देशकाे शोधनान्तर स्थिति १ खर्ब ४७ अर्ब ११ करोडले बचतमा
आर्थिक परिवेश२८ मंसिर, काठमाडौं । अर्थमन्त्री डा . प्रकाशशरणा महतले मुलुककाे आर्थिक अवस्थामा क्रमिकरूपमा सुधार भएकाे बताएकाे भाेली पल्ट बिहिवार सार्वजिनक भएकाे प्रतिवेदनले मुलुककाे अर्थतन्त्रका बाह्य सूचकमा सुधारले निरन्तरता पाएको देखाएकाे छ। नेपाल राष्ट्र बैंकले बिहिबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार रेमिटेन्स, शोधनान्तर स्थिति, विदेशी मुद्राको सञ्चिति लगायतका बाह्य सूचकमा निरन्तर सुधार देखिएको हो। कात्तिकमा मात्रै १ खर्ब १२ अर्ब ६२ करोड रुपैयाँ बिप्रेषाण रेमिटेन्स नेपाल भित्रिएको छ। यो वर्षको चार महिनामा रेमिटेन्स ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ भित्रिएको छ। यो रकम पोहोरको सोही अवधिको तुलनामा २६.४ प्रतिशतले बढी हो। वैदेशिक रोजगारीमा जानेको संख्या…
साउनदेखि कात्तिकसम्ममा विप्रेषण आप्रवाह २६ दशमलव चार प्रतिशतले बढ्याे
आर्थिक परिवेश२८ मंसिर, काठमाडौँ । चालु आर्थिक वर्षको चार महिनामा नेपालमा खर्ब ७७ अर्ब ९६ करोड बराबरको विप्रेषण रेमिटेन्स भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा साउनदेखि कात्तिकसम्ममा विप्रेषण आप्रवाह २६ दशमलव चार प्रतिशतले बढेकाे जनाइएकाे छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २० दशमलव चार प्रतिशतले मात्र बढेको थियो । यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३ दशमलव एक प्रतिशतले वृद्धि भै तीन अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १० दशमलव आठ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा…
विश्व बैङ्कका देशीय निर्देशक फारिस हदाद जर्भोसकाे राष्ट्रपतिसंग शिष्टाचार भेट
आर्थिक परिवेश२७ मंसिर, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग विश्व बैङ्कका देशीय निर्देशक फारिस हदाद जर्भोसले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा राष्ट्रपति पौडेलले विगत चार दशकदेखि नेपालको विकास साझेदार रहेको विश्व बैङ्कले नेपालको आर्थिक विकास र गरिबी न्यूनीकरणमा पुर्याएको सहयोगको सराहना गर्नुभएको थियो । साथै उहाँले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको नकारात्मक असर न्यूनीकरणमा बैङ्कले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । जलवायु परिवर्तनका कारण नेपालको हिमालयमा परेको असर नेपालको मात्र नभएर विश्वकै चिन्ता र चासोको विषय हुनुपर्ने राष्ट्रपति पौडेलको भनाइ रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । सो अवसरमा निर्देशक जर्भोसले नेपाल र विश्व बैंकबीचको…
संघीय सरकारबाट विकास निर्माणमा सहयोग नहुँदा विकास गर्न सकिएन : मुख्यमन्त्री शर्मा
आर्थिक परिवेश२७ मंसिर सुर्खेत । कर्णाली प्रदेश सरकारका मूख्यमन्त्री राजकुमार शर्माले विकास निर्माणका लागि संघीय सरकारबाट सहयोग नभएको गुनासो गर्नु भएकाे छ । राष्ट्रिय योजना आयोगले आगामी १६ औ पञ्चबर्षिय योजना तर्जमाका लागि बुधवार कर्णाली प्रदेशको सुर्खेतमा सुझाव संकलन कार्यक्रममा मुख्यमन्त्री शर्माले विकास निर्माणका लागि संघीय सरकारबाट सहयोग नभएको गुनासो गर्नु भयो । कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले संघीय सरकारले सहयोग नगरेका कारण कतिपय परियोजनाहरु अघि बढाउन समस्या भएको बताउनु भयो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले कर्णाली प्रदेशको द्रुत विकास आवश्यक रहेको बताउनु भयो । उहाँले १६औँ योजना वस्तुपरक र यथार्थ बन्ने भन्दै त्यसका…
बजेट र मौद्रिक नीतिबाट लिएका सुधारका कार्यक्रमले नतिजा देखाउन थालेको छ : अर्थमन्त्री
आर्थिक परिवेश२७ मंसिर, काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारको निरन्तर प्रयासपछि पछिल्लो समय अर्थतन्त्रले लय समातेको र चाँडै निर्णायक मोडमा पुग्ने जानकारी दिनुभएको छ । अर्थ मन्त्रालयमा आज आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिबाट लिएका सुधारका कार्यक्रमले नतिजा देखाउन थालेको बताउनुभयो । “मैले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा अर्थतन्त्रका धेरै सूचक सकारात्मक थिएनन् । कोभिडका बेला सहज मौद्रिक नीति अपनाउँदा त्यसले देखिएका असर व्यवस्थापनका कसिलो नीति लिनुपर्दा केही समस्या सिर्जना भएका थिए”, अर्थमन्त्री महतले भन्नुभयो, “समग्रमा आर्थिक सूचक सकारात्मक हुँदै गएका छन् । शेयर बजारमा सकारात्मक लय समातेको छ र जग्गा कारोबार पनि…