दशहरा गोसाँइ कुण्ड स्नान गर्न हजारौं पुगे (फोटो फिचर)
आर्थिक परिवेश

१८जेठ,धुञ्चे,रसुवा ।  नेपालको रसुवा जिल्लास्थित लाडटाड.राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थित प्रशिद्ध गोसाँइ कुण्डमा यतीेबेला दशहरा गोसाँइ कुण्ड स्नान तथा मेला लागेको छ । ४ हजार ३ सय ८० मिटरको उचाइमा अवस्थित प्रशिद्ध धार्मिक स्थल गोसाँइ कुण्डमा मेला भर्न तथा स्नान गर्न स्वदेश तथा विदेशका दर्शनार्थी दैनिकरुपमा करिव १ हजारको संख्यामा त्यहाँ पुग्ने गरेका छन् । गोसाँइ कुण्डमा दशहरा गोसाँइ कुण्ड स्नानको बेला तथा जनै पूर्णीमामा यस प्रकारको मेला तथा स्नान गर्न स्वदेशी तिर्थयात्रीहरु बढी पुग्ने गर्दछन् । अन्य सिजनमा विदेशी पर्यटकहरुको भ्रमण पनि हुने गर्दछ । जाडो समयमा त्यस क्षेत्रमा हिउ पर्ने हुनाले भ्रमणमा जानेहरुको संख्या अत्यन्तै न्युन स्ांख्यामा हुने गरेको…

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह भारतकाे उत्तराखण्डमा
आर्थिक परिवेश

२० बैशाख,  कञ्चनपुर,  सुदूरपश्चिम । भारत भ्रमणमा रहनुभएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र उत्तराखण्डका विभागीयमन्त्रीबीच देहरादुनमा भेटवार्ता भएको छ । मुख्यमन्त्री र उत्तराखण्डका वनमन्त्री सुबोध उनियाल, पर्यटनमन्त्री सतपाल महाराज, र कृषिमन्त्री गणेश जोशीबीच छुट्टाछुट्टै भेटवार्ता भएको हो । भेटवार्तामा वन तथा पर्यटन प्रवर्द्धन र आधुनिक कृषि खेतीलगायत विषयमा द्विपक्षीय छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा पर्यटन प्रवर्द्धनबाट रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जन भई राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने, विकास लक्ष्य हासिल गर्न र नेपाली जनताको दिगो सामाजिक एवं आर्थिक उन्नतिका लागि पनि महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको थियो । पर्यटनमन्त्री सतपालसँगको भेटवार्तामा मुख्यमन्त्री शाहले धार्मिक मानसखण्ड सर्किट, अध्यात्मिक…

दुबईमा नेपालको पर्यटन प्रवर्द्धन गरियाे
आर्थिक परिवेश

 २० बैशाख, काठमाडौँ ।   संयुक्त अरब इमिरेट्स्को दुबईमा नेपालको पर्यटन प्रवर्द्धन गरिएको छ । नेपाल पर्यटन बोर्डले दुबईमा आयोजित ‘अरबियन ट्राभल मार्केट (एटीएम) २०२५’मार्फत नेपालको विविध पर्यटन गन्तव्य र सम्भावना प्रदर्शन गरेको हो । अप्रिल २८ देखि मे  १ तारिखसम्म दुबई वल्र्ड ट्रेड सेन्टरमा आयोजित उक्त अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपालले साहसिक पर्यटन, सांस्कृतिक सम्पदा तथा विलासितापूर्ण पर्यटन क्षेत्रका सम्भावनालाई प्राथमिकताका साथ प्रवर्द्धन गरेको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ । बोर्डका वरिष्ठ प्रबन्धक नविन पोखरेलको नेतृत्वको प्रतिनिधिमण्डलले अन्तरराष्ट्रिय टुर अपरेटर, ट्राभल एजेन्ट तथा सञ्चारकर्मीसँग विभिन्न व्यवसायिक भेटघाट (बीटुबी) कार्यक्रम गर्दै नेपालको पर्यटन विशेषता प्रस्तुत गरेको थियो । मेलामा बोर्डले ब्रोशर, यात्रा गाइड…

अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपालमा
आर्थिक परिवेश

२० वैशाख, काठमाडौँं ।    सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ । अप्रिलमा सबैभन्दा बढी भारतबाट २५ हजार ९३३, अमेरिकाबाट १० हजार ५३, चीनबाट नौ हजार ३७ र संयुक्त अधिराज्य बेलायतबाट छ हजार ८३८ पर्यटक नेपाल भित्रिएका छन् । पछिल्लो आँकडा हेर्दा भारतीय र चिनियाँ पर्यटक बढ्न सकेका छैनन् । बोर्डका अनुसार सन् २०१९ को तुलनामा १०६ दशमलव…

हनुमान ढोका दरबार क्षेत्र घुम्ने पर्यटककाे स‌ख्या बढ्याे
आर्थिक परिवेश

 १६ बैशाख  काठमाडौँ ।   अघिल्लो आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षमा हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको आम्दानीमा वृद्धि भएको छ । गत आवको वैशाख पहिलो हप्तासम्ममा  १४ करोड छ लाख ६३ हजार पर्यटनबाट शुल्क सङ्कलन गरेको उक्त कार्यक्रमले चालु आवको सोही अवधिमा १५ करोड २६ लाख ३५ हजार सङ्कलन गरिसकेको कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले जानकारी दिनुभयो । प्रमुख प्रधानका अनुसार पर्यटन सेवा शुल्कसँगै अन्य सेवा शुल्क र अन्य प्रशासनिक सेवा शुल्क गरी आयमा वृद्धि भएको हो । कार्यालयले चालु आवका लागि रु १७ करोड आम्दानी गर्ने लक्ष्य राखेको र सहज रुपमा लक्ष्यमा पुग्न सकिने उहाँको भनाइ छ । गत आवमा भने…