२ आयोजनाका लागि एडीबीसंग नेपालले सहुलीयतपूर्ण ऋण लिने
आर्थिक परिवेश२२ असार, काठमाडौं । एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाको नेपाल भ्रमणको अवसरमा २५ अर्बको ऋण सम्झाैता भएको छ । एडीबीसँग नेपालले १६ करोड ५० लाख अमेरिकी डलर (२५ अर्ब रुपैयाँ बराबर) सहुलीयतपूर्ण ऋण लिने सम्झाैता भएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कान्दाको उपस्थितिमा दुई आयोजनामा लगानी गर्न सो रकम बराबरको सहुलीयतपूर्ण ऋण लिनेबारे सोमबार सम्झौता भएको हो । सम्झौतामा अर्थसचिव डा. घनश्याम उपाध्याय र एडीबीका नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले हस्ताक्षर गरे । नेपालले एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना र दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग तथा आपूर्ति व्यवस्थापन सुधार कार्यक्रम (सबप्रोगाम– २)…
राष्ट्रिय वाणिज्य बैङ्कबाट अनलाइन कर्जा आवेदन शुरू
आर्थिक परिवेश२० असार, काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको सुरुवात गरेको छ । बैङ्कले शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना अनुसार प्रभावकारी ग्राहक सेवालाई मध्यनजर गर्दै अनलाइन कर्जा आवेदन सेवा सुरुआत गरेको हो । राष्ट्रिय वाणिज्य बैङ्कका उप कार्यकारी अधिकृत तथा सूचना अधिकारी पवन रेग्मीले कर्जा प्राप्तिको प्रक्रिया, आवश्यक कागजात र आफ्नो आवेदनको अवस्था बारे ग्राहक वर्गमा रहने जिज्ञासा तथा अन्योललाई पूर्ण रूपमा सम्बोधन गर्न बैङ्कले डिजिटल माध्यमबाटै घरमै बसी कर्जा आवेदन दिन सकिने सुविधा सञ्चालनमा ल्याएको बताउनुभयो । “बैङ्कको यस प्रयासमार्फत कर्जा प्रक्रियालाई छिटोछरितो, झन्झटरहित र पारदर्शी बनाइनेछ,” उहाँले भन्नुभयो, “अनलाइन कर्जा आवेदनका लागि बैङ्कको आधिकारिक वेबसाइटमार्फत…
लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न अर्थमन्त्रीकाे निर्देशन
आर्थिक परिवेश१५ असार काठमाण्डाै । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । बोर्डका नवनियुक्त अध्यक्ष डा.गोपालप्रसाद भट्टलाई सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा उहाँले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । शपथपछि अर्थमन्त्री डा.वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न निर्देशन पनि दिनुभयो । कुनै पनि प्रकारका लोभ र प्रलोभनबाट टाढा रहेर काम गर्न पनि उहाँले अध्यक्ष भट्टलाई निर्देशन दिनुभयो । लगानीकर्ताको लगानीको सुरक्षा र बजारमा पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको लय समाउन नवनियुक्त अध्यक्षले विशेष ध्यान…
विदेशी मुद्रा विनिमयदर उतारचढाव युराे र पाउण्ड बढयाे
आर्थिक परिवेश१३ असार, काठमाणडाैं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुवेती दिनारसहित केही मुद्राको भाउ स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनासहित धेरैजसो विदेशी मुद्राको भाउ बढेको छ। विगत केही दिनदेखि लगातार घट्दै आएको अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनारको भाउ आज बढेको हो। आज अमेरिकी डलर १ को खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो। गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा…
मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव
आर्थिक परिवेश११ असार,काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव दिएको छ । चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बिहीबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरी बैंकिङ तथा वित्तीय क्षेत्रमा देखिएका समस्याको समाधान गर्दै व्यवसायीलाई सहज वातावरण सिर्जना गर्ने गरी मौद्रिक नीति ल्याउन आग्रह गरेको हो । प्रतिनिधिमण्डलले विशेषगरी ७ प्रतिशत को आर्थिक बृद्धिदर हासिल गर्नको लागि २० प्रतिशत भन्दा बढी कर्जा प्रवाह गर्ने गरी नीति ल्याउन आग्रह गरेको छ । मुलुकको अर्थतन्त्र विगत पाँच वर्षदेखि निरन्तर सुस्त अवस्थामा रहेको, उद्योग, व्यापार, निर्माण, पर्यटन…