शेयर बजारकाे परिसूचक तथा काराेवार रकममा उत्साहजनक वृद्धि
आर्थिक परिवेश

४ असाेज, काठमाडौं।  साताकाे अन्तिम काराेवार दिन  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उत्साहजनक वृद्धि देखिएको छ । यस दिन नेप्से परिसूचक ४४ दशमलव ३४ अङ्कले बढेर दुई हजार २९ दशमलव ७८ अङ्कमा कायम भएको छ । बिहिवार  विभिन्न दुई सय ७८ कम्पनीहरूका एक करोड १२ लाख ६४ हजार तीन सय नौ कित्ता शेयर एक लाख १९ हजार तीन सय ५९ पटक किनबेच हुँदा तीन अर्ब २९ करोड ३९ लाख २१ हजार तीन सय ६८ बराबरको कारोबार भएको छ । बिहिवारकाे कारोबारमा जलविद्युत् र वित्त कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । जलविद्युत् समूहको उपसूचक पाँच दशमलव ३१ प्रतिशतले बढेको छ भने…

शेयर बजारको कारोवार सूचक मंगलवार दोहोरो अङ्कले बढ्याे
आर्थिक परिवेश

२ असाेज, काठमाडाैं ।  नेपाली शेयर बजारको कारोवार सूचक मंगलवार दोहोरो अङ्कले बढेको छ । मंगवारको कारोबारपछि परिसूचक १६ दशमलव २४ अङ्कले बढेर एक हजार नौ सय ८५ दशमलव ४३ अङ्कमा कायम भएको छ । यस दिन विभिन्न दुई सय ७२ कम्पनीहरुका ४३ लाख ३६ हजार पाँच सय ८३ कित्ता शेयरहरु एक अर्ब १७ करोड ६६ लाख ८० हजार मुल्यमा किनबेच भएका छन् । मंगलवार होटल तथा पर्यटन र व्यापार समूहको उपसूचक घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।यस दिन सबैभन्दा धेरै जलविद्युत् समूहको उपसूचक तीन दशमलव २१ प्रतिशतले बढेको छ । कारोबार रकम र कारोकार भएका…

शेयर बजार बढेर बढेर दुई हजार सात दशमलव ०६ अङ्कमा
आर्थिक परिवेश

२७ भदाै, काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे परिसूचक बुधवार ३९ दशमलव ४८ अङ्कले बढेर दुई हजार सात दशमलव ०६ अङ्कमा कायम भएको छ । यस दिन बजारमा दुई सय ७५ कम्पनीको ५१ लाख ४४ हजार सात सय २४ कित्ता शेयर ३६ हजार ४५ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ४९ करोड ५५ लाख २१ हजार नौ सय पाँच बराबरको कारोबार भएको छ । बुधवारको कारोबारमा सबै समूहका उपसूचकहरूमा हरियाली देखिएको छ । जसमध्ये जलविद्युत् समूहको उपसूचक सबैभन्दा धेरै तीन दशमलव ६२  प्रतिशत र वित्त समूहको उपसूचक तीन दशमलव २० प्रतिशतले बढेको छ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर…

नेप्से परिसूचकमा १९ दशमलव ४२ अङ्कको गिरावट
आर्थिक परिवेश

२६ भदौ,काठमाडौँ ।  सोमबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १९ दशमलव ४२ अङ्कले घटेर एक हजार नौ सय ६७ दशमलव ४२ अङ्कको विन्दुमा कायम भएको हो । मंगलवार दुई सय ७६ कम्पनीका ३९ लाख १६ हजार एक सय ६१ कित्ता शेयर २६ हजार तीन सय दुई पटक खरिदबिक्री हुँदा एक अर्ब १३ करोड ५० लाख ५७ हजार पाँच सय १५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । यस दिन म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव ०४ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ ।…

नेपाल धिताेपत्र विनिमय लिमिटेडले ११ वटा धितोपत्र दलाल व्यवसायीलाई सदस्यता प्रदान
आर्थिक परिवेश

२० भदौ, काठमाडौं । नेपाल धिताेपत्र विनिमय लिमिटेड (नेपाल स्टक एक्सचेञ्ज )ले ११ वटा धितोपत्र दलाल व्यवसायीलाई धितोपत्र कारोबार सदस्यता प्रदान गरेको छ । नेप्सेले नेपाल धितोपत्र बोर्डले १० साउन २०८० मा इजाजत दिएको धितोपत्र व्यवसायी (धितोपत्र व्यापारी तथा धितोपत्र दलाल) कार्य गर्न अनुमतिपत्र प्राप्त कम्पनीलाई सदस्यता प्रदान गरेको हो । नेप्सेले गरिमा सेक्युरिटिज कम्पनीलाई ब्रोकर नम्बर ७८, पाही इन्भेष्टमेन्ट प्रालिलाई ब्रोकर नम्बर ७९, इन्दिरा सेक्युरिटिज प्रालिलाई ब्रोकर नम्बर ८० को धितोपत्र कारोबार सदस्यता प्रदान गरेको हो । यस्तै आकाश भैरव सेक्युरिटिज लिमिटेडलाई ब्रोकर नम्बर ८१, एनएमबी सेक्युरिटिज लिमिटेडलाई ब्रोकर नम्बर ८२ र सानिमा सेक्युरिटिज लिमिटेडलाई ब्रोकर नम्बर ८३ को…