शेयर धितो कर्जाको सीमा बढाउँदा पनि पुँजी बजारका लगानीकर्तामा उत्साह देखिएन
आर्थिक परिवेश

२१ असाेज, काठमाडौँ ।  शेयर धितो कर्जाको सीमा बढाउँदा पनि पुँजी बजारका लगानीकर्तामा उत्साह नदेखिएपछि आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे परिसूचक ३५ दशमलव ६७ अङ्कले घटेको छ । परिसूचक एक दशमलव ८२ प्रतिशतले घटेर एक हजार नौ सय २१ दशमलव २४ को बिन्दुमा कायम भएको हो । पुँजी बजारका लगानीकर्ताको मनोबल बढाउन भन्दै शेयर धितो कर्जासम्बन्धी व्यवस्था केही खुकुलो बनाइए पनि त्यसको सकारात्मक प्रभाव भने बजारमा देखिएन । नेपाल राष्ट्र बैंकले गत बिहीबार बैङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै मार्जिन प्रकृतिको शेयर धितो कर्जाको सीमा बढाएको थियो । यसअघि शेयर धितो कर्जाका रुपमा…

लगानीकर्ताहरूकाे ज्ञान अभिवृद्धिमा धिताेपत्र बाेर्ड र महासंघबीच सहकार्य हुने
आर्थिक परिवेश

१९ असोज, काठमाडौं ।  पुँजी बजार सम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि गरी सुसूचित एवं विश्वसनीय धितोपत्र बजार विकास गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघले सहकार्य गर्ने  भएका छन् । पँुजी बजार सम्बन्धी ज्ञान तथा जनचेतना अभिवृद्धिका लागि लगानीकर्ता प्रशिक्षण कार्यक्रम संचालन गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसरमा मिति २१८ गते महासंघमा आयोजित एक कार्यक्रममा उक्त समझदारी भएको हो । उक्त समझदारीपत्रमा बोर्डका  अध्यक्ष रमेश कुमार हमाल र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हस्ताक्षर गर्नु भएको छ । कार्यक्रममा बोर्डका अध्यक्ष हमालले समझदारीका लागि महासंघलाई धन्यवाद ज्ञापन गर्दै वित्तीय साक्षरता अभिवृद्धिमा एक…

नेपालमा आजबाट विश्व लगानीकर्ता सप्ताह शुरु बजारलाई स्वस्थकर बनाउन जरुरी अर्थमन्त्री
आर्थिक परिवेश

१५ असोज, काठमाडौं ।  नेपाल धितोपत्र बोर्डको आयोजनामा नेपालमा आजबाट विश्व लगानीकर्ता सप्ताह शुरु भएको भएको छ । धितोपत्र बोर्डहरुको अन्तराष्ट्रिय संगठन आइएसकोको आव्हानमा नेपाल धितोपत्र बोर्डको नेतृत्वमा त्यस क्षेत्रका सम्वद्ध निकायहरुको समेत संलग्नतामा आयोजित विश्व लगानीकर्ता सप्ताहको अर्थमन्त्री डा प्रकाशशरण महतले शुभारम्भ गर्नु भयो । कार्यक्रममा अर्थमन्त्री डा महतले शेयर बजारबाट केही सिमित व्यक्तिहरुले चलखेल गरी फाइदा लिने र सर्वसाधारण आम लगानीकर्ताहरुलाई बिलखबन्धनमा पार्ने काम भैरहेको भन्दै त्यसतर्फ लगानीकर्ता र नियामक सचेत हुनुपर्ने बताउनु भयो । उहाँले बजारलाई स्वच्छ बनाउदै लगानीकर्ताहरुको लगानीलाई सुरक्षित गर्नु आवश्यक भएकोमा पनि जोड दिनु भयो । अर्थमन्त्री महतले धितोपत्र बजारबाट गोप्य सूचनाहरु चुहिने र…

आइतवार नेपाल स्टक एक्सचेञ्जकाे परिसूचक ३३ दशमलव २० अङ्कले घट्याे
आर्थिक परिवेश

१४ असोज, काठमाण्डौं ।  साताको पहिलो दिन आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव २० अङ्कले घटेर एक हजार नौ सय ७१ दशमलव १० अङ्कमा कायम भएको छ । विभिन्न दुई सय ८४ कम्पनीका ६७ लाख २३ हजार चार सय कित्ता शेयर ८२ हजार आठ सय पटक किनबेच हुँदा एक अर्ब ८३ करोड चार लाख ८६ हजार सात सय ४३ बराबरको कारोबार भएको छ । आज सबै समूहको उपसूचकहरु राताम्य भएका छन् । यस दिन सबैभन्दा धेरै जलविद्युत् समूह तीन दशमलव ३२ र वित्त समूह दुई दशमलव १७ प्रतिशतले घटेको छ । आइतवार बजारमा सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा…

नियामक संस्थाका प्रमुखबीचको भेटवार्ता वित्त र धिताेपत्र बजारकाे बारेमा छलफल
आर्थिक परिवेश

०८असाेज, काठमाडौं।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बाेर्डका अध्यक्ष रमेशकुमार हमालबीच भेटवार्ता भएको छ।  अध्यक्ष हमालले गभर्नर अधिकारीलाई सोमबार राष्ट्र बैंक पुगेर भेट गर्नु भएकाे हाे । अधिकारी र हमालबीच बढ्दो ब्याजदर, सेयर धितो कर्जामा लगाइएको सीमा, भेञ्चर क्यापिटल, प्राइभेट इक्वीटीलगायत विषयमा छलफल भएको उहाँहरुका निकट स्रोतले जनाएका छन्। राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको १२ करोडको सीमा र महँगो ब्याजदरका कारण सेयर बजार बढ्न सकेको छैन। अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर धितो कर्जाको सीमा हटाउनुपर्ने बताउँदै आएका छन्। उनले राष्ट्र बैंक, बोर्ड र नेप्सेका उच्च अधिकारीलाई बोलाएर बजार बढ्ने उपाय अवलम्बन गर्न पनि भनिसक्नु भएकाे …