नयाँ आर्थिक वर्ष २०८२/८३ साउन १ बाट शुरू राजस्व संकलन अघिल्लाे बर्षकाे तुलनामा ११.३३ प्रतिशत वृद्धि
आर्थिक परिवेश

 ०१ साउन,  काठमाडौं।  आर्थिक वर्ष २०८१/०८२ मा सरकारले  ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०/०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा याे संकलन ११.३३ प्रतिशत वृद्धि हो । आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो ।आर्थिक वर्ष २०८१/०८२ मा १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो । अर्ध वार्पिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्बको लक्ष्य तय गरिएको थियो । संशोधित लक्ष्य अनुसार ९१.६० प्रतिशत राजस्व संकलन भएको छ । अर्थ मन्त्रालय राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीले…

काठमाडौँ महानगरपालिकाे बजेट पारित
आर्थिक परिवेश

  ३२ असार,  काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि गत आइबार प्रस्ताव गरेको बजेट बुधवारकाे  नगरसभाबाट पारित भएको छ । कामपाका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको नगरसभाको १७ औँ अधिवेशनको दोस्रो बैठकले बजेट पारित गरेको हो । संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहले ल्याउनुपर्ने समयसीमाभन्दा ढिला गरी कामपाले रु २५ अर्ब  ७६ करोड ४३  लाख ४१ हजारको बजेट प्रस्ताव गरेको थियो । पारित बजेटमध्ये सबैभन्दा बढी पूर्वाधार क्षेत्रमा रु ५१ प्रतिशत रहेको छ भने पूर्वाधारपछि सामाजिक विकासतर्फ २० प्रतिशत, कार्य सञ्चालन तथा प्रशासनिकतर्फ रु १४ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धीत क्षेत्रमा १२ प्रतिशत  र आर्थिक विकासको लागि ३…

विद्युत नियमन आयोगले पहिलोपटक आफ्नो वार्षिक योजना तथा कार्यक्रम सार्वजनिक
आर्थिक परिवेश

३१ असार, काठमाडाै  ।   विद्युत क्षेत्रको नियामक निकाय विद्युत नियमन आयोगले पहिलोपटक आफ्नो वार्षिक योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ। नेपालको संविधान, सरकारको नीति र ऊर्जा विकास मार्गचित्र, २०८१ को मार्गदर्शन अनुसार तयार पारिएको उक्त योजना तथा कार्यक्रममा विद्युत क्षेत्रको सुधार गर्ने, विद्युत सेवालाई सर्वसुलभ, भरपर्दो र सुरक्षित बनाउने, उपभोक्ताको हित संरक्षण गर्ने तथा यस सम्बन्धमा नियामकीय उपकरणहरु तर्जुमा गर्ने लगायतका उद्देश्यहरु प्राथमिकतामा राखिएको छ। आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले आयोगको २७९ औँ बैठकबाट आयोगको प्रथम वार्षिक योजना तथा कार्यक्रम सार्वजनिक गरिएको उल्लेख गर्नु भयो। “सर्वशुलभ, भरपर्दो तथा सुरक्षित विद्युत सेवा हरेक विद्युत उपभोक्ताको अधिकार”  भन्ने मूल नारा अनुरूप आयोगको…

पूर्वाधारका ठूला आयोजना निर्माणका लागि वैकल्पिक विकास वित्त परिचालन गरिन्छ : अर्थमन्त्री
आर्थिक परिवेश

३१ असार, काठमाडाै  ।   उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थल, रेलमार्ग लगायत पूर्वाधारका ठूला आयोजना निर्माणका लागि वैकल्पिक विकास वित्त परिचालन गर्ने बताउनु भएको छ । प्रतिनिधिसभाको बैठकमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी सांसदहरुले राख्नु भएको प्रश्नहरुको जवाफ दिने क्रममा अर्थमन्त्री पौडेलले वैकल्पिक विकास कोष उर्जा विकास, विद्युत उत्पादन, विद्युत प्रसारण तथा वितरणमा परिचालन हुने बताउनुभयो । यस्तै सडक निर्माण, सुरुङ मार्ग निर्माण तथा विस्तार, औद्योगिक विकास पूर्वधार निर्माणमा परिचालन गरिने पनि जानकारी दिनुभयो । त्यसैगरी शहरी विकास पूर्वधार, डाटा सेन्टरको स्थापना तथा सञ्चालन, केबुलकार, पोडवे निर्माण तथा सञ्चालनमा पनि वैकल्पिक विकास कोषको परिचालन हुने अर्थमन्त्रीको भनाइ छ । अर्थमन्त्री…

सरकारको एक वर्ष आर्थिक रूपले उपलब्धिपूर्ण रहेकाे छ अर्थमन्त्री पौडेल
आर्थिक परिवेश

३० असार,काठमाडौँ  ।  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको एक वर्ष उपलब्धिपूर्ण रहेकाे बताउनु भएकाे छ । गत वर्षको असार ३१ गते पदभार ग्रहण गर्नुभएका अथर्मन्त्री पाैडेलले  एक वर्षमा अर्थ मन्त्रालयले सम्पन्न गरेका कामबारे समाचार संस्था रासससंग कुरा गर्दै आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्यलगायत अरु सबै हिसाबले उपलब्धिपूर्ण ढङ्गले  एक वर्ष व्यतित गरेका उल्लेख गर्नु भयाे । मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न वर्तमान सरकारले धेरै नीतिगत तथा कानूनी सुधार गरेकाे अर्थमन्त्री पाैडेलले बताउनु भयाे । यस अवधीमा आर्थिक वृद्धिदर हेर्दा अघिल्लो वर्षको दायित्व ३० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी भएकाे तथा भुक्तानीको समस्या समाधान भएको उल्लेख गर्नु भयाे   । चालू आर्थिक…