एसियाली बीमा सम्मेलन काठमाडौंमा सम्पन्न
आर्थिक परिवेश

२७ जेठ, काठमाडौं । नेपाल बीमा प्राधिकरणले आयोजना गरेकाे  एसियाली बीमा सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । सम्मेलन समापन समारोहलाई सम्बोधन गर्नुहुँदै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सम्मेलनबाट विभिन्न देशका बीमा क्षेत्रका नियामक निकाय, बीमक, पुनर्बीमक, बीमा मध्यस्थकर्ता र बीमा क्षेत्रका विज्ञहरू एउटै छातामुनी रहेर बीमा क्षेत्रका नयाँ नयाँ जोखिम र जोखिम न्यूनीकरणका विषयमा छलफल एवम् अन्तरक्रिया तथा आपसी अनुभव आदानप्रदान गर्ने अवसर प्राप्त भएको बताउनुभयो । अध्यक्ष सिलवालले जलवायु परिवर्तनका कारण चुनौतीहरू मात्र आउने नभई यसबाट बीमा क्षेत्रमा अवसरहरू समेत सिर्जना हुने भएकाले अवसरबाट लाभ लिनका लागि सम्वद्ध सबैले सामूहिकरूपमा कार्य गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । अध्यक्ष सिलवालले जोखिम…

सुनकाे मूल्य तोलामा एक हजार रुपैयाँले घट्याे
आर्थिक परिवेश

 २५ जेठ,काठमाडौं।  नेपाली बजारमा बिहिवार सुनको मूल्य फेरि घटेको छ। अघिल्लो दिन बुधबारको भन्दा बिहीबार तोलामा एक हजार रुपैयाँले घटेको हो। बिहीबार सुनको बजार मूल्य प्रतितोला एक लाख ११ हजार ७ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला एक लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ। बिहीबार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँ छ। बुधबार चाँदी प्रतितोला १४ सय २० रुपैयाँ थियो।   अन्तर्राष्ट्रिय बजारमा पनि बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। बुधबार प्रतिऔंस १९५८.५२ अमेरिकी डलर रहेको सुन…

नबिल बैंक लिमिटेडकाे दिगो घर कर्जा योजना सार्वजनिक
आर्थिक परिवेश

२१ जेठ काठमाडौं। नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ। विश्ववातावरण दिवस जुन ५ तारिखको पूर्वसन्ध्यामा दिगो घरकर्जा योजनाको स्किमअघि सारेकाे बैकले जनाएकाे छ । आइतबार केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच नबिल बैककाे सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले उक्त कर्जा योजनाको अनावरण गरेर अघि बढाइएको  हो। उहाँले नबिल बैंकले दिगो बैंकिङको अवधारणामा काम गर्दैआएकोर यस कर्जाले दिगो विकासमा सर्वसाधारणको पहुँच पुर्याउने बताउनुभयो। उक्त समारोहमा बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले नबिल बैकले दिगो बैंकिङ क्षेत्रमा गरेका विभिन्न कार्यहरूको बारेमा प्रकाश पार्नु भयो। साथै बैकका वरिष्ठ नायबकार्यकारी अधिकृत सुजितकुमार शाक्यले नबिल दिगो घरकर्जा एउटा शुरुवाती प्रयास…

नबिल बैंक लिमिटेडका ३८ नयाँ शाखा एक साथ सञ्चालनमा
आर्थिक परिवेश

१८ जेठ, काठमाडौं । नबिल बैंक लिमिटेडले एक साथ ३८ नयाँ शाखा सञ्चालनमा ल्याएको छ। स्थापनाको ३८ वर्ष पार गरेको बैंकले बिहीबार केन्द्रीय स्तरमा एक विशेष कार्यक्रम गरी देशै भरका ३८ नयाँ शाखाको उद्‍घाटन गरिएको हो। ‘नबिल बैंक अब तपाईसँग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा एकैसाथ ३८ नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ। ३८ नयाँ शाखामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्‍चालनमा ल्याइएको छ। त्यस्तै कोशी प्रदेशमा एक, मधेश प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा एक र सुदूरपश्‍चिम प्रदेशमा दुई वटा नयाँ शाखा…

व्यवसायिक अधिकार स्थापित गर्न सरकार प्रतिवद्ध छः प्रधानमन्त्री दाहाल
आर्थिक परिवेश

०८जेठ,काठमाडौं ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ब्यवसायीक अधिकार स्थपित गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । नेपाल सुनचाँदी ब्यवासयी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलसँग भेटका क्रममा प्रधानमन्त्री दाहालले निर्वाधरुपमा पेशा ब्यवसाय गर्न आग्रह गर्दै ब्यवसाय सञ्चालनका क्रममा कुनै समस्या उत्पन्न भएमा त्यसलाई समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो । भेटका क्रममा महासंघका अध्यक्ष माणिकरत्न शाक्यले माग अनुसार कच्चा सुनको आपूर्ति नहुँदा ब्यवसाय सञ्चालनमा कठीनाई भएको बताउनुभयो । उहाँले ब्यवसाय सञ्चालनकालागि आवश्यक पर्ने नीति नियम निर्माणगरी बजारको माग अनुसार सुनको आपूर्ति ब्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यसक्रममा महासंघको तर्फवाट निवर्तमान अध्यक्ष मोहन कुमार सुनार, विशिष्ट सदस्य मणिरत्न…