उद्यमशीलताको विकासका लागि रणनीतिक समझदारी
आर्थिक परिवेश

   १९ साउन   काठमाडौँ   ।    युवाहरूको नयाँ विचारलाई व्यवसायमा रूपान्तरण गर्न उत्प्रेरकको रुपमा काम गर्दै आएको संस्था आइडिया स्टुडियो नेपाल तथा प्रभु बैंकले उद्यमशीलताको विकासका लागि विभिन्न तीन वटा शैक्षिक संस्थासँग रणनीतिक समझदारी गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रमका बीच आइडिया स्टुडियो नेपाल र प्रभु बैंकले संयुक्त रुपमा गण्डकी प्रदेशका धौलागिरि बहुमुखी क्याम्पस, म्याग्दी बहुमुखी क्याम्पस र कालिका बहुमुखी क्याम्पससँग रणनीतिक समझदारी पत्रमा हस्ताक्षर गरेको आइडिया स्टुडियो नेपालकी व्यापार प्रवद्र्धन अधिकृत प्रज्ञा घिमिरेले जानकारी दिनुभयो । समझदारी पत्रमा प्रभु बैङ्क लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, आइडिया स्टुडियो नेपालका तर्फबाट कार्यकारी अध्यक्ष डा छिरिङ लामाले हस्ताक्षर गर्नुभएको…

घरेलु तथा साना उद्योगको विकास एवं प्रवर्द्धनमा सरकारले ध्यान दिन्छ : अर्थमन्त्री पौडेल
आर्थिक परिवेश

१६ बुधवार, काठमाडौ ।   उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले रोजगारी तथा स्वरोजगारी सिर्जनामा महत्वपूर्ण योगदान दिने घरेलु तथा साना उद्योगको विकास एवं प्रवर्द्धनमा सरकारले ध्यान दिने बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको प्रतिनिधिमण्डलसँग बुधवार अर्थ मन्त्रालयमा भएको भेटघाटका क्रममा अर्थमन्त्री पौडेलले घरेलु तथा साना उद्योगका पक्षमा आवश्यक नीति, नियम, कानुन, निर्देशिका ल्याउन मन्त्रालय तयार रहेको स्पष्ट गर्नुभयो । सरकारले सबै खालका उद्योग–व्यवसाय, रोजगारी, उत्पादन, उत्पादकत्व लगायत क्षेत्रमा देखिएका समस्या र समाधानका विषयमा सूक्ष्म रूपमा अध्ययन गरिरहेको उल्लेख गर्नु भयो । उहाँले अर्थतन्त्रलाई चलायमान बनाउने महत्वपूर्ण भूमिकामा रहेका मुलुकका उद्योगी–व्यवसायीबाट प्राप्त राय सुझावलाई सम्बोधन गर्ने गरी नीति तथा…

नेपाली शेयर बजारमा उच्च रकमकाे काराेवार नयाँ रेकर्ड निर्माण
आर्थिक परिवेश

१६ साउन, काठमाडौ‌‌  । बुधबार नेपाली शेयर बजारको कारोवार हालसम्मकै उच्च रकम बराबरको भएको छ । यस दिन नेप्सेमा ३३२ कम्पनीहरुका २ लाख ३८ करोड २७२ पटकको कारोबारमा २१ अर्ब ९१ करोड १५ लाख रुपैयाँ बरारको शेयरको किनबेच भएको छ । यस दिनको कारोबार रकम हालसम्मकै उच्च हो । यस अघि २०७८ साउन ३१ गते नेप्सेमा २१ अर्ब ६४ करोडका शेयर किनबेच भएको थियो । बुधवारको कारोवार रकम पछि नेपाल िशेय बजारमा नयाँ रेकर्ड निर्माण भएको छ । यस दिन नेप्से परिसूचक ६४.२५ अंक बढेर २७६०.९० विन्दुमा पुगेको छ । बुधबार १० कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ…

खोकनामा मनाइयो चौथो कोदो दिवस कोदोजन्य बालीको राष्ट्रिय दिवस घोषणा गर्दै सरकार
आर्थिक परिवेश

१५ साउन, ललितपुर ।नेपालका विभिन्न भागमा  चौथो राष्ट्रिय कोदो दिवस ललितपुरको खोकनामा सम्पन्न भएको छ । राष्ट्रिय कृषक समूह महासंघ र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) को आयोजनामा सम्पन्न दिवसमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सरकारले राष्ट्रिय दिवसको रुपमा घोषणा गर्ने प्रकृया अगाडि बढाएको जानकारी गराउनु भयाे  । मन्त्री अधिकारीले कोदोको महत्वका बारेमा सरकार जानकार रहेको बताउँदै केही दिनमै कोदोजन्य बाली प्रवद्र्धन गर्न राष्ट्रिय दिवस मनाउने प्रस्ताव मन्त्रीपरिषद्मा लैजाने तयारीमा रहेको जनाउनु भएकाे हाे । गत वर्ष सन् २०२३ लाई संयुक्त राष्ट्र संघले नै कोदोजन्य बाली वर्षको रुपमा मनाएको थियो । पोषकीय महत्व बोकेको कोदोबालीको प्रवद्र्धनका लागि…

चालु वर्षको राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न कर्मचारीहरुलाई अर्थमन्त्रीकाे निर्देशन
आर्थिक परिवेश

१४ साउन, काठमाडाैं ।   उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलेले चालु आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । आर्थिक वर्ष २०८०/८१ को वार्षिक राजस्व समीक्षा गर्न अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले संसदले अनुमोदन गरेको राजस्व संकलनको लक्ष्य पूरा गर्नुको विकल्प नरहेको उल्लेख गर्दै लक्ष्य प्राप्तिका लागि सबै सामर्थ्य लगाएर काम गर्न निर्देशन दिनु भएको हो । ‘राजस्व परिचालनका हिसाबले संक्रमण अवस्थामा छौं । चलन चल्तिका हिसाबले अघि बढ्दा लक्ष्य प्राप्त गर्न सक्दैन’, अर्थमन्त्री पौडेलले भन्नुभयो-‘चलन चल्तिको अभ्यासबाट माथि उठौं । कमीकमजोरीको स्वमूल्यांकन गरौं । चुहावटलाई नियन्त्रण गरौं । राजस्व परिचालनमा कमजोरी हुन…