गत हप्ताको बाढीपहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनामा ठूलो क्षति
आर्थिक परिवेश

१७ असोज, काठमाण्डौ ।    गत हप्ताको बाढीपहिरोका कारण म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन र सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुगेको छ । बाढीबाट २६६ मेगावाट क्षमताका ३ वटा निर्माणाधीन आयोजना प्रभावित भएका छन् भने २१६ मेगावाटका ८वटा आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिर भएको छ । बाढीका कारण ६६.३ मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत आयोजनामा सबैभन्दा बढी क्षति पुगेको छ । निर्माणाधीन आयोजनाको बाँध,सुरुङ,आवास, मेसिनरी तथा उपकरण, निर्माण सामग्री, डिजेल ट्याङ्क र वर्कसपमा क्षति पुगेको सिभिल ठेकेदार कम्पनी रसुवा मल्टी जेभीले जानकारी दिएको छ । १२ अर्ब ९३ करोड लागत अनुमान गरिएको त्यस आयोजनामा नविल बैङ्क लिमिटेडको नेतृत्वमा छ वटा…

उपत्यकाका ३ जिल्लामा दैनिक दुई घण्टा बिद्युत् खपत गर्दा ३ हजार मेगावाट विद्युत् आवश्यक पर्ने
आर्थिक परिवेश

 १४ असाेज, काठमाडौँ । उपत्यकाका तीन जिल्लामा दैनिक दुई घण्टा इन्डक्सन चुलोमा खाना पकाउदा तीन हजार मेगावाट विद्युत् आवश्यक पर्ने देखिएको छ । उपत्यकावासीले इन्डक्सन चुलोमा खाना पकाउँदा उक्त विद्युत् खपत हुने तथ्याड.क सार्वजिनक गरिएको हो । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका उपकार्यकारी निर्देशक नारायण अधिकारीले काठमाडौँमा आयोजित जलवायुसम्बन्धी सम्मेलनमा सो धारणा राख्नुभएको हो । विकास, आर्थिक मामिला तथा सुशासन समितिको संयुक्त राष्ट्रसङ्घीय जलवायुसम्बन्धी सम्मेलन (कोप ३१) को सम्बन्धमा आयोजित छलफलमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका गतिविधि प्रकाश पार्दै उहाँले आगामी तीन वर्षमा तराईका १५० स्थानीय तहका १० लाख घरधुरीमा स्वच्छ चुलो पुरयाउने लक्ष्य रहेको जानकारी दिनुभयो । हरित जलवायु कोष (जिसिएफ)को…

नेपाललाई एसियाको आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ का रूपमा अघि बढाउनुपर्छ :  परराष्ट्रमन्त्री खनाल
आर्थिक परिवेश

 ९ असोज,काठमाडौं ।   परराष्ट्रमन्त्री शिशिर खनालले एसियाको बढ्दो आर्थिक तथा रणनीतिक प्रभावका बीच नेपाललाई एसियाको आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ का रूपमा अघि बढाउनुपर्ने बताउनुभएको छ। एसिया सोसाइटीद्वारा न्युयोर्कमा आज आयोजित ‘स्टिरिङ नेपाल्स फ्युचर इन एसियाज राइजिङ सेन्चुरी’ अर्थात् ‘एसियाको उदाउँदो शताब्दीमा नेपालको भविष्यको मार्गदर्शन’ विषयक कार्यक्रममा सम्बोधन गर्दै उहाँले नेपालले भौगोलिक चुनौतीलाई राष्ट्रिय आकांक्षाको सीमाका रूपमा लिन नहुने बताउनुभयो । नेपाललाई परम्परागत रूपमा ‘सानो मुलुक’ का रूपमा हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिँदै उहाँले नेपाल रणनीतिक रूपमा महत्वपूर्ण स्थानमा रहेको बताउनुभएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ। “नेपाल सानो होइन। नेपाल रणनीतिक रूपमा सही स्थानमा छ,”मन्त्री खनालले भन्नुभयो, “हाम्रा छिमेकीको…

सिद्धबाबा सुरुङमार्गमा मङ्सिरदेखि सवारी सञ्चालन गर्ने गरी तयारी तिब्र
आर्थिक परिवेश

७ असोज, रूपन्देही ।   निर्माणाधीन सिद्धबाबा सुरुङमार्गमा आगामी मङ्सिरदेखि नै सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ । सिद्धबाबा सुरुङमार्ग योजना कार्यालय बुटवलले सुरुङमार्गको मुख्य संरचनासहित आवश्यक पूर्वाधार निर्माणलाई अन्तिम चरणमा पु¥याउने गरी कामलाई अगाडि बढाएको हो । सुरुङभित्रको सडक निर्माण र अन्य सिभिल संरचनाको काम सम्पन्न भएकाले आगामी मङ्सिरभित्रै सवारी सञ्चालनको तयारी गरिएको आयोजना प्रमुख प्रमुख नवराज बास्तोलाले बताउनुभयो । उहाँले भन्नुभयो, “बर्खा र भोटेकाशी बाढीका कारण निर्माण सामग्री आउन ढिलाइ भएकाले एक महिनापछि धकेलिएको छ । अब एकदुई दिनमै निर्माण सामग्री आएपछि टनेल भित्रको काम अगाडि बढाउँछाँै । उहाँले मङ्सिर १५ गतेभित्र सवारी सञ्चालन गर्छौं…

विपद् पछिको आवश्यकता मूल्याङ्कन पिडिएनए प्रतिवेदन तयारीका लागि सर्वेक्षण शुरु
आर्थिक परिवेश

०६ असाेज,काठमाडौँ ।    सरकारले भोटेकोशी नदिमा आएको बाढीका कारण पुगेको क्षतिको आंकलन गरी विपद् पछिको आवश्यकता मूल्याङ्कन पिडिएनए प्रतिवेदन तयारीका लागि अध्ययन अघि बढाएको छ । मन्त्रिपरिषदको भदौ १२ गतेको बैठकले अध्ययन गर्ने निर्णय गर्दै योजना राष्ट्रिय आयोगलाई जिम्मेवारी दिएको थियो । जिम्मेवारी पाएसँगै राष्ट्रिय योजना आयोगले आवश्यक कार्यविधि तयार पारी सर्वेक्षणको लागि ५ जिल्लामा कर्मचारी परिचालन गरेको छ । आयोगले ५ जिल्लाका १५ वटा पालिकामा प्राविधिक सहितका कर्मचारीहरूका ८३ टोली परिचालन गर्ने निर्णय गरे अनुसार सोमवार सम्ममा ५४ वटा सर्वेक्षण टोलीमा १ सय ६२ कर्मचारी परिचालन भई सर्वेक्षणको काम अघि बढेको जनाएको छ । आयोगले स्थानीय पालिकाहरूको सहयोगमा…