शनिवार पनि बैक खुल्ला हुने
आर्थिक परिवेश

२२ असार, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलार्ई असार २३ र ३० गते शनिबारका दिन सेवा बन्द नगर्न परिपत्र गरेको छ । चालु आर्थिक वर्ष सकिने बेलामा राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार पनि सेवा उपलब्ध गराउन राष्ट्र बैंकले परिपत्र गरेको हो । असार २३ र ३० गते बिदाका दिनसमेत राति ८ बजेसम्म र असार ३१ गते बेलुका ७ बजेसम्म राजस्व कारोबार गर्ने सम्पूर्ण बैंक, चेक क्लियरिङ एवम् विद्युतीय ट्रान्सफरको फन्ड सेटलमेन्ट गर्ने अन्य बैंक तथा वित्तीय संस्था साथै नेपाल क्लियरिङ हाउस खुला राखी राजस्व बुझ्ने व्यवस्था गर्नु पर्नेछ…

बिहिवार १० अर्ब रूपैयाको विकास ऋणपत्र जारी हुने
आर्थिक परिवेश

२० असार, काठमाडौँ ।   नेपाल राष्ट्र बैंकले यही असार २१ गते  बिहिवार १० अर्ब रूपैयाको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले आन्तरिक ऋण उठाउने उपकरणका रुपमा विकास ऋणपत्र प्रयोग गर्दै आएको छ । सरकारको तर्फबाट राष्ट्र बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र २०८६ ‘च’ निष्काशन गर्न लागेको हो । छ वर्षे अवधिको यो विकास ऋणपत्र बैङ्क तथा वित्तीय संस्था, गैर–बैङ्क वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकले समेत खरिद गर्न सक्नेछन् । यो ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ भने ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । यो ऋणपत्र धितो राखी कर्जासमेत लिन पाइनेछ ।…

सिटिजन्स बैंक इन्टरनेसनलका थप पाँच शाखाहरू विस्तार
आर्थिक परिवेश

१९ असार, काठमाडाैं ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना थप पाँच स्थानहरूमा शाखाहरू विस्तार गरेको छ। बैंकले कोशी प्रदेशको संखुवासभा खाँदबारी, गण्डकी प्रदेशको तनहुँ दमौली, लुम्बिनी प्रदेशको बर्दिया गुलरिया, कर्णाली प्रदेशको सल्यान श्रीनगर र सुदूरपश्चिम प्रदेशको बैतडी पाटनमा ‎एकसाथ नयाँ शाखा सञ्चालनमा ल्याएको छ। यो सँगै बैंकको १८८ वटा शाखाहरु सञ्चालनमा आएका छन्। प्रदेशगत रुपमा बैंकको कोशी प्रदेशमा २७, मधेश प्रदेशमा २९, बागमती प्रदेशमा ५०, गण्डकी प्रदेशमा १३, लुम्बिनी प्रदेशमा ५१, कर्णाली प्रदेशमा १० र सुदूरपश्चिम प्रदेशमा ८ शाखा पुगेका छन्। सुविधा सम्पन्न यस शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा प्रदान गर्नुका साथै साना…

सुनमा लक्जरी कर लगाइएको छैनः अर्थमन्त्री डा. महत
आर्थिक परिवेश

१६ असार, पोखरा ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले मध्यम खालका उद्योगलाई संरक्षण गर्न  बजेटमा  व्यवस्था गरेकाे बताउनु भएकाे छ । पोखरा उद्योग वाणिज्य सङ्घ र लेखनाथ उद्योग वाणिज्य सङ्घसँगको शनिबार भएको भेटघाट कार्यक्रममा मन्त्री डा. महतले भन्नुभयो, ‘मध्यमखालको उद्योगले नै धेरै रोजगारी सिर्जना गनेर्उ भएकाेले त्यसता उद्योगलाई संरक्षण गर्न नयाँ  बजेटमा  व्यवस्था गरेकाे बताउनु भयाे । मध्यम खालका उद्योगलाई  कम्तीमा एक तहको संरक्षण दिने सरकारको नीति छ, जसले गर्दा देशभर तथा पोखरामा साना र मझौला उद्योग वृद्धि हुने अर्थमन्त्री डा. महतको भनाइ थियो । उहाँले भन्नुभयो, ‘पर्यटन व्यवसायले लय पक्रन थालेको छ । उद्योग वाणिज्य क्षेत्रका साथीहरुले सकरात्मक सोचका साथ…

खाद्य तथा अन्य बालीको उत्पादन पाँच दशमलव सात प्रतिशतले बढेको छ : नेपाल राष्ट्र बैंक
आर्थिक परिवेश

१३ असार, काठमाडाैं ।  चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली र तरकारी एवं फलफूल तथा मसला) को उत्पादन चार दशमलव तीन प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि पुससम्मको तथ्याङ्कमा आधारित अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन मङ्गलबार सार्वजनिक गर्दै त्यस्ता बालीले ढाकेको भूक्षेत्र भने दुई दशमलव एक प्रतिशतले घटेको जनाएकाे छ । खाद्य तथा अन्य बालीको उत्पादन मात्र पाँच दशमलव सात प्रतिशतले बढेको छ भने तरकारी तथा बागवानीको उत्पादन साढे चार प्रतिशतले बढेको छ । प्रतिवेदनले  फलफूल र मसलाको उत्पादनमा भने क्रमशः पाँच दशमलव दुई प्रतिशत र आठ…