तस्करी र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारीरुपमा काम गर्नुस : प्रधानमन्त्री ओली
आर्थिक परिवेश

   ०९ भदाै, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले तस्करी र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारीरुपमा काम गर्न निर्देशन दिनुभएको छ । राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल ट्रष्टलगायत कार्यालयलाई आज तस्करी, भ्रष्टाचार र राज्यको सम्पत्तिको दुरुपयोग नियन्त्रणमा प्रभावकारीरुपमा काम गर्न निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले विगतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलोसम्म सुन तस्करी भएका घटना स्मरण गराउँदै सम्बन्धित निकाय जिम्मेवार नहुँदा राज्यले ठूलो राजस्व गुमाएको र बेथिति हुर्किएको उल्लेख गर्नुभयो ।…

सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना समय अघि सम्पन्न गर्नुस : मन्त्री खडका
आर्थिक परिवेश

 ०७भदाै, काठमाडौँ ।   ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई समय अगावै सम्पन्न गर्न निर्देशन दिनुभएको छ । आयोजनाको प्रगतिबारे आज मन्त्रालयमा भएको छलफलमा उहाँले राष्ट्रिय गौरवको आयोजनालाई समयभन्दा अगाडि सक्नेगरी काम गर्न निर्देशन दिनुभएको हो । “यो देशकै महत्वपूर्ण आयोजना हो । यसलाई तोकिएको समयअगावै सम्पन्न गरेर मुलुकले अधिकतम लाभ लिनुपर्छ”, मन्त्री खड्काले भन्नुभयो । मन्त्री खड्काले मुलुकको सिँचाई र जलविद्युत् माग पूरा गर्न वैदेशिक ऋण लिएर निर्माण गर्न लागिएको आयोजनालाई तीन चरणमा काम गरेर भएपनि समयमै सक्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले आयोजना निर्माणको काम राज्य एक्लैले गर्न नसक्ने भएकाले सबैको साथ र सहयोग…

शर्तसहित सामाजिक सञ्जाल ‘टिकटक’ खोल्न दिने सरकारकाे निर्णय
आर्थिक परिवेश

०६भदाै, काठमाडौँ । नेपाल सरकारले शर्तसहित सामाजिक सञ्जाल ‘टिकटक’ खोल्न दिने निर्णय गरेको छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को बिहिवारकाे बैठकले त्यताे निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउन गत साउन २४ गते सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको निर्देशनका आधारमा सञ्चार मन्त्रालयले उक्त प्रस्ताव तयार गरेको थियो । टिकटकको प्रयोग गरेर विकृति बढाएको भनी टिप्पणी भएपछि तत्कालीन सरकारले गत कात्तिक २७ गते टिकटिकमाथि प्रतिबन्ध लगाएको थियो । सरकारले राखेका शर्तहरू साथै थप चार शर्त सरकारले…

आर्थिक समृद्धि हाँसिल गर्न जलविद्युतकाे  आन्तरिक खपत बढाउनु पर्छ : अर्थमन्त्री पौडेल
आर्थिक परिवेश

०५ भदाै,काठमाडौँ ।   उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले  आर्थिक समृद्धि हासिल गर्न जलविद्युतकाे  आन्तरिक खपत बढाउनुपर्नेमा जोड दिनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र उपाय नामक संस्थाको संयुक्त आयोजनामा काठमाडाैमा भएको ‘अनलकिङ इन्भेष्टमेन्ट’ कार्यक्रममा उहाँले ऊर्जा क्षेत्रमा निजी लगानीलाई प्रोत्साहन गर्ने योजना आवश्यक रहेको समेत बताउनुभयो । अर्थमन्त्री पौडेलले सरकारले जलविद्युत् क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको र यस क्षेत्रको विकासका लागि विदेशी लगानी ल्याउन सरकारले वातावरण बनाउने प्रतिबद्धता जनाउनुभयो । “नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी ल्याउनका लागि सरकारले वातावरण निर्माण गर्नेछ । नेपालको समृद्धिका लागि जलस्रोतको उच्चतम उपयोग गर्न ऊर्जा उत्पादन र आन्तरिक खपतमा जोड दिनुपर्छ”,…

दूध किसानको रकम भुक्तानीमा आफूले कुनै सम्झौता नगर्ने  : कृषि विकास मन्त्री अधिकारी
आर्थिक परिवेश

काठमाडौँ ।  कृषि तथा पशुपन्छी बिकास मन्त्री रामनाथ अधिकारीले दूध किसानको रकम भुक्तानीमा आफूले कुनै सम्झौता नगर्ने बताउनुभएको छ । राष्ट्रिय दुग्ध बिकास बोर्डको समन्वयमा आज भएको दुग्ध व्यवसायी सहित सरोकारवालाको छलफलमा मन्त्री अधिकारीले किसानले उधारोमा दूध दिने डेरी तथा उद्योगीले नगदमा बिक्री गर्ने र सो रकम अन्यत्र लगाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ भन्नुभयो । आफूले पद समालेदेखि दूध किसानको समस्या समाधान गर्नेतर्फ केन्द्रित भएको बताउँदै मन्त्री अधिकारीले दुग्ध बिकास संस्थान (डिडिसी) मार्फत किसानलाई बाँकी रकम भुक्तानी गर्ने प्रयासमा लागिरहेको बताउनुभयो । निजी डेरी तथा उद्योगीहरूलाई पनि किसानको रकम यथाशीघ्र भुक्तानी गर्न निर्देशन दिँदै मन्त्री अधिकारीले किसानको रकम भुक्तानीका लागि आफूले…