नेप्से परिसूचक ५३ दशमलव ०३ अङ्कले बढ्याे
आर्थिक परिवेश२१ जेठ, काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक ५३ दशमलव ०३ अङ्क अर्थात् दुई दशमलव ८४ प्रतिशतले बढेर एक हजार नौ सय १९ दशमलव ३७ अङ्कमा कायम भएको हो । आज दुई सय ७० कम्पनीको ४५ लाख ५७ हजार एक सय ६९ कित्ता शेयर ३१ हजार दुई सय ५२ पटक खरिद बिक्री हुँदा रू एक अर्ब ६५ करोड ६३ लाख ४० हजार तीन सय ९१ बराबरको कारोबार भएको छ । नेप्सेका सबै सूचक आज हरियो भएका छन् । सेन्सेटिभ इन्डेक्स नौ दशमलव ४९, फ्लोट इन्डेक्स…
प्राकृतिक व्यक्तिले दाखिला गरेको ५ र ७ .५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम कर
आर्थिक परिवेश२१ जेठ,काठमाण्डौं । शेयर लगानीकर्ता,नेपाल धितोपत्र बोर्ड,अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागबीच प्राकृतिक व्यक्तिको लागि पूँजीगत लाभकर नै अन्तिम कर हुने सहमति भएको छ । अर्थ मन्त्रालयमा अर्थमन्त्री, अर्थसचिव, नेपाल धितोपत्र कोर्डका अध्यक्ष तथा शेयर लगानीकर्ताहरुको उपस्थितिमा भएको छलफलमा त्यसतो सहमती भएको हो । छलफलमा सहमती पछि अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले एक सूचना जारी गर्दै शेयर कारोबार गर्ने प्राकृतिक व्यक्तिले नियमाअनुसार दाखिला गरेको ५ र ७ .५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम कर हुने जनाएको छ । आर्थिक विधेयक,२०८० को दफा २९ का सन्दर्भमा प्राकृतिक व्यक्तिले लगानी गरेको सूचीकृत धितोपत्रहरु बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम…
नेपाल धिताेपत्र बाेर्डबाट ७ ब्रोकर कम्पनीलाई लाइसेन्स प्रदान
आर्थिक परिवेश०९ जेठ, काठमाडाैं । नेपाल धिताेपत्र बार्डले नयाँ लाइसेन्सका लागि एलओआइ पाएका मध्ये ७ ब्रोकर कम्पनीले लाइसेन्स प्रदान गरेकाे छन। सोमबार बसेको नेपाल धिताेपत्र बोर्ड बैठकले सात ब्रोकरहरूलाई लाइसेन्स दिने निर्णय गरेको हो। बोर्डले पछिल्लो समय ४३ ब्रोकर कम्पनीलाई एलओआइ दिएको छ। निवेदन भने ४६ कम्पनीले दिएका थिए। निवेदन दिएका मध्ये तीन कम्पनी भने लाइसेन्सको रेसबाट आउट भएका थिए। पछिल्लो समय धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०७९ को पाँचौँ संशोधनले लाइसेन्स वितरणको लागि समय सीमा नै तोकेको छ। सोही कारण बोर्डले परेका निवेदनको जाँचबुझलाई तीव्रता दिँदै ४३ कम्पनीलाई एलओआइ दिएको थियो। तिनै मध्ये ७ ले पूर्वाधार तयार…
शेयर बजार परिसूचक ५१.३१ अंकले बढ्याे,२ अर्ब २० करोड रुपैयाँमाथिको काराेवार
आर्थिक परिवेश०९ जेठ, काठमाडौं। मंगलबार सेयर बजार परिसूचक नेप्सेमा वृद्धि भएको छ । नेप्से सूचकमा आज एकै दिन ५० अंकमाथिको वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ५१.३१ अंकले बढ्दै १९ सय ४२ अंकको विन्दुमा उक्लिएको छ । यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ८.८५ अंकले बढ्दै ३६७.७४ अंकको विन्दुमा उक्लिएको छ । उसो त आज सेयर कारोबार समेत बढेर २ अर्बमाथि गएको छ । ५१ अंकले नेप्से बढेको यस दिन २ अर्ब २० करोड रुपैयाँमाथिको ६० लाख ६७ हजार कित्तामाथि सेयर कारोबार भएको छ । आज १३ वटै उपसूचक धनात्मक हुँदै बजार नै हरियाली बनेको…
नेप्से परिसूचक आठ दशमलव १० अङ्कले बढेर एक हजार आठ सय ९१ दशमलव ३१ अङ्कमा
आर्थिक परिवेश०८ जेठ, काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । नेप्से परिसूचक आठ दशमलव १० अङ्कले बढेर एक हजार आठ सय ९१ दशमलव ३१ अङ्क कायम भएको छ । आज दुई सय ७२ वटा कम्पनीको ३४ लाख ९५ हजार सात सय ५२ कित्ता शेयर २५ हजार सात सय ४६ पटक खरिदबिक्री हुँदा कारोबार रकम रू एक अर्ब २७ करोड ८७ लाख चार हजार सात सय २६ पुगेको छ । नेप्से इन्डेक्ससँगै सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्समा पनि हरियो देखिएको छ । बैङ्किङ र व्यापार समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक…