करदाता प्रोत्साहन उपहार अन्तर्गत विजेताहरूकाे घोषणा
आर्थिक परिवेशकाठमाडौँ। अर्थमन्त्रालयले करदाता प्रोत्साहन उपहारअन्तर्गत विजेताहरूकाे घोषणा गरेको छ । आन्तरिक राजस्व विभागले सुरु गरेको उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा आज अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले १५ जना विजेता र एक जना बम्पर उपहार विजेता छनोट गर्नुभयो । विभागका अनुसार बम्पर उपहार कार्यक्रम अन्तर्गत रु १० लाख कुपन नम्बर ००७३१५२५४४९३ लाई परेको छ । यो कुपन भएका व्यक्ति शिवकृष्ण जनरल स्टोरबाट २५० रूपैयाको सामान किनेर कार्यक्रममा सहभागी भएका थिए । करदाता प्रोत्साहन उपहार कार्यक्रमको शुभारम्भ गर्नुहुँदै अर्थमन्त्री वाग्लेले करदाता प्रोत्साहन उपहार कार्यक्रमले बिल लिने–दिने संस्कृतिको विकास गर्दै औपचारिक अर्थतन्त्रलाई बढावा दिन मद्दत मिल्ने बताउनुभयो । उहाँले चालु आर्थिक…
सम्पत्ति शुद्धीकरणकाे ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न प्रयास जारी : अर्थमन्त्री
आर्थिक परिवेश०७ साउन,काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार निरन्तर प्रयासरत रहेको बताउनुभएको छ । कर प्रशासनलाई पारदर्शी, प्रभावकारी र विश्वसनीय बनाउन सके नेपाल ‘ग्रे लिष्ट’ बाट चाँडै बाहिर निस्कने उहाँको विश्वास छ । आन्तरिक राजस्व विभाग, लाजिम्पाटबाट देशभरका विभाग मातहतका कर अधिकृतहरूलाई आज सम्बोधन गर्दै उहाँले सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधलाई कर प्रशासनको तर्फबाट पनि मिहीन ढङ्गले हेर्नुपर्नेमा जोड दिनुभयो । अर्थमन्त्री वाग्लेले कर प्रशासकहरूको वृत्तिविकास एवं उनीहरूको काम गर्ने तरिका र राज्यलाई गरेको सहयोगका आधारमा प्राथमिकताका साथ हेरिने बताउनुभयो । उहाँले कर सङ्कलनका लागि जबर्जस्ती र त्रसित बनाएर नभई स्वैच्छिक कर अनुपातमार्फत करदाताहरूलाई करको दायरामा…
हस्तकला व्यवसायको संरक्षण, रोजगारी सिर्जना र पुस्तान्तरण गर्ने विषयमा सरकार प्रतिबद्ध
आर्थिक परिवेश०६ साउन,काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला व्यवसायको संरक्षण, रोजगारी सिर्जना र हस्तकलाको पुस्तान्तरण गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित छलफलमा उहाँले सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा हस्तकला विकास बोर्ड गठन गर्नुपर्ने मागप्रति सरकार सकारात्मक रहेको बताउनुभयो । छलफलका क्रममा नेपाल हस्तकला व्यवसायी महासङ्घका प्रतिनिधिहरूले हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सरकारसँग सहकार्य गर्न आफूहरू तयार रहेको स्पष्ट पार्नुभएको थियो । प्रधानमन्त्री शाहले आज उहाँहरूलाई छलफलका लागि बोलाउनुभएको हो । वर्तमान सरकारले हस्तकला व्यवसायलाई प्राथमिकता दिएको आफूहरूलाई महसुस भएको भन्दै सरकारसँग कुनै पनि किसिमको सहकार्य गर्न तयार…
नयाँ बजेट कार्यान्वयन गर्न अर्थ मन्त्रालयले ३७ बुँदे मार्ग निर्देशन जारी गर्याे
आर्थिक परिवेश०४ साउन काठमाण्डाै । आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले ३७ बुँदे मार्गनिर्देशन जारी गरेको छ। सोमबार अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले जारी गरेको मार्गदर्शनमा आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन वित्तीय अनुशासन र मितव्ययितालाई केन्द्रमा राख्नुपर्ने उल्लेख छ। विनियोजन ऐन, २०८३ तथा आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्वसम्बन्धी कानुनको पूर्ण परिपालना गर्न अर्थ मन्त्रालयले सबै केन्द्रीय निकाय, प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ। मार्गनिर्देशमा इन्धन, मसलन्द, गोष्ठी तथा अन्य प्रशासनिक खर्चमा अधिकतम मितव्ययिता अपनाउन भनिएको छ। त्यस्तै, कार्यालय सञ्चालनका लागि सरकारी भवनकै प्रयोगलाई प्राथमिकता दिन निर्देशन दिइएको छ। यसैगरी, सार्वजनिक खर्चलाई…
राजनीतिक अभिष्ट राखेर गभर्नरलाई निजामती कर्मचारी जस्तै चलाउन खाेज्न हुदैन : अर्थमन्त्री
आर्थिक परिवेश२ साउन, काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राजनीतिक अभिष्ट राखेर गभर्नरलाई निजामती कर्मचारीजस्तै चलाउन खाेज्न नहुने बताउनु भएको छ । प्रतिनिधिसभाको अर्थ समितिले सिंहदरबारमा आयोजना गरेको नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिकाे प्रारम्भिक छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री डा वाग्लेले राष्ट्र बैङ्कको गभर्नरलाई राजनीतिक हस्तक्षेप गरेको खण्डमा घातक परिणाम आउने बताउनु भयो । “नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ मा यसले धेरै राम्रा पक्षहरू समेटेको र गभर्नरको नियुक्तिलाई पनि स्थायी स्वरूपको बनाएको छ,” उहाँले भन्नुभयो, । “राजनीतिक अभिष्ट साँधेर गभर्नरलाई पनि निजामती कर्मचारी जस्तै कहिले एउटा कार्यालय, कहिले अर्को कार्यालयमा सरुवा वा निकाल्ने काम गर्नुहुँदैन । राष्ट्र बैङ्क…