान प्रणाली (एभियोनिक्स) पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेसन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणाली छन्। क्षेत्रीय विमानमा यो सिरिजका जहाजले कम इन्धन खपत गर्ने भएकाले वातावरणमैत्री मानिन्छ। त्यसैगरी जहाजभित्रको बनावट सुधारिएको हुँदा ध्वनी प्रदूषण पहिलाको सिरिजभन्दा कम हुने पनि दाबी कम्पनीले गरेको छ। आरएनपी-एआर भूउपग्रह प्रणाली बुद्ध एयरले आयात…

उडान सेवा विस्तारका लागि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा छुटै छुट
आर्थिक परिवेश

०७ साउन, पाेखरा,गण्डकी ।  सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्कमा छुट दिने निर्णय गरेपछि यहाँबाट अन्तरराष्ट्रिय उडानका लागि वायुसेवा कम्पनी आकर्षित हुने विश्वास गरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तरराष्ट्रिय वायुसेवा कम्पनीलाई लक्ष्य गरी विसं २०८५ भदौ मसान्तसम्मका लागि विमानस्थलमा ‘पार्किङ’, ‘ल्यान्डिङ’ र ‘नेभिगेसन’ शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको थियो । यस्तै, ‘ग्राउन्ड ह्यान्डलिङ’ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय सरकारले गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सरकारले गरेको उक्त निर्णयले पोखरा–दुबईलगायत अन्य अन्तरराष्ट्रिय गन्तव्यमा नियमित उडान विस्तार गर्न तथा नयाँ वायुसेवा कम्पनीलाई भित्र्याउन सहज वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो । “पर्यटन प्रवर्द्धन,…

पोखरा–दुबई हवाई उडान सेवालाई दिगो बनाउन दुबै पक्षबीच छलफल
आर्थिक परिवेश

  २२ पाेखरा , गण्डकी।   आगामी सेप्टेम्बर २३ देखि सुरु हुने पोखरा–दुबई हवाई उडान सेवालाई दिगो बनाउने विषयमा फ्लाइ दुबईका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीहरूबीच छलफल भएको छ । आइतबार पोखरा उद्योग वाणिज्य सङ्घ र रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराका पदाधिकारीसँगको भेटमा फ्लाइ दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले पोखरा उडानलाई दिगो बनाउनेगरी काम सुरु भएको बताउनुभयो । पोखरा–दुबई उडानलाई स्थायित्व दिन स्थानीयवासी र सरोकारवालाको सहयोग महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो । यो उडानले गण्डकी प्रदेश र आसपासका नागरिकलाई सोझै लन्डन, न्युयोर्क, टोकियोजस्ता विश्वका २५० भन्दा बढी गन्तव्यमा पुग्ने अवसर आएको महाप्रबन्धक शाहीले बताउनुभयो । सो अवसरमा पोखरा उद्योग वाणिज्य…

कुल गार्हस्थ्य उत्पादनमा आन्तरिक पर्यटन क्षेत्रले २.६५ प्रतिशत योगदान
आर्थिक परिवेश

१८ असार, काठमाडौं ।   आन्तरिक पर्यटन सर्वेक्षणले देशको अर्थतन्त्रमा आन्तरिक पर्यटनको बलियो उपस्थिति देखाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सार्वजनिक ‘आन्तरिक पर्यटन सर्वेक्षण २०८१/८२’ को प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) सँग तुलना गर्दा आन्तरिक पर्यटन क्षेत्रले २.६५ प्रतिशत योगदान पुर्‍याएको देखिएको हो । देशभरका ४४४ गणना क्षेत्रका कुल ५ हजार ३२८ घरपरिवारलाई नमुनाका रूपमा छनोट गरी ‘टु-स्टेज स्ट्रेटिफाइड स्याम्पलिङ डिजाइन’ विधिबाट यो सर्वेक्षण गरिएको हो । उक्त सर्वेक्षण अनुसार नेपालका कुल ६९ लाख १० हजार घरपरिवारमध्ये ३६ लाख २१ हजार (५२.४ प्रतिशत) घरपरिवार सन्दर्भ अवधिमा कम्तीमा एक पटक पर्यटकीय गतिविधिमा सहभागी भई ‘पर्यटक घरपरिवार’ का…

११ महिनामा ७ लाखभन्दा बढी पर्यटक मुस्ताङ पुगे
आर्थिक परिवेश

०६ असार, मुस्ताड.।  चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा ७ लाखभन्दा बढी पर्यटक मुस्ताङ पुगेका छन् । मुस्ताङको घाँसास्थित सीमा प्रहरीचौकीका अनुसार चालु आवको साउनदेखि जेठसम्म ७ लाख ५ हजार ७५४ स्वदेशी र विदेशी पर्यटक मुस्ताङ प्रवेश गरेका हुन् । यो सङ्ख्या गत आर्थिक वर्षको १२ महिनाको बराबर हो । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र बेनी–जोमसोम सडक भएर मुस्ताङ भित्रने नाकामा पर्ने घाँसामा प्रहरीले सवारीसाधनमार्फत भित्रने पर्यटकको अभिलख राख्ने गरेको छ । एघार महिनामा १ लाख ५१ हजार १६० सवारीसाधनमार्फत ४ लाख ६० हजार ९२४ स्वदेशी र दुई लाख ४४ हजार ८३० विदेशी पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयका…