संयुक्त सरकारकाे न्यूनतम साझा कार्यक्रम सार्वजनिक
आर्थिक परिवेश०६ चैत्र, काठमाडाै । सत्तारूढ पाँच दलले संयुक्त सरकारकाे न्यूनतम साझा कार्यक्रम मंगलवार सार्वजनिक गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले अब हामीले व्यवहारमा जनतालाई डेलिभरी दिने किसिमले कति जिम्मेवारीपूर्वक अगाडि बढ्छौँ भन्ने कुराले यो साझा सङ्कल्प र समीकरणको औचित्यलाई पुष्टि गर्ने बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नयाँ समीकरण जनतामा विकास र समृद्धिको आकाङ्क्षाका साथै सुशासनका आकाङ्क्षालाई तीव्रताका साथ सम्बोधन गर्न बनेको बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले अहिलेको नयाँ समीकरणले पनि डेलीभरी दिन नसके देश अप्ठ्यारो स्थितिमा पर्ने भएकाले जनतामा आशा र भरोसा जगाउने गरी लिएको सङ्कल्पको कार्यान्वयनमा लाग्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले कामद्वारा…
सुन तस्करीमा आराेपित कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौँ लगियाे
आर्थिक परिवेश०५ चैत्र, काठमाडौं । सुन तस्करी प्रकरणमा साेमवार बिहान कपिलबस्तुबाट पक्राउ पर्नुभएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले साेमवार नै काठमाडौँ ल्याएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो– सिआईबीमा बुझाइएको छ । अनुसन्धानका लागि थुनामा राख्ने आदेशका लागि उहाँलाई साेमवार नै जिल्ला अदालत काठमाडौँ लगिने प्रहरीले जनाएको छ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले सुन तस्करी प्रकरणमा महरालाई मुद्दा चलाउन सिफारिश गरेको आधारमा प्रहरीले उहाँलाई कपिलबस्तुबाट पक्राउ गरेको थियो । जाँचबुझ आयोगको सिफारिशका आधारमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रबि लामिछानेले हिजो मात्र प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई आयोगले दोषी ठहर्याएका महरासहितलाई पक्राउ गर्न निर्देशन दिनुभएको थियो ।
पोखरालाई सुन्दर र समुन्नत शहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिन्छ : प्रधानमन्त्री
आर्थिक परिवेश०४ चैत्र ,कास्की, पाेखरा । नेपालकाे प्रशिद्ध पर्यटकीय शहर पाेखरालाई पर्यटकीय राजधानीको रूपमा घाेषणा गरिएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटकीय शहर पाेखरालाई पर्यटकीय राजधानीको रूपमा आइतवार आयाेजित विशेष समाराेहका बीच घाेषणा गर्नु भएकाे हाे । समाराेहमा प्रधानमन्त्री दाहालले पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताउनु भयाे । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज आयोजित सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ‘प्रचण्ड’ले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत सहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने विश्वास दिलाउनुभयो । “पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि समेत यथोचित पहल तथा…
हजारौँ नयाँ स्टार्टअप र उद्यमशीलता सुरु गरिने छ : प्रधानमन्त्री दाहाल
आर्थिक परिवेश०३ चैत्र, पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रको सहभागितामा उद्यमशीलतालाई प्रोत्साहन गरिने बताउनुभएको छ । बाह्रखरी मिडियाद्वारा आयोजित ‘आमन्त्रण गल्फ प्रतियोगिता’ का विजयीहरूलाई पुरस्कार प्रदान गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले हजारौँ नयाँ स्टार्टअप र उद्यमशीलता सुरु गरिने बताउनु भएकाे हाे । “आत्मनिर्भरताको व्यवस्थित प्रयास हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सुस्त कर्जा प्रवाह, मध्यम वर्गीय उपभोगमा आएको गिरावट र पुँजीगत खर्चको न्यूनता अन्त्य गर्न नीतिगत सुधार गरिनेछ ।” वर्तमान सरकारले देशको हितमा सही कार्य गर्नेछ भन्ने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने सरकारको लक्ष्य भएको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री प्रचण्डले सार्वजनिक सेवा प्रवाह चुस्त र नागरिकमैत्री बनाउँदै…
बैंकबाट ऋण लिएर तिर्नुपर्दैन भन्ने नकारात्मक भावना फैलाउने कुरा स्वीकार्य हुँदैन : अर्थमन्त्री
आर्थिक परिवेश०३ चैत्र, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बैंकबाट ऋण लिएर तिर्नुपर्दैन भन्ने नकारात्मक भावना फैलाउने कुरा स्वीकार्य नहुने बताउनु भएकाे छ । शनिबार राष्ट्रिय वाणिज्य बैंकको आरबीबीएल म्यानेजमेन्ट कन्फेरेन्सको उद्घाटन गर्दै अर्थ मन्त्रि पुनले त्यस्तो बताउनु भएकाे हाे । ‘ऋण लिएर तिर्नुहुँदैन भन्ने नकारात्मकता फैलाउने कुरा स्वीकार्य हुँदैन । राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा परिवर्तन नभईरहेको सन्दर्भमा राजनीतिक प्रणालीको समेत समीक्षा गरी हामीले नयाँ ढंगले कार्य गरिरहेको छौं अर्थ मन्त्री पुनले भन्रु भयाे ।’ बैंकिङ्ग क्षेत्र जनताको रकमबाट संचालित हुने भएकोले संस्थागत सुुशासन कायम गर्न जोड दिनुपर्ने अर्थ मन्त्रीकाे जाेड थियाे । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रिय वाणिज्य…