वैदेशिक सहायता प्राप्तिमा उल्लेख्य वृद्धि : अर्थ मन्त्रालय
आर्थिक परिवेश०७ पुष, काठमाडौं । नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायतामा उल्लेख्य परिमाणमा वृद्धि भएको छ । चालू आर्थिक वर्ष २०८१/८२ को पुष पहिलो हप्तासम्ममा २ खर्ब २ अर्ब ४० करोड रुपैयाँ बराबरको वैदेशिक सहायताको नयाँ प्रतिवद्धता प्राप्त भएको हो । गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा प्राप्त प्रतिवद्धता ५९ अर्ब ९८ करोड रुपैयाँको तुलनामा चालु आर्थिक वर्षमा प्राप्त प्रतिवद्धता २३७.५ प्रतिशतले बढेको अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिनुभयो । प्रवक्ता भट्टराई अनुसार यस अवधिमा वैदेशिक अनुदानको प्रतिवद्धता १५३.१ प्रतिशतले र वैदेशिक ऋणको प्रतिवद्धता २८०.६ प्रतिशतले बढेको छ । त्यसैगरी चालू आर्थिक वर्षको हालसम्मको अवधिमा प्राप्त वैदेशिक…
क्षेत्रीय सहकार्यलाई बलियो बनाउन दुवै देशले समान रूपले योगदान दिनुपर्छ : विज्ञहरु
आर्थिक परिवेश०५ पुष नयाँदिल्ली (भारत) । दिगो विकासका लक्ष्य हासिल गर्न जलविद्युत्, पर्यटन, सूचना प्रविधिका क्षेत्रमा सहकार्य थप बलियो बनाउन नयाँ पहलको आवश्यकता औँल्याइएको छ । आजदेखि यहाँ सुरु नेपाल–भारत आर्थिक सम्मेलनमा वक्ताहरूले दक्षिण एसियाली क्षेत्रीय सहकार्यलाई थप सक्रिय तुल्याउँदै द्विपक्षीय साझेदारीलाई व्यवहारमा लागू गर्न ठोस कदम चाल्नुपर्नेमा जोड दिनुभएको हो । सम्मेलनको ‘क्षेत्रीय सहकार्य’ विषयक सत्रका वक्ताले दक्षिण एसियाली सहकार्य, लगानी, व्यापार, र पूर्वाधार विकासका अवसर तथा चुनौतीका विषयमा महत्वपूर्ण धारणा राख्नुभयो । भारतका लागि नेपालका पूर्वराजदूत डा लोकराज बरालले दक्षिण एसियाली क्षेत्रीय सहकार्यमा कमी आएको र क्षेत्रीय सङ्गठन कमजोर बनेको धारणा व्यक्त गर्नुभयो । “सार्कले कुनै ठोस उपलब्धी…
महासंघ र काेइमा बीच नेपाली उत्पादनको बजार र लगानी विस्तार गर्न समझदारी
आर्थिक परिवेश०४ पुष काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवद्र्धन एवं लगानी विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । विहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकाल र कोइमा अध्यक्ष वुवागं कुवान किमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । कोइमा दक्षिण कोरियामा औद्योगिक कच्चा पदार्थ र विशेषगरि त्यहाँ उत्पादन नहुने सामान आयात गरि औद्योगिक वातावरण प्रवद्र्धन र सर्वसाधारणलाई सुलभ रुपमा सामान उपलब्ध गराउन स्थापना भएको संस्था हो । आयातलाई नै केन्द्रित गरि स्थापना भएको संस्थासंगको सहकार्यबाट नेपाली उत्पादन कोरियामा विस्तार गर्न सहज हुने महासंघको विश्वास…
निजी पूँजीको बिस्तार र परिचालनलाई प्रोत्साहन गर्न एसिया र प्रशान्त क्षेत्रका देशबीच सहकार्य अवश्यक : अर्थमन्त्री
आर्थिक परिवेश०४ पुष, काठमाडाैं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी र विदेशी निजी लगानीलाई वृद्धि गर्न आवश्यक रहेको बताउनु भएको छ । थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको समापनमा अध्यक्षका हैसियतले बोल्नुहुँदै अर्थमन्त्री पौडेलले एसिया र प्रशान्त क्षेत्रमा सार्वजनिक पूँजीले मात्र वित्तीय आवश्यकता पूरा गर्न नसक्ने भएकाले निजी पूँजीको बिस्तार र परिचालनलाई प्रोत्साहन गर्नुपर्ने बताउनु भएको हो । सहुलियतपूर्ण वित्तीय स्रोत परिचालनको माध्यमबाट निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै अर्थमन्त्री पौडेलले विकासका लागि निजी पुँजी परिचालन आवश्यक भएको धारणा व्यक्त गर्नु भएको हो । त्यसका लागि एसिया र प्रशान्त क्षेत्रका…
दिगो विकास लक्ष्यहरु प्राप्तिमा नेपालले उल्लेखनीय प्रगति गरेको छ : अर्थमन्त्री पौडेल
आर्थिक परिवेश०२ पुष काठमाडाै । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास लक्ष्यहरु प्राप्तिका लागि तयार पारिएका कार्ययोजना कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको गरेको बताउनु भएको छ। थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले त्यसताे कुरा बताउनु भएकाे हाे । उहाँले सीमित स्रोतहरू हुँदाहुँदै पनि सामूहिक प्रयासका कारण विश्वव्यापी रुपमा नै दिगो विकास लक्ष्य प्राप्तिका लागि अदिस अबाबा एजेन्डा कार्यान्वयनमा महत्वपूर्ण प्रगति भएको बताउनु भयाे । अल्पविकसित र विकासोन्मुख देशहरूमा वित्तीय अन्तर विकास गतिको निरन्तरताका लागि महत्वपूर्ण मुद्दा भएको धारणा व्यक्त गर्दै अर्थमन्त्री पौडेलले बजेट योजना, स्रोत…