सङ्घीय समपूरक तथा विशेष अनुदानअन्तर्गत आयोजना र कार्यक्रमका लागि प्रस्ताव माग
आर्थिक परिवेश

०९ पुष, काठमाडौँ ।  आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट निर्माण प्रक्रिया सुरु भएको छ । राष्ट्रिय योजना आयोगले प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै आगामी आवका लागि सङ्घीय समपूरक तथा विशेष अनुदानअन्तर्गत सञ्चालन गरिने आयोजना र कार्यक्रमका लागि प्रस्ताव माग गरेको हो । प्रदेश र स्थानीय तहलाई यस्तो अनुदान शीर्षकअन्तर्गत कार्यान्वयन हुने योजना तथा कार्यक्रमको प्रस्ताव आगामी माघ मसान्तभित्र पेस गरिसक्न भनिएको छ । राष्ट्रिय योजना आयोगका सहप्रवक्ता डा दिवाकर लुइँटेलका अनुसार सङ्घीय सरकारले प्रदेश र स्थानीय तहको मागका आधारमा वित्तीय हस्तान्तरणको उपकरणका रुपमा समपूरक र विशेष अनुदान उपलब्ध गराउँछ । आवश्यक प्रक्रिया र मापदण्ड पूरा गरेका योजना…

स्वाधीन, समुन्नत एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्न उद्योगी व्यवसायीलाई राष्ट्रपति पौडेलकाे आग्रह
आर्थिक परिवेश

०७ पुष,विराटनगर ।   राष्ट्रपति रामचन्द्र पौडेलले स्वाधीन, समुन्नत एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुभएको छ । नेपाल उद्योग परिसङ्घ कोसी प्रदेशले विराटनगरमा शनिवार आयोजना गरेको उद्योगीहरूको भेला तथा प्रजातन्त्र सेनानी सम्मान समारोहको उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले समाजवाद उन्मुख अर्थव्यवस्थाको आधार निर्माण गर्न उद्योगी व्यवसायीको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो । कोभिड–१९ महामारीबाट शिथिल भएको अर्थतन्त्रलाई उन्नत बनाउन सरकारले गरेका प्रयासले केही सकारात्मक प्रभाव पारेको बताउँदै राष्ट्रपति पौडेलले भन्नुभयो, “अपेक्षाअनुसार देशको अर्थतन्त्र सबल भएको छैन, रोजगारी सृजनालगायत आन्तरिक उत्पादन बढ्न नसकेको  छैन भने राजस्वका लक्ष्यप्राप्त गर्न कठिनाइ भएको छ । उद्योगधन्दा पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । उद्योग कलकारखाना सञ्चालनमा हाम्रो…

पूर्व–पश्चिम मध्यपहाडी लोकमार्गको वैकल्पिक बेनी जलजला–ढोरपाटन सडकको स्तरोन्नति हुँदै
आर्थिक परिवेश

०७ पुष, म्याग्दी।   पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्य पहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन सडकको मार्ग खोल्न र स्तरोन्नति गर्ने आयोजना सञ्चालन भएको छ । सङ्घीय सरकारमार्फत मार्ग खोल्ने र प्रदेश सरकारले स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेका हुन् । बेनीदेखि दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वी रुकुमको टकसेरा जोड्ने सडक निर्माण भएपछि मध्य पहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ७० किलोमिटर दूरी छोटिने म्याग्दीको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । “बेनीदेखि मुना हुँदै खोरियासम्म ५० किलोमिटर सडकको स्तरोन्नति प्रदेश सरकारमार्फत र खोरियादेखि ढोरपाटनसम्म मार्ग खोल्ने काम सङ्घीय सरकारले सँगै अघि बढाएको छ,” उहाँले भन्नुभयो । “धवलागिरि गाउँपालिका–२ खोरियामा तीन वर्षअघि पुगेको सडकलाई जलजलासँग जोड्न १९…

मुलुककाे आर्थिक समृद्धिका लागि डिजिटल रूपान्तरण जरुरी छ : रेखा शर्मा
आर्थिक परिवेश

०६ पुष,काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आर्थिक समृद्धिका लागि डिजिटल रूपान्तरण जरुरी रहेको बताउनुभएको छ । ‘डिजिटल इकोसिस्टम’ निर्माणका लागि सरकार नीतिगत, कानुनी र संरचनागत व्यवस्था गर्नतिर लागेको उहाँले जानकारी दिनुभयो । ‘लिभिङ विथ आइसिटी’ ले आज आयोजना गरेको ‘आइसिटी अवार्ड’ को आठौँ संस्करणलाई सम्बोधन गर्दै सरकारका प्रवक्ता शर्माले सूचना तथा सञ्चार प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकताको रूपमा सरकारले लिएको स्पष्ट गर्नुभयो । जनताका दैनिक आधारभूत आवश्यकतालाई सहज र सरल बनाउनेदेखि संसारसँग प्रतिस्पर्धा गरेर डिजिटल अर्थतन्त्रको विकासका लागि सूचना प्रविधि महत्त्वपूर्ण आधार हो भन्नेमा सरकार स्पष्ट रहेको  छ । उल्लेख गर्दै मन्त्री शर्माले भन्नुभयो, “हामीले अन्य…

त्रिभुवन विश्वविद्यालयमा गुणात्मक सुधारको लागि इच्छाशक्ति र सङ्कल्प जरुरी छ : प्रधानमन्त्री
आर्थिक परिवेश

०२ पुष, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्काइसौँ शताब्दीको भूमण्डलीकृत विश्व बजारका चुनौती सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालयमा गुणात्मक सुधारको इच्छाशक्ति र सङ्कल्प जरुरी भएको बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयको आज भएको ४९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं कुलपति दाहालले ‘भूमण्डलीकृत विश्वको दबाब तत्कालका निम्ति हाम्रा लागि काबु बाहिर देखिएकाले विश्व बजारका निम्ति प्रतिस्पर्धी जनशक्ति उत्पादनमा हामी कहाँ चुक्यौँ त्याे लेखा जाेखा हुनु पर्छ प्रधानमन्त्रीले भन्रु भयाे । विगतमा विश्वविद्यालयले आर्जन गरेको बलियो जनविश्वास र भरोसा किन कमजोर हुँदै गयो भन्ने प्रश्नमा समीक्षा आवश्यक भएको उहाँले  बताउनुभयो । “विश्वविद्यालयमा क्रियाशील प्राज्ञहरूको भूमिका किन ओजपूर्ण हुन सकिरहेको छैन ? विश्वविद्यालयहरूमा…