
एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द घिमिरे
आर्थिक परिवेशकाठमाडौं । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द घिमिरे नियुक्त भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समिति बैठकले घिमिरेलाई आगामी ४ वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ)मा कार्यरत घिमिरेलाई बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने भएको हो । हालका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको कार्यकाल यही फागुन मसान्तमा सकिँदैछ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (वाफिया) को व्यवस्था अनुसार एउटै व्यक्तिलाई २ कार्यकालभन्दा बढी प्रमुख कार्यकारी अधिकृत बनाउन पाइँदैन । सुनिल केसीले २ कार्यकाल पूरा गरेर बिदा हुने भएपछि घिमिरेलाई बैंकले सिइओमा नियुक्त गरेको…

बिहिवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
आर्थिक परिवेश१५ फाल्गुन, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहिवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८४ पैसा कायम भएको छ । आजका लागि युरोपियन युरो एकको खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ८१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५६ रुपैयाँ १२ पैसा कायम गरिएको छ । यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८८ रुपैयाँ…

मौद्रिक नीतिको दोस्रो समीक्षा सार्वजनिक
आर्थिक परिवेश१३ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो समीक्षा सार्वजनिक गरेको छ । सार्वजनिक व्यवस्था अनुसार असल कर्जाको प्रोभिजन दर १ प्रतिशतमा झारिएको छ । यसअघि यस्तो दर १.१ प्रतिशत थियो । भाखा नाघेको ३ महिनासम्मको कर्जालाई असल कर्जाका रुपमा व्याख्या गरिँदै आएको छ । सो कर्जामा बैंकहरुले अब १ प्रतिशत मात्रै प्रोभिजन गरे पुग्नेछ । यसले बैंकहरूको प्रोभिजन रकम केही घट्न सहयोग पुग्नेछ । मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाका रूपमा रहेको बैंक दरलाई ६.५…

३३ बर्षिय युवाले हात पारे बीमा प्राधिकरणकाे नेतृत्व
आर्थिक परिवेश१३ फागुन, काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले मगलवार ललितपुरको कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा अध्यक्षको कार्यभार सम्हाल्नु भएकाे छ । यस अघि नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले अर्थमन्त्रालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियाे । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ओझाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष शपथ लिनुभएको हो । उहाँलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री, अर्थ सचिव धनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायतले बधाई तथा सफलता कार्यकालको शुभकामना दिनुभएको थियो । ओझालाई हिजोको मन्त्रिपरिषद्को बैठकले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

सुनको मूल्य तोलाको एक लाख ७० हजार रुपैया पुग्याे
आर्थिक परिवेश९ फाल्गुन काठमाडौँ । शुक्रवार नेपाली बजारमा सुनको मूल्य तोलाको एक लाख ७० हजार रुपैया कायम भै काराेवार भएको छ । बिहीबार प्रतितोला एक लाख ७१ हजारमा खरिदबिक्री भएको सुन आज एक हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी, चाँदीको मूल्य रू पाँचले घटेको छ । आज चाँदी प्रतितोला एक हजार नौ सय ९० मा किनबेच हुनेछ । आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन दुई हजार नौ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।