दैलेखमा पेट्रोलियम अन्वेषणको अन्तिम अन्वेषण कार्यअन्तर्गतको  ‘ड्रिलिङ’ को काम शुरू
आर्थिक परिवेश

२४ बैशाख, दैलेख ।  दैलेख जिल्लाको भैरवी गाउँपालिकाकाे  जलजलेमा पेट्रोलियम अन्वेषणको अन्तिम अन्वेषण कार्यअन्तर्गतको  ‘ड्रिलिङ’ को काम आइतवारबाट शुरू भएकाे छ । अन्तिम अन्वेषण कार्यअन्तर्गतको  ‘ड्रिलिङ’ को शुभारम्भ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गर्नु भएकाे छ । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा सुरु गरिएको पेट्रोलियम अन्वेषणको अन्तिम अन्वेषण कार्यअन्तर्गतको  ‘ड्रिलिङ’ को शुभारम्भ गर्नुहुँदै उद्याेग मन्त्री  भण्डारीले पेट्रोलियम पदार्थको अन्तिम अध्ययनले सफलता प्राप्त गर्ने र आर्थिक समृद्धिको ढोका दैलेखबाटै खुल्नेछ भन्नुभयो । आयोजना स्थलमा नेपाल र चीनको झण्डा राखेर उहाँले औपचारिक शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा खानी तथा भू–गर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले अन्वेषणको अन्तिम अध्ययनले सकारात्मक प्रतिवेदन प्राप्त भएमा…

आगामी नीति तथा कार्यक्रम र बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित हुन्छ : प्रधानमन्त्री
आर्थिक परिवेश

२२ बैशाख, काठमाडौँ ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित हुने बताउनुभएको छ । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आज बसेको दशौँ पूर्ण बैठकमा उहाँले विगतका नीति तथा कार्यक्रम र बजेटबाट शिक्षा लिँदै आगामी आवको नीति कार्यक्रम र बजेटलाई अघि बढाइने बताउनुभयो । “उत्पीडित, गरिबलाई कसरी उकास्न सक्छौँ, सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रित गरेर नीति तथा कार्यक्रम र बजेट ल्याइनेछ”, प्रधानमन्त्री दाहालको भनाइ उदृत गर्दै माओवादीका मुख्य सचेतक हितराज पाण्डेले भन्नुभयो । प्रधानमन्त्री दाहालले राष्ट्रिय सूचकमा सबैभन्दा पछाडि परेका वर्ग तथा क्षेत्रलाई कसरी…

कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
आर्थिक परिवेश

 २१ वैशाख, काठमाणडाै । अर्थमन्त्री पुनअर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा करका दर हेरफेर गर्दा विवाद नआउने गरी काम गर्ने बताएका छन् । बजेट निर्माण सम्बन्धमा युवा उद्यमी तथा सूचना प्रविधि क्षेत्रका विज्ञसँग सुझाव लिन शुक्रबार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री पुनले करका दर हेरफेरमा कसैको दबाब वा स्वार्थपूर्ति हुने गरी काम नगर्ने प्रतिबद्धता जनाए । राजश्वका दरहरु हेरफेर गर्दा सरोकारवालाहरुसँग परामर्श गरी उनीहरुका सुझावका आधारमा निर्णयमा पुगिने उनको भनाइ थियो । ‘करका दर घटाउने, बढाउने, विस्तार गर्ने वा छुट दिने जे गर्दा पनि विगतमा अर्थमन्त्री वा अर्थ मन्त्रालयलाई विवादमा पार्ने गरिएको छ’, मन्त्री पुनले भने, ‘मन्त्रीको व्यक्तिगत…

अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गर्ने सेवा प्रदायकलाई कारबाही गर्ने प्राधिकरणकाे चेतावनी
आर्थिक परिवेश

 २१ बैशाख, काठमाडौँ ।  नेपाल दूरसञ्चार प्राधिकरणले अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गर्ने सेवा प्रदायकलाई कारबाही गरिने जनाएको छ । प्राधिकरणले आज एक विज्ञप्ति जारी गर्दै बिहीबार केही इन्टरनेट सेवा प्रदायकहरूको इन्टरनेट सेवा अवरुद्ध भएको सम्बन्धमा प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको र विद्यमान कानुनको उल्लङ्घन हुने गरी अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरेमा कारबाही गरिने जनाएको हो । प्राधिकरणबाट गरिएको अनुगमन तथा निरीक्षणबाट केही सेवा प्रदायकको सेवा अवरुद्ध भएको पुष्टि भएको र तत्काल प्राधिकरणबाट लिइएको पहलकदमी तथा सरोकारवालाहरूबाट भएको सहयोग एवं समन्वयले केही समयभित्र नै इन्टरनेट सेवा पुनः सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ । विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले ग्रामीण दूरसञ्चार विकास कोषको…

यूएनडिपीकी क्षेत्रीय निर्देशक कान्नी विगनाराजाकाे अर्थमन्त्रीसँग शिष्टाचार भेट
आर्थिक परिवेश

२० वैशाख,काठमाडाैं ।   संयुक्त राष्ट्रसंघकी सहायक महासचिव एवं राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) की एसिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक कान्नी विगनाराजाले अर्थमन्त्री वर्षमान पुन बिहिवार शिष्टाचार भेट गर्नु भएकाे छ । यूएनडिपीको एसिया प्रशान्त क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधिहरुको बैठकमा सहभागी हुन नेपाल आएकी उहाँले बिहीबार मन्त्री पुनलाई भेट गर्नु भएकाे हाे । युएनडिपीका तर्फबाट नेपालका लागि आवासीय प्रतिनिधि आयशानी मेडागाङ्गोडा लाबे विग्नाराजाले आफूसहितको टोलीले सोलुखुम्बु हिमालय क्षेत्रको भ्रमणमा गएको र त्यहाँस्थित इम्जा ताल निरीक्षण गरेको जानकारी दिनु भयाे  । यूएनडिपीको आर्थिक तथा प्राविधिक सहयोगमा इम्जा हिमतालमा जमेको हिउँ बाहिर निकालेर ताल फुट्न सक्ने जोखिम घटाइएको थियो । युएनडिपीले दोलखाको…