प्रतिनिधिसभामा आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरू प्रस्तुत
आर्थिक परिवेश

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयक सिद्धान्त र प्राथमिकता प्रस्तुत भएको छ । बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयक सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्नुभएको हो  । प्रस्ताव प्रस्तुत गर्दै अर्थ मन्त्री डा.महतले लगानीको अनुकूल वातावरण सिर्जना गर्न गरिएको प्रक्रियागत सरलीकरण, नीजि क्षेत्रसँगको संवाद, पूँजीगत खर्च वृद्धि गर्न गरिएको पहल, वित्त नीति र मौद्रिक नीति बीचमा गरिएको तालमेलका कारण अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अगाडी बढेको बताउनुभयो । उहाँले विद्युत् उत्पादन र पर्यटकको आगमन वृद्धि तथा विदेशी लगानी बढ्नुले मुलुकको अर्थतन्त्रमा सकारात्मक योगदान पुगेको…

अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको सुझावअनुरूप सरकारले पहल गर्ने : प्रधानमन्त्री
आर्थिक परिवेश

१३ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको सुझावअनुरूप सरकारले पहल गर्ने बताउनुभएको छ । नेपालको निजी क्षेत्रका प्रतिनिधिमूलक सङ्घसंस्थाका तर्फबाट प्रधानमन्त्रीलाई भेट्न गएका नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लसँग प्रधानमन्त्रीले सो धारणा राख्नुभएको हो । प्रधानमन्त्री दाहालले देशको अर्थतन्त्रको अवस्थाप्रति आफू गम्भीर रहेको र यसको सुधारका पक्षमा सरकारले काम पनि गरिरहेको जानकारी दिनुभएको ती संस्थाद्वारा जारी संयुक्त विज्ञप्तिमा जनाइएको छ । प्रधानमन्त्रीले देशमा व्यावसायिक वातावरणको निर्माणका लागि सरकार लागिपरेको पनि बताउनुभएको थियो । अर्थतन्त्रमा समस्या देखिएपछि आफू प्रधानमन्त्री…

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा मधेसलाई विशेष व्यवस्था गरिनेछ : प्रधानमन्त्री
आर्थिक परिवेश

१२ फागुन,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा मधेसलाई विशेष व्यवस्था गरिने बताउनुभएको छ । धनुषाको सबैला नगरपालिका–४ पटेर्वाघाट र सिरहाको कल्याणपुर नगरपालिका–५ चिकना जोड्ने पक्की पुलको आज शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले अबको नीति तथा कार्यक्रम एवं बजेटमा विशेष व्यवस्था गर्ने विश्वास दिलाउनुभएको हो । आफूले सरकारको नेतृत्व गरेपछि नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने विषयलाई गम्भीर रूपमा लिएको उल्लेख गर्दै प्रधानमन्त्रीले तराईमा सिँचाइ, मल बीउको व्यवस्था गर्ने र कृषि प्रविधिलाई बढावा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार देशको अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्न बृहत् आयोजना निर्माणमा सरकारले ध्यान दिएको बताउँदै प्रधानमन्त्रीले बूढीगण्डकी…

चार ठूला सडकहरुमा बजेट अभावका कारण निर्माण कार्य रोकियाे
आर्थिक परिवेश

१२ फागुन, काठमाडाैं ।  सरकारले पूजीगत खर्च कम भएकाे भनिरहँदा तीन जिल्लाका चार ठूला सडकहरुमा बजेट अभावका कारण निर्माण कार्य रोकिएको छ । सङ्घीय सरकारअन्र्तगत २०७९ सालमा सुरु भएका बागलुङका दुई, म्याग्दीको एक र मुस्ताङको एक गरी चारवटा ठूला सडकको काम अहिले रोकिएको हो । सडक डिभिजन कार्यालय बागलुङको कार्यक्षेत्रमा रहेका तीन जिल्लाका चार ठूला सडक कालोपत्र गर्ने योजना बजेट अभावमा रोकिएको कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर अमर अधिकारीले जानकारी दिनुभयो । चार सडक एक अर्ब १९ करोड ९२ लाख ९३ हजारमा निर्माण भइरहेकामा अर्थमन्त्रालयले बजेट नपठाउँदा यस वर्ष काम हुन सकेको छैन । चार सडकलाई चालू आर्थिक वर्षमा एक…

त्रिविकाे उपकुलपतिमा प्रा .डा. बराल नियुक्त, वार्षिक शैक्षिक ‘क्यालेन्डर’ कार्यान्वयनमा जाेड
आर्थिक परिवेश

१० फागुन, काठमाडौँ ।  देशकाे जेठाे विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति केशरजङ्ग बरालले पदबहाली गर्नुभएको छ । नवनियुक्त उपकुलपति बरालले   बिहिवार साँझ कीर्तिपुरस्थित विश्वविद्यालय केन्द्रीय कार्यालयमा पुगेर कार्यभार सम्हाल्नुभएको हो । पदबहालीपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपकुलपति बरालले आफ्नो पहिलो प्राथमिकता विश्वविद्यालयको वार्षिक शैक्षिक ‘क्यालेन्डर’ कार्यान्वयन गर्नु रहेको बताउनुभयो । “त्रिभुवन विश्वविद्यालय देशको ठूलो संरचनायुक्त संस्था हो । यहाँ धेरै काम गर्नुपर्नेछ”, उहाँले भन्नुभयो । शैक्षिक क्यालेन्डर कार्यान्वयन तथा समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशनलाई प्राथमिकता दिइने उपकुलपति बरालले बताउनुभयो । विश्वविद्यालयको पाठ्यक्रम अद्यावधिक गर्ने आफ्नो योजना रहेको उहाँको भनाइ थियो । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयको…