सञ्चालक समितिका पाँच सदस्यको नियुक्ति सर्वोच्च अदालतले बदर
आर्थिक परिवेश

२९ जेठ, काठमाडौं ।   नेपाल वायुसेवा निगमको सञ्चालक समितिका पाँच सदस्यको नियुक्ति सर्वोच्च अदालतले बदर गरिदिएको छ। छनोट समितिले गरेको सिफारिसका योग्यता क्रमका आधारमा नभई छानेर नियुक्ति दिएको पहिलो नम्बरमा सिफारिस उपेन्द्रबहादुर कार्कीले सर्वोच्चमा रिट दायर गर्नु भएकाे थियाे । सरकारले गत वैशाख ३१ गते पाँच जना सदस्य नियुक्त गरेको थियो। कार्कीको रिटमा शुक्रबार सुनुवाइ गर्दै न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको इजलासले नियुक्ति बदर गर्ने आदेश दिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले डा दीपकप्रसाद बास्तोला, प्रविन भट्टराई, महेश्वर भक्त श्रेष्ठ, रुपा लामिछाने र लिलाराज ढकाललाई नियुक्त गर्ने निर्णय मन्त्रीस्तरबाट गर्नु भएकाे थियाे ।…

 म्यारियट इन्टरनेशनलले सीजी हस्पिटालिटीस‌ग दुई नयाँ होटल सञ्चालन सम्झौता
आर्थिक परिवेश

२४ जेठ, काठमाण्डौ ।   म्यारियट इन्टरनेशनल इन्कले सीजी हस्पिटालिटी ग्लोबलसँग नेपालमा दुई नयाँ होटलहरु द रिट्ज–कार्लटन काठमाडौं र द वेस्टिन काठमाडौं सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । यससँगै म्यारियटका विश्वप्रसिद्ध लक्जरी तथा प्रिमियम होटल ब्रान्डहरू नेपालको राजधानी काठमाडौंमा प्रवेश गर्नेछन । द रिट्ज–कार्लटन काठमाडौं र द वेस्टिन काठमाडौं उच्चस्तरीय पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने अपेक्षा गरिएको छ । यी होटलहरू सन् २०३१ सम्म सञ्चालनमा ल्याउने लक्ष राखिएको छ ।

हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन–काठमाडौँ सिधा उडान गर्ने
आर्थिक परिवेश

१९ जेठ, काठमाण्डौ ।    नेपालबाट अन्तरराष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित शेन्जेन सहरसँग राजधानी काठमाडौँलाई प्रत्यक्ष हवाई सेवामार्फत जोड्ने भएको छ । कम्पनीले यही जेठ २१ गतेदेखि काठमाडौँ–शेन्जेन–काठमाडौँ सिधा उडान सेवा सञ्चालनमा ल्याउने घोषणा गरेको हो । नयाँ उडान सेवाअन्तर्गत काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र चीनको शेन्जेन बाओआन अन्तरराष्ट्रिय विमानस्थलबीच सातामा दुई उडान सञ्चालन गरिनेछ । कम्पनीका अनुसार काठमाडौँबाट शेन्जेनका लागि उडान प्रत्येक मङ्गलबार र बिहीबार हुनेछ भने शेन्जेनबाट काठमाडौँ फर्कने उडान बुधबार र शुक्रबार सञ्चालन हुनेछ । हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले नयाँ गन्तव्य थपिनु हिमालय एयरलाइन्सको अन्तरराष्ट्रिय सञ्जाल विस्तारको…

मे महिनामा १ लाख बढी विदेशी पर्यटक नेपाल भित्रिए
आर्थिक परिवेश

 १९ जेठ  काठमाडौँ ।    सन् २०२६ को मे महिनामा मात्रै १ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार मेमा एक लाख दुई हजार ६२६ विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । उक्त सङ्ख्या गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो । बोर्डका अनुसार गत वर्षको मे महिनामा ८६ हजार २१६ पर्यटक नेपाल आएका थिए । कोरोना महामारी अगाडि सन् २०१९ को मे महिनामा ७८ हजार ३२९ विदेशी नेपाल घुम्न आएका थिए । मे महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी छिमेकी मुलुक भारतका रहेका छन् । उक्त महिनामा भारतबाट मात्र ४० हजार ७८२ पर्यटक नेपाल…

नेपाललाई सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्यको सम्मान
आर्थिक परिवेश

१० जेठ, काठमाडौं ।   चीनको ग्वाङ्झाउमा नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ अर्थात् ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’को सम्मान प्रदान गरिएको छ। चीनको ग्वाङ्झाउमा यही मे २१ देखि २३ सम्म आयोजित ग्वाङ्झाउ अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपाललाई सो सम्मान प्रदान गरिएको हो। नेपालको प्राकृतिक सौन्दर्य, आध्यात्मिकता, सांस्कृतिक विविधता तथा साहसिक पर्यटनको आकर्षणका आधारमा नेपाललाई उक्त सम्मान प्रदान गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। नेपाल पर्यटन बोर्डले तीनदिने अन्तरराष्ट्रिय पर्यटन मेलामा ‘नेपालः अ लाइफटाइम एक्सपेरियन्स’ अर्थात् ‘नेपालः जीवनभरको अनुभव’ भन्ने नारासहित नेपालको सहभागिता समन्वय गरेको थियो। मेलामा नेपालले सांस्कृतिक, धार्मिक, साहसिक, आउटडोर तथा लक्जरी पर्यटनका विविध सम्भावनाबारे अन्तरराष्ट्रिय आगन्तुक तथा ट्राभल ट्रेड व्यवसायीलाई जानकारी…