बोटबाटै टिपेर व्यापारीले लगे पछि सुन्तलाको बजार सजिलो
आर्थिक परिवेश

त्रिवेणी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली–५ बबकका सुन्तला किसान देउबहादुर रानालाई यसपटक सुन्तला बेच्न कहाँ लाने भन्ने चिन्ता छैन । अघिल्ला वर्षहरूमा सुन्तलाको बजार खोज्दै धाउनुपर्ने उहाँको अहिले बगैँचाबाटै सुन्तला बिक्री हुँदा खुसी हुनुहुन्छ । व्यापारीले बगैँचाबाटै सुन्तलाको मूल्य गरी खरिद गरेपछि उहाँलाई सुन्तलाले बजार पाएन भन्ने चिन्ता यसपटक हटेको छ । “पहिले सुन्तला पाकेपछि कहाँ लैजाने भन्ने हुन्थ्यो, अहिले बोटबाट टिपेपछि, यहीबाट जोखेर व्यापारीले लैजाँदा बजारको समस्या हटेको छ”, उहाँले भन्नुभयो, “यसले बेच्ने समस्या हटेको छ, हामी खुसी छौँ ।” नवलपुरको बबक सुन्तला खेतीका लागि जिल्लाको प्रख्यात ठाउँ हो । यहाँका हरेक घरपरिवारले धेरै–थोरै सुन्तला लगाउने गरेका छन् ।…

व्यापारीले टुक्रा टुक्रा पार्नबाट बचेको एक सरकारी कारखाना
आर्थिक परिवेश

काठमाण्डौ । वीरगंजमा रहेको सरकारी स्वामित्वको कृषि औजार कारखाना सञ्चालनका लागि ३ उपसमिति गठन भै काम शुरु भएको छ । समितिलाई १ महिना भित्रमा प्रतिवेदन वुझाउने जिम्मेवारी दिइएको छ । यो संगै सरकारी स्वामित्वको वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनको प्रक्रिया सुरु भएको छ । कारखाना सञ्चालनका लागि अर्थ मन्त्रालयद्धारा गठित समितिको यही कार्तिक ६ गते वीरगञ्जमा बसेको बैठकले कारखाना सञ्चालनका लागि आवश्यक तयारी अघि बढाउने निर्णय गरेको छ । बैठकले ३० वर्षदेखि बन्द रहेको कृषि औजार कारखानाको सम्पत्तिको लगत तयार गर्ने, सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गर्ने, र भएका पूर्वाधार, मेसिन औजार मर्मत संभार गर्ने, मेसिनको अवस्था बुझ्न…

आलुका लागि चर्चित मुडे अब किबीका लागि चिनिन थाल्यो
आर्थिक परिवेश

खोटाड । विसं २०६८बाट किबीको व्यावसायिक खेती सुरु गरिएको खोटाड जिल्लामा अहिले अधिकांश क्षेत्रका कृषकले आ–आफ्नो क्षेत्रमा व्यवसायिक फार्म दर्ता गरेर किबी खेती सुरु गरेका छन् । लामो समय विदेश बसेका तथा गाउँमा बेरोजगार बसेका युवा आफ्नो खाली रहेका तथा भाडामा लिएको जग्गामा व्यावसायिक किबी खेती गर्नेको लहर नै चलेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेका ६० वर्षीय दोर्जी शेर्पाले लगाउनुभएको किबीको बगानमा लटरम्म फलेर पाक्न लागेका करिब साढे आठ क्विन्टल किबीको फल छ । उहाँले उत्पादन गर्नुभएको किबी दिक्तेलबजार,हलेसी,धरान, काठमाडौँलगायतका ठाउँमा बिक्री हुने गरेको छ । केपिलासगढी गाउँपालिका–१ फेदीका युवा कृषक धनकुमार राईले यसवर्ष करिब चार हजार ५००…

विद्युत निर्यात बढेर १ अर्ब ३० लाख युनिट पुग्यो, ७ अर्ब ९३ करोड २२ लाख रुपैयाँ आम्दानी
आर्थिक परिवेश

काठमाडौं । हाल नेपालबाट भारतर्फ हुने विद्युतको निर्यात बढेर १ अर्ब ३० लाख युनिट पुगेको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । त्यसपछि मंगलबारसम्म अर्थात २५ असोजसम्ममा १ अर्ब ३० लाख युनिट विद्युत निर्यात भएको हो । देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारततर्फ निर्यात गरी यस अवधिमा ७ अर्ब ९३ करोड २२ लाख रुपैयाँ खुद आम्दानी भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । ‘ विद्युत निर्यात एक अर्ब युनिट नाघ्नु हाम्रो लागि अर्को कोशेढुंगा हो’, उहाँले भन्नुभयो…

कास्कीका २ तालको पानी पम्प स्टोरेज गरी नेपाल १ सय ५० मेगावाट विद्युत् निकाल्ने
आर्थिक परिवेश

कास्की । नेपालमा पहिलो पटक दुई तालको पानी पम्पिङ गरेर बिजुली निकालिने भएको छ । कास्कीका २ तालको पानी पम्प स्टोरेज गरी नेपाल विद्युत् प्राधिकरणले १ सय ५० मेगावाट विद्युत् निकाल्ने आयोजना अघि सारेको छ । नेपालमै पहिलो पटक पम्पप स्टोरेजमार्फत रामसार सूचीमा समावेश कास्की बेगनास र रुपा तालको पानी पम्प स्टोरेजबाट जलविद्युत निकाल्न प्रक्रियाअघि बढेको हो । कास्कीका ९ तालमध्ये रुपा र बेगनास तालको भौगोलिक बनावट हेर्दा समथर देखिए पनि दुई तालबीचको सतह करिब ६० मिटर तलमाथि छ । बेगनास ताल भन्दा रुपाताल ६० मिटर होचो स्थान रहेको छ । यस्तो अवस्थामा नेपाल विद्युत् प्राधिकरणले बेगनास तालको पानी रुपमा…