१६ देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायको अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा सुरु
आर्थिक परिवेश

  ०४ असाेज,  काठमाडौँ । एसियाका विभिन्न १६ देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायको अन्तर्राष्ट्रिय सम्मेलन शुक्रवार दखि काठमाडौँमा सुरु भएको छ । सम्मेलनको आज उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्नुभयो । एसियाली देशका सुरक्षण संस्थाको ३६औँ सम्मेलन (एसिक कन्फ्रेन्स) मा ती देशका सरकारी निकायका प्रतिनिधिहरुको सहभागिता छ । सम्मेलन नेपालले ३० वर्षपछि आयोजना गरेको हो । सम्मेलन उद्घाटनमा अर्थमन्त्री पौडेलले वित्तीय प्रणालीमा जनविश्वासको सर्वाधिक महत्व हुने उल्लेख गर्दै वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले कुनै कारणले बैङ्क तथा वित्तीय संस्था समस्याग्रस्त हुन पुगेमा साना निक्षेपकर्ताको सम्भावित क्षति संरक्षण गर्न र वित्तीय प्रणालीमा रहेको…

वर्तमान सरकारको मुख्य प्राथमिकता आर्थिक बेथिति रोक्ने रहेको छ : मुख्यमन्त्री आचार्य
आर्थिक परिवेश

  ०१असाेज बाँके ।    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभा सदस्यहरूको सुझावलाई सरकारले आत्मसात् गरेर कार्यान्वयनमा लैजाने बताउनुभएको छ। नेकपा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले वर्तमान सरकारको मुख्य प्राथमिकता आर्थिक बेथिति रोक्ने रहेको स्पष्ट पार्नुभयो। उहाँले योजना कार्यान्वयनको नाममा भइरहेको आर्थिक अनियमितता रोक्न पाँच लाखभन्दा माथिका योजनालाई प्रतिस्पर्धामार्फत अघि बढाउने बताउँदै, यस कार्यमा प्रदेश सभा सदस्यहरूको पनि सहजीकरण आवश्यक रहेको धारणा राख्नुभयो। बजेटले अधुरा कामहरूलाई आगामी वर्षमा सम्पन्न गर्ने योजना रहेको जानकारी पनि उहाँले दिनुभयो। प्रदेश सरकारले प्रदेश सडक गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको बताउँदै यसबारे जिल्ला तहमा छलफल गरी टुङ्गोमा पुर्‍याइने मुख्यमन्त्रीले स्पष्ट…

मंगलवारका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय दर
आर्थिक परिवेश

०१ असाेज, काठमाडौँ ।   नेपाल राष्ट्र बैंकले मंगलवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ६० पैसा, युके पाउण्ड स्ट्रलिङ एककोे खरिददर एक सय ७५ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ५७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ५९ रुपैयाँ २९ पैसा कायम गरिएको छ…

३१ अर्ब ६२ करोड बराबरको बजेट ल्यायाे सुदूरपश्चिम प्रदेश सरकारले
आर्थिक परिवेश

३१ भदाै, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि करिब ३१ अर्ब ६२ करोड बराबरको बजेट ल्याएको छ । आजको प्रदेश सभा बैठकमा आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले चालू आर्थिक वर्ष २०८१/८२ का लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार बराबरको बजेट प्रस्तुत गर्नुभयो । कुल बजेट मध्य चालुतर्फ १२ अर्ब ८५ करोड ७४ लाख ५ हजार र पुँजीगततर्फ १८ अर्ब ७६ करोड २४ लाख २३ हजार बजेट विनियोजन गरिएको छ । यस्तै वित्तीय व्यवस्थातर्फ १ करोड बजेट छुट्ट्याइएको छ । तत्कालीन सरकारले गत असार १ गते ल्याएको बजेट पारित नभएपछि सरकारले आज दोस्रो पटक पुनरावलोकन…

अर्थ मन्त्रालयद्वारा बहुवर्षीय स्रोत सहमतिको विवरण उपलब्ध गराउन ताकेता
आर्थिक परिवेश

३० भदौ काठमाडाै । अर्थ मन्त्रालयले बहुवर्षीय स्रोत सहमति र भुक्तानी गर्न बाँकी रहेको दायित्वको एकीन विवरण उपलब्ध गराउन मन्त्रालयहरुलाई ताकेता गरेको छ । अर्थ मन्त्रालयमा विकास तथा पूर्वाधारसँग सम्बन्धित मन्त्रालयका सचिवहरुसँग बैठक गरी अर्थ मन्त्रालयले स्रोत सुनिश्चत भएका र स्रोत सुनिश्चित नभएका बहुवर्षीय ठेक्का दायित्वको एकीन विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । त्यसैगरी अर्थ मन्त्रालयले भुक्तानी गर्नुपर्ने दायित्वको विवरण उपलब्ध गराउन पनि निर्देशन दिएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बहुवर्षीय ठेक्का र भुक्तानी दिन बाँकी दायित्वमा समस्या देखिएकाले एकीन विवरण प्राप्त भएपछि उपयुक्त निर्णय गर्ने बताउनु भयो ।