चालु आर्थिक वर्षमा ४.५ प्रतिशत भन्दा बढी आर्थिक वृद्धि हुने अनुमान गरिएकाे छ : अर्थमन्त्री
आर्थिक परिवेश

१९ वैशाख, काठमाण्डौँ  ।   अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र शिथिलताबाट  क्रमिक रूपमा बाहिर आउन थालेको बताउनु भएकाे छ । राजधानीमा  बुधवार  आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालामा बोल्दै उहाँले गत वर्षको तुलनामा अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेको बताउनु भयाे  । विश्व बैंकले चालु आर्थिक वर्षमा ३.३, एसियाली विकास बैंकले ३.६ र राष्ट्रिय तथ्याङ्क विभागले ३.८७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरे पनि अर्थ मन्त्रालयले  ४.५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुने अनुमान गरेको उल्लेख गर्नु भयाे  । ‘हाम्रो अर्थतन्त्रमा थोरै शिथिलता छ । स्वभाविक रुपमा यसका आन्तरिक र बाह्य कारण छन् । तथ्याङ्कहरुले विस्तारै त्यसमा सुधार देखाएको छ’, मन्त्री पुनले…

सरकारी, अर्धसरकारी क्षेत्रमा सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी कार्यान्वयन गरिरहेका छाैं : प्रधानमन्त्री
आर्थिक परिवेश

१९ बैशाख, काठमाडौँ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  विदेशमा रहेका नेपालीहरू, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रमा क्रियाशील श्रमिकहरूका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरी प्रभावकारी कार्यान्वयनसमेत गरिरहेको बताउनु भएकाे  छ । विश्व श्रमिक दिवस, २०२४ का अवसरमा आज शुभकामना दिनुहुँदै प्रधानमन्त्री दाहालले श्रमिकको हितरक्षालाई केन्द्रमा राखेर विदेशमा रहेका नेपाली, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रमा क्रियाशील श्रमिकका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिएको बताउनु भएकाे हाे । नेपालको संविधानमा श्रमसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री दाहालले श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफ्नो हितरक्षाका निमित्त ट्रेड युनियन खोल्ने, सङ्गठित हुने र सामूहिक सौदाबाजी गर्ने हकलाई…

मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान  भन्ने नाराकासाथ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै
आर्थिक परिवेश

१९ बैशाख, काठमाडौं।   आज १ मे,  १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मजदुर आन्दोलनको सम्झनामा विश्वभर विभिन्न कार्यक्महरकाे अायाेजना गरर मनाइदै छ । श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाइन्छ । यस वर्ष ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’  भन्ने नाराकासाथ विश्व मजदुर दिवस मनाइँदैछ । श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । मजदुर आन्दोलन…

नेपालको अर्थतन्त्रको आकार  ५७ खर्ब चार अर्ब आर्थिक वृद्धिदर ३. ८७ प्रतिशत हुने
आर्थिक परिवेश

१८ बैशाख, काठमाडौँ ।   चालु आर्थिक वर्षमा नेपालकाे आर्थिक वृद्धिदर तीन दशमलव ८७ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले मंगलवार  वार्षिक राष्ट्रिय तथ्याङ्क सार्वजनिक गर्दै आर्थिक वृद्धिको प्रक्षेपण बारे जानकारी गराएको हो । चालु आवमा नेपालको अर्थतन्त्रको आकार  ५७ खर्ब चार अर्ब रूपैया बराबर हुने विवरणमा उल्लेख छ । आव २०७९/८० मा अर्थतन्त्रको आधार  ५३ खर्ब ४८ अर्ब रहने संशोधित अनुमान थियाे । आव २०७८/७९ मा अर्थतन्त्रको आकार  ४९ खर्ब ७६ अर्ब रूपैया बराबर रहेको अन्तिम विवरण सार्वजनिक गरिएको छ । चालु आवमा कृषि क्षेत्रको तीन दमलव शून्य पाँच प्रतिशत र गैरकृषि क्षेत्रको तीन दशमलव ७५ प्रतिशत…

उद्योग विभागमार्फत विभिन्न चारवटा परियोजनाका लागि नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत
आर्थिक परिवेश

१७ बैशाख,काठमाडौँ । तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चारवटा परियोजनाका लागि नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत भएको छ । उद्योग विभागअन्तर्गतको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्कर सिंह धामीले दिनुभएको जानकारीअनुसार भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि  छ अर्ब, काठमाडौँमा व्यावसायिक भवन निर्माणका लागि  तीन अर्ब, संयुक्त अधिराज्यको एकेलस इनर्जी लिमिटेडको ८५ प्रतिशत र कैलालीको मोहन्याल गाउँपालिकाको १५ प्रतिशत लगानीमा दुई सय किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि  सात करोड ६६ लाख र ललितपुर जिल्लामा होटल तथा रेस्टुरेन्ट निर्माणका लागि  छ करोड २५ लाख बराबर लगानी स्वीकृत भएको छ । विभागले आज स्वचालित मार्ग (अटोमेटिक…