आगामी वर्षको बजेटः पाँच उद्देश्य, पाँच प्राथमिकता र पाँच रणनीति
आर्थिक परिवेश१५ जेठ,काठमाण्डौँ । सरकारले अर्थतन्त्रको संरचनागत सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव कार्यदल गठन गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै बजेटका पाँच उद्देश्य, पाँच प्राथमिकता र आर्थिक सुधारका पाँच रणनीति तथा पाँच रुपान्तरणकारी क्षेत्रका कार्यक्रम अघि सारेको बताउनु भयाे । बजेटका पाँच उद्देश्यमा उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि, निजी क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि र आर्थिक क्रियाकलापमा तीव्रता ल्याउनु, मानव संशोधनको विकास गर्नु, स्रोत र साधनको सन्तुलित र समन्यायिक ढङ्गले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरण गर्नु र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनु…
बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक
आर्थिक परिवेश१५ जेठ, काठमाडाैं । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक बसेकाे छ । बजेटकाे मस्याैदा अर्थमन्त्री बर्षामान पुनले मन्त्रीपिरषद समक्षा पेश गर्नु भएकाे थियाे । यस अघि अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटको तयारी पूरा भएको जनाएकाे थियाे । बजेटकाे तयारी मस्याैदा अर्थ सचिव मधुकुमार मरासिनीले अर्थमन्त्री वर्षमान पुनलाई बजेटको मस्यौदा हस्तान्तरण गरेसँगै बजेटको तयारी सम्पन्न भएको अर्थ मन्त्रालयले जनाएकाे हो । हस्तान्तरणपछि अर्थमन्त्री पुन बजेट पारित गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रस्थान गर्नु भएकाे छन् । ३ बजे पुनले संसद्को संयुक्त बैठकमा बजेट पेस गर्ने कार्यक्रम छ । प्रधानमन्त्री एवं आयोग अध्यक्ष पुष्पकमल…
बजेट भाषणको समय पछि सारियो, संघीय संसद्को संयुक्त बैठक अपराह्न ३ बजे
आर्थिक परिवेश१५ जेठ,काठमाडौँ । आज दिउसो १ बजे संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२को बजेट प्रस्तुत हुने पूर्व निर्धारित कार्यतालिका परिवर्तन भई दिउसो ३ बजे बजेट पेश हुने भएको छ । सरकारको अनुरोधमा संयुक्त बैठकको समय दुई घण्टा सारेर दिउसो ३ बजेका लागि तय भएको संसद् सचिवालयले जनाएको छ । यस अघि आजै राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले सरकारको वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन खर्च संरचना पारित भएको छ । मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको आयोगको पूर्ण बैठकले बजेटसँगै संसदमा पेस हुने वार्षिक कार्यक्रम तथा मध्यमकालीन खर्च संरचना समेत पारित गरेको…
सरकारको वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन खर्च संरचना पारित
आर्थिक परिवेश१५ जेठ, काठमाडौं । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले सरकारको वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन खर्च संरचना पारित भएको छ । मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको आयोगको पूर्ण बैठकले बजेटसँगै संसदमा पेस हुने वार्षिक कार्यक्रम तथा मध्यमकालीन खर्च संरचना समेत पारित गरेको हो । बजेटसँगै संसदमा टेबुल हुने भएकाले हरेक वर्ष वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन खर्च संरचना बनाएर राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पारित गर्ने गरेको छ । आयोगका अनुसार सरकारले ल्याउने बजेटमा वित्तीय अनुशासन कायम हुने, विनयोजन दक्षता पूर्ण रुपले पालना हुने, संस्थाहरूले गर्ने खर्चको क्षमता अनुसार…
प्रदेशकाे विकासका लागि सडक पूर्वाधार विकासमा जाेड दिइन्छ : मुख्यमन्त्री कँडेल
आर्थिक परिवेश१४ जेठ, सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीका लागि सडक पूर्वाधार नै विकासको पहिलो खुट्किलो भएको बताउनु भएको छ । आज सुर्खेतको वीरेन्द्रनगरमा प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले आयोजना गरेको आगामी वर्षका लागि बजेट तर्जुमा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले राष्ट्रिय राजमार्गले छुन नसकेको कर्णालीका लागि विकासको पहिलो पूर्वाधार भने कै सडक भएको बताउनु भएको हो । उहाँले भौगोलिक रुपमा विकट मानिएको कर्णाली र भेरी करिडोर निर्माणाधीन अवस्थामा रहेकाले प्रदेश सरकारको मुख्य प्राथमिकता नै गुणस्तरीय सडक पूर्वाधार निर्माण भएको जनाउनु भयो । प्रदेशवासीले अझैँ पनि सहज र ढुक्कसँग यात्रा गर्न नपाइरहेको तितो सत्यलाई आत्मसात गर्दै उहाँले बजेट…