सजगतापूर्वक लचिलो नीति अवलम्बन गर्ने गरी मौद्रिक नीति सार्वजनिक
आर्थिक परिवेश

२७ असार, काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीति सार्वजनिक गर्नुहुँदै राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले सजगतापूर्वक लचिलो नीति अवलम्बन गरिएको बताउनुभयो । दोस्रो वित्तीय क्षेत्र रणनीतिक स्वीकृत गरी कार्यान्वयनमा ल्याउने मौद्रिक नीतिमा उल्लेख छ । ब्याजदर करिडोरको माथिल्लो सीमाका रुपमा रहेको बैंकदरलाई छ प्रतिशत र नीतिगत दरलाई साढे चार प्रतिशत कायम गरिएको छ । यसअघि बैंकदर साढे छ प्रतिशत र नीतिगत दर पाँच प्रतिशत थियो । मौद्रिक नीतिमार्फत निजी आवासीय घर निर्माण तथा खरिद गर्नका लागि प्रवाह गरिने कर्जाको सीमा रू दुई करोडबाट बढाएर रु तीन…

शङ्कास्पद कारोबारको निगरानी, अनुसन्धान र कारबाहीलाई प्रभावकारी बनाउने मौद्रिक नीतिकाे लक्ष्य
आर्थिक परिवेश

  २७ असार, काठमाडौँ ।    नेपाल  राष्ट्र बैङ्कले नेपाललाई सम्पत्ति शुद्धीकरण मामिलामा वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टास्कफोर्स– एफएटिएफ) को खैरो सूचीबाट बाहिर निकाल्न शङ्कास्पद कारोबारको निगरानी, अनुसन्धान र कारबाहीलाई प्रभावकारी बनाउने नीति लिएको छ । आव सार्वजनिक भएको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिले नेपाललाई खैरो सूचीबाट चाँडो बाहिर निकाल्न कार्ययोजनाअनुसार अनुसन्धान, अभियोजन र कारबाहीलाई प्रभावकारी बनाउने उल्लेख गरेको छ । “एफएटिएफको सघन निगरानी सूची अर्थात् खैरो सूची (ग्रे लिस्ट) बाट मुक्त हुन नेपाललाई प्राप्त कार्ययोजनाबमोजिमका कार्य सम्पन्न गर्न सम्बद्ध निकायबीच प्रभावकारी समन्वय गरिनेछ । राष्ट्र बैङ्कसँग सम्बन्धित राष्ट्रिय रणनीति तथा कार्ययोजनाको पूर्ण कार्यान्वयनका लागि निगरानी, अनुसन्धान…

संघीय अस्पतालले आफ्ना उपकरणको अवस्था वारे अडिट गर्नु पर्ने
आर्थिक परिवेश

२६ असार, काठमाडौँ ।   अब सबै संघीय अस्पतालले आफ्ना उपकरणको अवस्थाबारे अडिट गरेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई बुझाउनुपर्ने भएको छ । मन्त्रालयले अस्पतालहरूसँग भएका उपकरण तथा उनीहरूको अवस्थाबारे यकिन विवरण नभएको भन्दै सबै संघीय अस्पतालहरूमा अनिवार्य रुपमा मेडिकल उपकरणको अडिट अनिवार्य गर्ने निर्णय गरेको हो । हाल मन्त्रालयमा यसरी उपकरणको अवस्थाबारे तथ्याङ्क प्राप्त गर्ने व्यवस्था नै नभएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले चासो देखाउनु भएकाे  थियाे । उहाँले अस्पतालहरूका बिग्रिएका उपकरणबारे जानकारी लिएर मर्मतका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिएनु  भएकाे  थियाे । त्यसक्रममा कैयौँ सामान्य खर्चमै मर्मत गर्न सकिने उपकरण थन्किएको पाइएको थियो । त्यसयता मन्त्रालयले उपकरणको अवस्थाबारे…

चालु आर्थिक बर्ष सकिन ७ दिन मात्र रहँदा विकास खर्च ५३ प्रतिशत मात्र
आर्थिक परिवेश

२५ असार काठमाडौँ ।    चालु आवको बजेट भुक्तानी गर्ने अन्तिम दिनको अघिल्लो दिन अर्थात् मङ्गलबारसम्ममा  सरकारी खर्च करिब ७९ प्रतिशत हाराहारीमा भएकाे छ यो अवधिसम्ममा चालु शीर्षक तर्फ ८४, पुँजीगततर्फ ५३ र वित्तीय व्यवस्थातर्फ ८६ प्रतिशत बजेट खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । मंगलवार राति १२ बजेदेखि सबै सरकारी खाता एक साताका लागि रोक्का हुने भएका हुन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाका प्रवक्ता सुशीला अर्यालले…

राष्ट्रिय सभाको बुधवारको बैठकले  विनियोजन विधेयक २०८२ बहुमतले पारित
आर्थिक परिवेश

१८ असार, काठमाण्डौ ।     राष्ट्रिय सभाको बुधवारको बैठकले  विनियोजन विधेयक २०८२ बहुमतले पारित गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पारित गरियोस् भनि प्रस्तुत गर्नुभएको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८२ सभाको बहुमतले पारित गरेको हो । यस्तै बैठकले बजेटसँग सम्बन्धित आर्थिक विधेयक २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि स्वीकृत गरेको छ । विधेयकमाथि सुझाव दिन चाहने राष्ट्रियसभाका सदस्यहरूले विधेयक शाखामा सुझाव पेस गर्न सकिने राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिनुभयो । यस्तै बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक,–२०८२ सर्वसम्मतिले पारित गरेको छ । भन्सार विधेयक, २०८० पारित राष्ट्रिय सभाको…