पोखरा महानगरले ७ अर्ब १५ करोडकाे बजेट सार्वजिनक
आर्थिक परिवेश

 ०६ असार, पोखरा । ‎  पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले १९ औँ नगरसभामा बजेट प्रस्तुत गर्दै उक्त बजेट सार्वजनिक गर्नुभएको हो । ‎‎प्रस्तावित बजेटमध्ये चालु खर्चतर्फ ५५।१ प्रतिशत र पूँजीगत खर्चतर्फ ४४.९ प्रतिशत विनियोजन गरिएको छ। बजेट कार्यान्वयनका लागि संघीय सरकारबाट सशर्त अनुदानबाट २ अर्ब ६१ करोड ९१ लाख, सङ्घीय सरकार विशेष अनुदान ५ करोड ५० लाख, सङ्घीय सरकार  समपूरक अनुदान १ करोड ८२ लाख प्रस्ताव गरेकाे छ । संघीय सरकार समानीकरण अनुदान रु ४९ करोड ३७ लाख गरी संघीय सरकार…

बजेट कार्यान्वयन हुँदैन भन्ने भाष्य अन्त्य हुनुपर्छ : अर्थमन्त्री
आर्थिक परिवेश

०६ असार, काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले अनुभवी राष्ट्र सेवकलाई साथमा लिएर सरकार अघि बढ्ने जनाउँदै निश्चिन्त भएर परिणाममुखी कार्यसम्पादन गर्न निर्देशन दिनुभएको छ । राष्ट्रिय योजना आयोगमा आज आयोजित आगामी आर्थिक वर्ष २०८३र८४ को मध्यमकालीन खर्च संरचना र बजेट कार्यान्वयन पूर्व तयारीसम्बन्धी छलफलमा उहाँले राष्ट्र सेवकलाई अझ बढी जिम्मेवारी दिएर सरकारले देश निर्माणको महाअभियानमा जोड्न चाहेको बताउनभयो । निजामती सेवा र सुरक्षा अङ्ग तथा स्वास्थ्य र शिक्षा क्षेत्रलाई राजनीतिकरण र दलीयकरणबाट ‘डिपार्चर’ गराउने योजनामा सरकार रहेको उल्लेख गर्दै उहाँले ट्रेड युनियन खारेज गरेर त्यसको सुरुआत गरिएको स्पष्ट पार्नुभयो । विपुल जनादेश प्राप्त वर्तमान सरकारलाई नतिजा देखाउनुपर्ने दबाब रहेको उल्लेख…

धितोपत्र बोर्डको अध्यक्षमा डा गोपालप्रसाद भट्ट नियुक्त
आर्थिक परिवेश

०५ असार, काठमाडौँ ।    सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ को साबिक व्यवस्था जगाउनेसम्बन्धी विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ । साथै, राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक पनि संसद्मा पेस गर्ने निर्णय गरिएको सञ्चारमन्त्री डा तिमिल्सिनाले बताउनुभयो । सहकारी क्षेत्रको सुधार र प्रभावकारी नियमनका लागि मन्त्रिपरिषद्ले सहकारीसम्बन्धी प्रचलित कानुनलाई संशोधन तथा एकीकरण गर्न विधेयक तर्जुमाका लागि…

सुदूरपश्चिमले ल्यायाे ३७ अर्ब ७० करोड बजेट
आर्थिक परिवेश

 ०२ असार,  सुदूरपश्चिम ।    सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति कार्यक्रम कार्यान्वयनका लागि ३७ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ । प्रदेशसभाको असार १ गते राति ११ः४५ बजे बसेको बैठकमा सरकारका आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गर्नुभएको हो । आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट  एक अर्ब ७२ करोड, सरकारबाट राजस्व बाँडफाट भई प्राप्त हुने अनुमानित रकम  १० अर्ब २४ करोड ९२ लाख, ६६ हजार अनुमान गरिएको छ । यस्तै, सङ्घीय रोयल्टीबापत रु सात करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान  नौ…

गण्डकी प्रदेशमा चालु वर्षको भन्दा १ अर्ब बढीको बजेट
आर्थिक परिवेश

०२ असार, कास्की  ।  २४ लाख ६६ हजार ४ सय २७  कुल जनसङ्ख्या  रहेको गण्डकीमा सोमवार गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले प्रदेश सभामा चालु वर्षको भन्दा १ अर्ब बढीको बजेट प्रस्तुत गर्नु भयो । प्रदेशबाट विभिन्न देशमा रोजगारीको शिलशिलामा रहेका प्रदेशवासीलाई गाउँ फर्काउने र गाउँ हराभरा बनाउने भन्दै कृषकलाई व्यावसायिक कृषिप्रति आकर्षित गर्न‘ रिटर्न टु भिलेज  नारा तय गर्दै कृषिको व्यावसायिकीकरण र कृषिजन्य उद्योग स्थापनाको लागि लिइएको ऋणको ब्याज अनुदान दिने घोषणा गरेको छ । स्थानीय रैथाने वाली…