बाढीले रसुवामा ४१ किलोमिटर सडक ६ पक्की पुल र ८ वटा बेलिब्रिज बगायाे
आर्थिक परिवेश२० भदौ, काठमाण्डौ । भोटेकोशी बाढीले रसुवा जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुरयाएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाले यही भदौ १० गतेको बाढीले पुरयाएको क्षतिसम्बन्धी प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बाढीबाट २८ वटा सरकारी र सार्वजनिक भवन, आठ सामुदायिक र तीन निजी विद्यालय, १४ वटा बैंक तथा वित्तीय संस्था, एउटा पेट्रोल पम्प र एक हजार ५०० वटा निजी घरमा क्षति पुगेको जानकारी दिनु भयो । बाढीले जिल्लामा ४१ किलोमिटर सडक, छ वटा पक्की पुल, आठ वटा ‘बेलिब्रिज’ र १० वटा झोलुङ्गे पुल बगाएको छ । बाढीबाट भोटेकोशी र त्रिशूली…
दैवी प्रकोप कोषबाट १ अर्ब बाढी प्रभावित क्षेत्रमा पठाइने
आर्थिक परिवेश१६ भदौ,काठमाण्डौ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा पठाइने भएको छ। मंगलबार उक्त कोष सञ्चालन समितिको बैठक बसी एक अर्ब रुपैयाँ तत्काल परिचालन गर्ने निर्णय गरिएको हो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवम् कोष सञ्चालन समितिका संयोजक डा. गुणाकर भट्टले आज (मंगलबार) बसेको कोषको बैठकले एक ज्अञर्ब रूपैयाँ गृहसचिवको नेतृत्वमार्फत् परिचालन हुने गरी निकासा गरिएको जानकारी दिए। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २२ बमोजिम विपद् व्यवस्थापन कोषमा गृहसचिवले व्यवस्थापन गर्नेछन्। प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषको नाममा एभरेस्ट बैंकको खातामा रहेको मौज्दातबाट एक अर्ब रुपैयाँ कोषमा पठाइएको हो। अब उक्त…
सडकमा करिब ३० अर्बको क्षति भएको प्रारम्भिक अनुमान
आर्थिक परिवेश१६ भदौ,काठमाण्डौ । रसुवा बाढीका कारण मुलुकको सडक पूर्वाधार क्षेत्रमा करिब ३० अर्ब रुपैयाँ बराबरको क्षति पुगेको सडक विभागले प्रारम्भिक अनुमान गरेको छ । क्षतिग्रस्त सडक,पुल अन्य संरचनालाई थप सुरक्षित आधुनिक प्रविधिसहित पुनर्निर्माण गर्न करिब ५० अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने विभागको अनुमान छ । सडक विभागका महानिर्देशक विजय जैसीले प्रारम्भिक अध्ययनमा सडक पूर्वाधारमा करिब ३० अर्ब रुपैयाँको क्षति देखिएको बताउनु भयो । यसअघि विभागले करिब २० अर्ब रुपैयाँको क्षति अनुमान गरे पनि कृष्णभीर र त्रिशूली नदी क्षेत्रमा भएको क्षतिको थप विवरण आएपछि प्रारम्भिक क्षतिको अनुमान करिब ३० अर्ब रुपैयाँमा आउन सक्ने उहाँले बताउनु भयो । सडकको सम्पूर्ण क्षति पुनर्निर्माण…
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानले १३ करोड सहयाेग
आर्थिक परिवेश१६ भदौ,काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)मा आबद्ध ऊर्जा उद्यमीहरूले भोटेकोसी नदीमा आएको बाढी प्रभावितहरूको उद्धार, राहत र पुनःर्निर्माणको लागि १३ करोड एक रकम बराबरको चेक हस्तान्तरण गरेका छन्। इप्पानमा आबद्ध ऊर्जा उद्यमीहरूको तर्फबाट संस्थाका अध्यक्ष मोहनकुमार डाँगीले सिंहदरबारस्थित मन्त्रालयमा आज आयोजित एक कार्यक्रमबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई सो रकम बराबरको चेक हस्तान्तरण गरे। ऊर्जा उद्यमीहरूले आआफ्नो तर्फबाट पनि सो रकम हस्तान्तरण गरेका थिए। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनको कारणले जलविद्युत् परियोजना भौगोलिक तथा विपद्का समस्या भोग्नुपरेकाले आगामी दिनमा जलवायु परिवर्तनमैत्री संरचना निर्माणमा ध्यान दिनुपर्ने बताउनु भयाे । उहाँले विपद्मा परेको बेला राज्यलाई…
बाढीबाट प्रभावित नागरिकलाई सामान्य अवस्थामा फर्काउन पुनर्स्थापना र व्यवस्थापन समिति
आर्थिक परिवेश१६ भदौ, काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई सामान्य अवस्थामा फर्काउन २१ दिन भित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनका काम अघि बढाउने गरी कार्यदल गठन गरेको छ । कार्यदलले प्रभावित क्षेत्रका सडक, पुल, खानेपानी, पुनर्वास, झोलुङ्गे पुल, भग्नावशेष व्यवस्थापन, सञ्चार तथा स्वास्थ्य लगायतका क्षेत्रमा आवश्यक कामको पहिचान, समन्वय र कार्यान्वयनमा सहजीकरण गर्नेछ । साथै, सम्बन्धित सरोकारवाला निकाय तथा एजेन्सीलाई परिचालन गरी कामको नियमित अनुगमन र रिपोर्टिङ गर्नेछ । मन्त्रालयका अनुसार विपतबाट भएको क्षति तथा जोखिमको शीघ्र प्राविधिक एवम् वस्तुगत मूल्याङ्कन गर्ने जिम्मेवारी कार्यदललाई दिइएको छ । कार्यदलले तत्काल सञ्चालन गर्नुपर्ने आपत्कालीन पुनर्स्थापना तथा अत्यावश्यक…