गण्डकी प्रदेशमा मन्त्रीपरिषद विस्तार एमालेबाट ४ मन्त्रीहरू नियुक्त
आर्थिक परिवेश१७ भदाै पाेखरा । गण्डकी प्रदेशका नवनियुक्त ४ मन्त्रीहरूले आज सपथ ग्रहण गर्नुभएको छ । नेकपा एमालेका तर्फबाट नियुक्त ४ मन्त्रीहरूलाई एक समारोहबिच गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सपथ ग्रहण गराउनुभएको हो । कास्कीका प्रकाश केसी, नवलपुरकी पद्मा जिसी (श्रेष्ठ), बागलुङका कृष्ण पाठक र पर्वतका मित्रलाल बस्याल मन्त्रीमा नियुक्त भएसँगै आज उहाँहरूले सपथ ग्रहण गर्नुभएको हो । पद्मालाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, केसीलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पाठकलाई स्वास्थ्य मन्त्रालय र बस्याललाई भने उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमालेका ४ जना मन्त्री आजै नियुक्त गर्नुभएको हो । यसअघि भौतिक…
राजस्व चुहावट नियन्त्रणसम्बन्धी दुई वटा द्रुत गस्ती निरीक्षण टोली गठन
आर्थिक परिवेश१६ भदाै, काठमाडौँ । अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रणसम्बन्धी दुई वटा द्रुत गस्ती निरीक्षण टोली गठन गरेको छ । पहिलो टोली चितवनबाट पूर्व मेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्मको क्षेत्रमा परिचालन हुने मन्त्रालयले जनाएको छ । एउटा टोलीको नेतृत्व आन्तरिक राजस्व विभागका उप–महानिर्देशक र अर्को टोलीको नेतृत्व भन्सार विभागका उप–महानिर्देशकले गर्नुहुनेछ । अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार टोलीले कानुनअनुसार कर अधिकृत र भन्सार अधिकृतलाई प्राप्त अधिकार प्रयोग गर्नेछ । यसैगरी, आवश्यकताअनुसार चुहावट नियन्त्रण गर्ने निकायसँग समन्वय गर्ने, सहयोग लिने, आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालयको सहयोग लिनेछ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको एक सय दिनको कार्य योजनामा राजस्व…
मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार थप हस्तक्षेप गर्न तयार : अर्थमन्त्री पौडेल
आर्थिक परिवेश१६ भदाै, काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार थप हस्तक्षेप गर्न तयार रहेको बताउनुभएको छ । आज काठमाण्डौमा आयोजित नेपाल आर्थिक पत्रकार समाज सेजनको २६औँ वार्षिक साधारणसभामा अर्थमन्त्री पौडेलले सरकार नीतिगत तथा कार्यगत हस्तक्षेपबाटै अर्थतन्त्र सुधारको बाटोमा गएको र थप सुधारका लागि विभिन्न क्षेत्रबाट सुझाव लिएर अघि बढ्न सरकार तयार रहेको बताउनुभएको हो । “आर्थिक र वित्तीय सूचकहरु सकारात्मक बन्दै गएपनि आम लगानीकर्ता र उपभोक्ताको मनोबल बढ्न सकेको छैन । बजारमा माग बढ्न नसकेको गुनासो छ । अर्थतन्त्र दबाबमै छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो, “केही समय अघि निकै खराब अवस्थामा पुगेको मुलुकको अर्थतन्त्र सरकारको हस्तक्षेपबाटै…
बुटवललाई आर्थिक राजधानी बनाउन सबै एकजुट भएर लाग्नु पर्छ : अर्थमन्त्री पौडेल
आर्थिक परिवेश१५ भदौ, काठमाडौ । उपप्रधानमन्त्री एवं ले बुटवललाई आर्थिक राजधानी बनाउने विषयमा यहाँका जनप्रतिनिधि, नागरिक समाज, स्थानीय सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको सेवा सुधार तथा विस्तारका बारेमा शनिवार अस्पताल विकास समिति, अस्पताल प्रशासन तथा विभागीय प्रमुखसँगको छलफलमा अर्थमन्त्री पौडेलले बुटवललाई आर्थिक राजधानी बनाउन सरकारले पहल गर्ने बताउनु भयो । त्यस कार्यमा समाजका सबै पक्षकोे साथ र सहयोग हुनुपर्नेमा अर्थमन्त्रीले जोड दिनुभयो । बुटवलको विकास भनेको प्रादेशिक अस्पताल र यसले दिने गुणस्तरीय सेवासँग पनि जोडिने भएकाले सोहीअनुसार लाग्न सबैलाई आग्रह गर्नुभयो । अर्थमन्त्री पौडेलले बुटवलको विकास र समृद्धिका लागि सबै एकजुट भएर कार्यसम्पदान गर्नुपर्नेमा जोड दिनुभयो…
लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणको शिलान्यास ६ अर्ब १८ करोड रुपैयाँ लागत
आर्थिक परिवेश१५ भदौ, बुटवल । बुटवलकाे मुख्य केन्द्रमा १२०० शैय्याको लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माणको शिलान्यास भएको छ । लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना साे अस्पताल भवन प्रदेश सरकारको ६ अर्ब १८ करोड रुपैयाँ लागतमा बन्न लागेको पहिलो ठूलो पूर्वाधार हो । मुख्य भवन १० तलाको हुने अस्पताल प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास प्राधिकरणले तयार गरेको गुरुयोजना अनुसार निर्माण हुन लागेकाे हाे । अस्पताल भवनको नेपाल सरकारका उप प्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिवार निर्माण कार्यकाे शिलान्यास गर्नु भयाे । निर्माण हुने भवनमा पाँच तलाको क्यान्सर उपचारको छुट्टै भवन हुनेछ । १० तलाको भवनमा दुई तला अन्डरग्राउन्ड पार्किङ हुनेछ भने पाँच तलाको…