सत्ता समीकरणकाे सहमती पछि शेयर बजार प्रभावित परिसूचक २१ सयमा
आर्थिक परिवेश

१८ असार, काठमाडौं ।  एकाएक दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता समीकरण बन्ने निश्चित भएपछि यसको असर नेपाली शेयर बजारमा देखिएकाे छ । गएराति दुई दलबीच सत्ता बाँडफाँटमा मोटामोटी सहमति भएपछि मंगलबार बजार खुलेको २ मिनेट नपुग्दै ४ प्रतिशत बढ्यो, पहिलो ‘सर्किट ब्रेक’ लाग्यो र कारोबार २० मिनेट स्थगित भयो । दोस्रो पटक खुलेपछि ५ प्रतिशत बजार बढ्यो, दोस्रो सर्किट ब्रेक लाग्यो । तर, त्यसपछि मध्याह्न १२ः०१ बजे खुलेको बजारमा भने केही बिक्री चाप देखियो । दुई ठूला राजनीतिक दल मिल्दा सेयर बजारमा उत्साह त थियो नै, तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा नदिने भएपछि…

नेप्से परिसूचक १६ दशमलव २९ अङ्कले उकालो लागेर दुई हजार ५३ पुग्याे
आर्थिक परिवेश

१७ असार, काठमाडौँ ।  नेपाली  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमवार  दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव २९ अङ्कले उकालो लागेर दुई हजार ५३ दशमलव ३८ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शुन्य एक अङ्कले उकालो लागेर तीन सय ६१ दशमलव ७७ मा पुगेको छ । कूल ७१ लाख ६५ हजार सात सय ३५ कित्ता शेयर रु दुई अब ९९ करोड ९९ लाख ६५ हजार २१ मूल्यमा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार हिमालयन ऊर्जा विकास कम्पनी नौ दशमलव ७४, दोर्दी खोला…

आइतवार नेपाल स्टक एक्सचेञ्जकाे  परिसूचक नेप्से  दाेहोरो अङ्कले घट्याे
आर्थिक परिवेश

१६ असार, काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतवार नेपाल स्टक एक्सचेञ्जकाे  परिसूचक नेप्से  दाेहोरो अङ्कले घटेको छ । यस दिन  नेप्से परिसूचक १४ दशमलव ८३ अङ्कले घटेर दुई हजार ३७ दशमलव ०९ को विन्दुमा कायम भएको छ । आइतवार विभिन्न तीन सय २० कम्पनीको ९१ लाख ७८ हजार आठ सय ९५ कित्ता शेयर ५० हजार नौ सय ५२ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ६० करोड ७१ लाख ९८ हजार चार सय सात बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आइतवारको कारोबारमा वित्त समूह शून्य दशमलव ३४ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ०३ प्रतिशतले बढेको छभने अरू…

शेयर बजारकाे परिसूचकमा १८ दशमलव ७६ अङ्कको गिरावट
आर्थिक परिवेश

०४ असार,काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा १८ दशमलव ७६ अङ्कको गिरावट देखिएको छ । म‌गलवार नेप्से परिसूचक शून्य दशमलव ८९ प्रतिशतले घटेर दुई हजार ७६ दशमलव ४९ को बिन्दुमा कायम भएको हो । परिसूचक सँगै कारोबार रकम पनि खुम्चिएको छ । आज तीन सय १८ कम्पनीका ९५ लाख ४४ हजार सात सय ३४ कित्ता शेयर ५८ हजार एक सय १९ पटक खरिदबिक्री हुँदा रु चार अर्ब पाँच करोड ५७ लाख ३७ हजार आठ सय ८४ बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक रातो देखिएको छ । बैङ्किङ एक दशमलव १६, विकास बैङ्क शून्य दशमलव ८७,…

आइतवार नेप्से परिसूचक १७ दशमलव ०४ अङ्कले घट्याे
आर्थिक परिवेश

०२ असार, काठमाडौँ ।   यो सातामा कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ०४ अङ्कले घटेर दुई हजार ९५ दशमलव २५ को विन्दुमा कायम भएको छ । आज तीन सय १७ कम्पनीको एक करोड ३२ लाख २३ हजार आठ सय ८४ कित्ता शेयर ७१ हजार नौ सय ९७ पटक खरिदबिक्री हुँदा  पाँच अर्ब ४७ करोड २२ लाख ५३ हजार पाँच सय ५१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । होटल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव ०४ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै लघुवित्त समूह एक दशमलव ७१ र अन्य…