मंसिरमा राजस्व लक्ष्यकाे ८४.३१ प्रतिशत मात्र संकलन
आर्थिक परिवेश१ पुष , काठमाडौं । सरकारले चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो पाँच महिनाको अवधिमा ५ खर्ब २० अर्ब ४४ करोड राजस्व लक्ष्य लिएको थियो । तर लक्ष्यको ७८.७४ प्रतिशत मात्रै राजस्व संकलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । मंसिर महिनामा मात्रै ९५ अर्ब २० करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ८० अर्ब २७ करोड संकलन भएको छ । मंसिरमा संकलन भएको राजस्व लक्ष्यको ८४.३१ प्रतिशत हो । यो पूरै आर्थिक वर्ष सरकारले कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ । गत…
विदेशी विनिमय सञ्चिति ३० खर्ब ५५ अर्ब ५२ करोड, १७ . ४ महिनाको आयात धान्ने
आर्थिक परिवेश२९ मंसिर,काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार गत कात्तिक मसान्तसम्ममा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति एक दशमलव ११ प्रतिशत रहेको छ । यो अवधिसम्ममा कूल विदेशी विनिमय सञ्चिति रु ३० खर्ब ५५ अर्ब ५२ करोड रहेको छ । अमेरिकी डलरमा उक्त सञ्चिति २१ अर्ब ५२ करोड बराबर हो हालको विदेशी विनिमय सञ्चितिले १७ दशमलव ४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैङ्कले जनाएको छ । गत कात्तिक मसान्तसम्ममा चालु खाता रु दुई खर्ब ७९…
बाटो प्रयोग भएको आधारमा कर उठाउनु कानुन विपरीत : अर्थ मन्त्रालय
आर्थिक परिवेश२४ मंसिर, काठमाण्डौ । अर्थ मन्त्रालयले ढुवानीका लागि बाटो प्रयोग भएको आधारमा कर उठाउनु कानुनविपरीत भएको स्पष्ट पारेको छ । संविधान, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रदेश र स्थानीय तहलाई प्रदेश–प्रदेश वा स्थानीय तह–स्थानीय तहबीच स्थानीय रूपमा उत्पादित वस्तुको ढुवानीमा कर लगाउने अधिकार नरहेको अर्थ मन्त्रालयले जनाएको हो । केही स्थानीय तहले आफ्नो मार्ग हुँदै जाने मालसामानमा कर तथा शुल्क लगाउँदै आएका छन् । यस्तो कर असुलीले कृषक र व्यापारीमा नकारात्मक प्रभाव परेको मन्त्रालयले स्पष्ट पारेको छ । स्थानीय तहले अर्को जिल्ला वा स्थानीय तहबाट चलानी भएको सामानमा केवल बाटो प्रयोग भएको कारणले…
नेपालगन्जमा भन्सार मूल्याङ्कन डाटाबेस प्रणाली सञ्चालनमा
आर्थिक परिवेश२२ मंसिर, नेपालगन्ज । अर्थमन्त्री रामेश्वर खनालले भन्सार मूल्याङ्कन डाटाबेस प्रणाली सञ्चालन गरिएपछि अवाञ्छित क्रियाकलाप रोकिने बताउनुभएको छ । आइसिपी नेपालगन्जमा आज मूल्याङ्कन डाटाबेस प्रणालीको शुभारम्भ गर्दै उहाँले विराटनगर, बिरगन्ज र भैरहवा भन्सारपछि नेपालगन्जमा यो प्रणाली लागू गरिएको बताउनुभयो । उहाँले यसले व्यवसायको लागत घटाउनुका साथै पारदर्शी समेत गराउने बताउनुभयो । मन्त्री खनालले यो प्रणालीपछि अन्तर्राष्ट्रिय अभ्यासबाट विमुख नहुने बताउनुभयो । उहाँले अब ७५३ वटै स्थानीय तहबाट करदाता सेवा सुरु गर्न लागिएको जानकारी समेत दिनुभयो । भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारी, राजश्वका सचिव भुपाल बराल, एडिबीका परामर्शदाता निर्मल हरि अधिकारीले यो प्रणालीपछि मूल्याङ्कन प्रक्रिया छिटो हुने र भन्सार मूल्याङ्कनमा एकरूपता…
पोखरा विमानस्थल निर्माणमा ठुलो आर्थिक अनियमितता ५५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर
आर्थिक परिवेश२२ मङ्सिर, काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा परिचित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको छ । यस अनियमिततामा संलग्न रहेको दाबी गर्दै आयोगले पूर्वमन्त्री, पूर्वसचिव, पूर्वसहसचिवहरू तथा अन्य उच्च अधिकारीसहित ५५ जना र विमानस्थल निर्माणमा संलग्न कम्पनी सिएएमसी इन्जिनियरिङलाई प्रतिवादी बनाएर आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार यो विमानस्थल निर्माणका क्रममा आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपियाँ भ्रष्टाचार भएको देखिएको छ । विमानस्थल चिनियाँ ऋण सहायतामा चिनियाँ ठेकेदारबाटै बनाइएको थियो । विमानस्थल निर्माणका लागि सुरुमा नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिले २०६७ असोज…