
देउपुरमा सुन्तला पहेलपुर व्यापारिका प्रतिनिधि तथा किसानलाइ टिप्न भ्याइ नभ्याइ
आर्थिक परिवेश११ पुष, कुश्मा, पर्वत। सुन्तला उत्पादनका लागि प्रख्यात पर्वत जिल्लाको देउपुरका कृषकलाई आजभोलि सुन्तला बिक्री गर्न भ्याइनभ्याइ भएकाे छ । त्यहाँ काठमाडौँ, पोखरा, नारायणगढदेखि बुटवलबाट व्यापारीहरू बगैचामै सुन्तला किन्नका लागि आउने गरेका छन् । मोदी गाउँपालिका–२ देउपुरमा चार वर्षअघिसम्म सहकारीमार्फत बिक्री गर्दै आए पनि पछिल्ला वर्षहरूमा भने कृषकले आफ्नै ढङ्गले व्यापारीसँग कारोबार गर्ने गरेका छन् । पहिले माछापुच्छे सुन्तला सहकारी संस्थामार्फत बिक्री गरे पनि अहिले निजी हिसाबले नै बिक्री गर्न थालेका अगुवा कृषक दाताराम चापागाइर्ले जानकारी दिनुभयो । सुन्तला टिप्नका लागि व्यापारीका प्रतिनिधिहरूको चहलपहल बढ्दो छ । स्थानीय शिक्षक भूमिराज शर्मा सुन्तला टिप्ने र लैजानेहरूका कारण यहाँ मेला लागे जस्तै…

चिया परीक्षण, प्रवर्द्धन तथा अनुसन्धान केन्द्र संचालनमा
आर्थिक परिवेश२७ मंसिर, इलाम । इलामको सूर्योदय नगरपालिका ७ कन्याममा निमार्ण भएको चिया परिक्षण प्रवर्द्धन तथा अनुसन्धान केन्द्र बिहिवारबाट संचालन भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले एक कार्यक्रमका बिच केन्द्रको उद्घाटन गर्नु भएको हो । कोशी प्रदेश र सूर्योदय नगरपालिकाको लागत साझेदारीमा चिया परिक्षण प्रवर्द्धन तथा अनुसन्धान केन्द्र २१ करोड ६ लाख ७९ हजार ५ सय २६ रुपैयाँको लागतमा निमार्ण भएको नगरपालिकाका इन्जिनियर कविन सापकोटाले जानकारी दिनुभयो । केन्द्रबाट चिया परिक्षण चियाको बजार खोजी अनुसन्धान सबै हुने सूर्योदय नगरपालिकाका प्रमुख रण बहादुर राईले जानकारी दिनु भयो । अब केन्द्रमा चिया चाख्ने (टि टेस्टिङ)को काम हुनेछ भने चिया अनुसन्धानका…

मधेस प्रदेशमा चालू आर्थिक वर्षमा दुई लाख पाँच हजार दुई सय ५१ मेट्रिकटन बढी धान उत्पादन
आर्थिक परिवेश२२ मंसिर जनकपुरधाम । मधेस प्रदेशमा चालू आर्थिक वर्षमा १५ लाख दुई हजार चार सय ५८ मेट्रिकटन धान उत्पादन भएको छ । गत आर्थिक वर्षमा भने १२ लाख ९६ हजार छ सय ७ मेट्रिकटन धान उत्पादन भएको थियो । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा दुई लाख पाँच हजार दुई सय ५१ मेट्रिकटन बढी धान उत्पादन भएको कृषि प्रसार अधिकृत रोशनकुमार मेहताले बताउनुभयो । रोपाइँ र त्यसपछिको समयमा पानी परेको थियो भने मल र बीउ समयमा नै उपलब्ध भएकाले उत्पादन बढेको उहाँको तर्क छ । गत वर्षको तुलनामा यस वर्षमा पाँच हजार दुई सय हेक्टर बढी जमिनमा धानखेती गरिएको…

सरकारले उखुको समर्थन मूल्यमा झन्डै २० रुपैयाँ वृद्धि गरेर ताेक्याे
आर्थिक परिवेश१४ मंसिर, काठमाडौँ । सरकारले उखुको समर्थन मूल्यमा झन्डै २० रुपैयाँ वृद्धि गरेर ताेकेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उद्योगी (उखु मिल)ले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रति क्विन्टल २० रुपैयाँले वृद्धि गरेको हो । जस अनुसार अब किसानले प्रतिक्विन्टल झन्डै ५ सय ८५ रुपैयाँ रकम उखु मिलबाट पाउने छन् । सरकारले उखु किसानलाई अनुदान बापत दिने रकमको भने निर्णय गर्न बाँकी छ । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले उखु किसानलाई अनुदान बापत दिने रकम वृद्धि गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । मुलुकको आर्थिक अवस्थालाई समेत ख्याल गरेर अनुदान बापत दिने रकम पछि निर्धारण गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।…

रोजगारीको सिर्जना र कृषि क्रान्तिका लागि फरक ढङ्गले नीति तर्जुमा गरिन्छ : प्रधानमन्त्री
आर्थिक परिवेश११ मसिर काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा आकर्षक रोजगारीको सिर्जना र कृषि क्रान्तिका लागि फरक ढङ्गले नीति तर्जुमा गरिने बताउनुभएको छ । सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) द्वारा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्पादन र उत्पादकत्व वृद्धि गरेर न्यायोचित वितरण गर्न आफूहरूले नयाँ ढङ्गले काम गरिरहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले आफ्नै समयमा देशमा परिवर्तन ल्याउनुपर्ने भएकाले परिवर्तनको भार भावी सन्ततिलाई जिम्मा नदिने बरु त्यसको अनुभूति दिने बताउनुभयो । नेकपा (एमाले)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले एमाले गफ गर्नेभन्दा काममा विश्वास गर्ने पार्टी भएकाले जिफन्टकै अग्रसरतामा मुलुकमा सफल मजदुर आन्दोलन भएको र…