काँकरभिट्टाबाट गत आर्थिक वर्ष २४ अर्ब रुपैया भन्दा बढीको कृषिजन्य वस्तु आयात
आर्थिक परिवेश

 ०७ भदाै,  झापा  ।  नेपालकाे  पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा  २४ अर्ब रुपैया भन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ । प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख नन्दकिशोर सिंहका अनुसार आव २०८२/८३ मा भारत, चीन, अष्ट्रेलिया र बङ्गलादेशबाट खाद्यान्न, दलहन, ताजा तरकारी तथा फलफूल गरी र २४ अर्ब २६ करोड ७४ लाखको कृषिउपज सामग्री नेपाल भित्रिएको हो । आयातीत कृषि वस्तुमध्ये सबैभन्दा ठूलो हिस्सा खाद्यान्न र दलहनको रहेको उहाँले बताउनुभयो । भारतबाट  २४ करोड २३ लाख १३ हजारको चामल र कोदो  १८ करोड ८३ लाखको आयात भएको छ । यस्तै, अष्ट्रेलिया र भारतबाट  १८ करोड २७ लाख ९९ हजारको एक…

साउनमा नेपालमा हुने ग्यासको आयात देब्बरले बढ्याे
आर्थिक परिवेश

०६ भदौ, काठमाण्डौ ।  चालु आर्थिक बर्षको पहिलो महिना साउनमा नेपालमा हुने ग्यासको आयात देब्बरले बढेको छ । गत बर्षको साउनको तुलनामा यस बर्षको साउनमा दोब्बरभन्दा बढी मूल्यको खाना पकाउने ग्यास (एलपीजी) आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार यस वर्षको साउन महिनामा ८ अर्ब ४६ करोड ९२ लाख २८ हजार रूपैयाँ बराबरको ५ करोड ७३ लाख ३४ हजार १०६ किलोग्राम खाना पकाउने ग्यास आयात भएको छ । २०८२ सालको साउन महिनामा भने ४ अर्ब ६६ करोड ६४ लाख ६७ हजार रुपैयाँ बराबरको ४ करोड ४३ लाख १८ हजार ८९३ किलोग्राम खाना पकाउने एलपीजी ग्यास आयात भएको थियो ।…

साउनमा निर्यातमा उल्लेख्य सुधार व्यापार घाटा बढ्याे
आर्थिक परिवेश

०६ भदौ, काठमाण्डौ ।   चालु आर्थिक वर्षको पहिलो महिनामै नेपालको वैदेशिक व्यापार अन्तरगतकाे निर्याततर्फ उल्लेख्य सुधार देखिएको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८३÷८४ को पहिलो महिनाको तथ्यांक अनुसार साउनमा निर्यात ६१.७२ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा नेपालले ३८ अर्ब ७० करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । गत आर्थिक वर्षको पहिलो महिनामा यस्तो निर्यात २३ अर्ब ९३ करोड रुपैयाँ थियो । यसरी एक वर्षमै निर्यात १४ अर्ब ७७ करोड रुपैयाँले बढेको हो । चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालले १ खर्ब ८७ अर्ब ४३ करोड रुपैयाँ बराबरको वस्तु आयात…

शनिवारबाट उपत्यकाका पाँच ठाँउबाट ग्यासकाे  बिक्री शुरु
आर्थिक परिवेश

३० साउन, काठमाडौं ।   नेपाल आयल निगमले  शनिबारदेखि उपत्यकाका विभिन्न पाँच स्थानबाट ग्यासकाे  बिक्री वितरण शुरु गरेकाे  छ । पछिल्लो समय उपभोक्ताले खाना पकाउने एलपी ग्यासको चरम अभाव खेपिरहेका कारण सहजता प्रदान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं र निगमको समन्वयमा ग्यास उद्योगी मार्फत ग्यास बिक्री वितरणकाे व्यवस्था मिलाएकाे  नेपाल अायल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनु भयाे । शनिवार अति आवश्यक परेका उपभोक्तालाई मात्र लक्षित गरी बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास बिक्री वितरण गर्न लागिएको हाे  । ग्यास खरिद गर्न चाहने उपभोक्ताले अनिवार्य रूपमा आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र साथमा लिएर जानु पर्नेछ । निगमले बजारमा ग्यास आयात…

व्यावसायिक प्रतिष्ठानलाई बढी ग्यास सिलिन्डर मौज्दात नराख्न आग्रह
आर्थिक परिवेश

२९ साउन,काठमाडौँ । नेपाल आयल निगमले होटल, रेष्टुरेन्ट, पार्टी प्यालेसलगायत व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी ग्यास सिलिन्डर मौज्दात नराख्न आग्रह गरेको छ । निगमले २०८३ साल असार ३१ गतेदेखि बजारमा १४.२ किलोग्रामको भरी सिलिन्डर बिक्रीवितरण भइरहेको जनाएको छ । साविकको तुलनामा करिब २० प्रतिशत बढी ग्यास आयात तथा बिक्री वितरण भइरहेको भए पनि सर्वसाधारण उपभोक्ताले बजारमा सहज रूपमा ग्यास नपाएको गुनासो आएको निगमले जनाएको छ। निगमको द्रुत प्रतिक्रिया डेस्कमा प्राप्त उजुरी तथा सूचनाका आधारमा गरिएको बजार अनुगमनका क्रममा केही होटल, रेष्टुरेन्ट, पार्टी प्यालेसलगायत व्यावसायिक प्रतिष्ठानमा आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात राखिएको पाइएको थियो । त्यसरी अनावश्यक रूपमा ग्यास सिलिन्डर मौज्दात…