
नेपालकाे सबै भन्दा पुरानाे रातो मच्छेन्द्रनाथको भोटो देखाउने जात्रा
आर्थिक परिवेश१८ जेठ, जावलाखेल,ललितपुर । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । हालकाे जावलाखेलकाे नाम पनि यही जात्राबाट रहेकाे मानिन्छ । त्यती बेला देखि यहाँ जा (भात) वला (छर्ने) गरेर जात्रा मनाउने भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आउनुभएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिनुभयो । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ । भोटो जात्रा सुरु भएको यकिन तिथि मिति अहिलेसम्म पत्ता नलागेको उहाँले बताउनुभयो । मच्छेन्द्रनाथको यात्रा…

नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशकमा वरिष्ठ वैज्ञानिक डा कृष्णप्रसाद तिम्सिना नियुक्त
आर्थिक परिवेश१३ जेठ काठमाडौँ । सरकारले छात्रवृत्ति परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने ५ सय ७२ मिलियन जापानी येन अर्थात् करिब ५३ करोड ७६ लाख रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जापान सरकारबाट प्राप्त हुने अनुदान रकम स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरूमा छात्रवृत्ति प्रदान गर्न प्रयोग हुने जानकारी दिनुभयो । यस्तै मन्त्रिपरिषद् बैठकले नेपाल कृषि अनुसन्धान परिषद् र गणतन्त्र कोरियाको ग्रामीण विकास प्रशासन बीच नेपालको कृषि क्षेत्रमा अनुसन्धान र प्रविधि हस्तान्तरणमा…

आर्थिक सुधार कार्यान्वयन कार्ययोजना तयार सरकारी खर्च र करमा कटौती, सहज आपूर्ति सुनिश्चित गरिने
आर्थिक परिवेश१० जेठ काठमाडौँ । सरकारले निरन्तर तथा छ महिनादेखि तीन वर्षसम्म सक्ने गरी ४०८ बुँदे आर्थिक सुधार कार्यान्वयन कार्ययोजना स्वीकृत गरेको छ । पूर्वसचिव रामेश्वर खनाल संयोजकत्वको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना तयार पारेको हो । बुधबार बसेको मन्त्री परिषद्को बैठकले उच्चस्तरीयग आर्थिक सुधार सुझाव आयोग, २०८१ को सुझाव कार्यान्वयनका लागि तयार गरिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना स्वीकृत गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव चुडामणि पौडेल संयोजक रहेका तीन सदस्यीय समितिले खनाल आयोगको सुझावलाई कार्यान्वयन गर्न कार्ययोजना तयार पारेको थियो । उक्त कार्ययोजनालाई अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको हो ।…

सहरीकरणसँगै वायु प्रदूषण प्रमुख समस्या बनेकाेमा चिन्ता व्यक्त
आर्थिक परिवेश०३ बैशाख काठमाडौँ । सरोकार भएकाहरुले पछिल्लो समय बढ्दै गइरहेको सहरीकरणसँगै वायु प्रदूषण प्रमुख समस्या बनेकाेमा चिन्ता व्यक्त गर्नुभएको छ । शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको आज दोस्रो दिन ‘दिगो सहरहरू र समुदायहरू’ विषयक समानान्तर सत्रमा जलवायु परिवर्तनसँग थपिएको वायु प्रदूषण सहरको ठूलो समस्या बनेको र यसले विशेषगरी बालबालिका तथा वृद्धहरूको स्वास्थ्यमा नकारात्मक असर पुर्याइरहेको भन्दै चिन्ता जनाउनुभएको हो । सत्रका वक्ताहरूले जलवायुजन्य विपद्का कारण सहरहरू असुरक्षित रहेको बताउनुभएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले गत असोजमा भएको भारी वर्षाका कारण काठमाडौँ उपत्यकामा अकल्पनीय विपद्का घटना भएको भन्दै यसले अनुकूलनको पाठ सिकाएको बताउनुभयो । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले…

मुलुकको बेरुजु बर्षेनी बढ्दो गत आर्थिक बर्ष ९.४५ प्रतिशतले बढ्यो
आर्थिक परिवेश३१ बैशाख, काठमाण्डौ । मुलुकको सरकारी बेरुजु रकम अघिल्लो आर्थिक बर्षको तुलनामा आर्थिक बर्ष २०८०/८१ मा ९.४५ प्रतिशतले बढेको छ । महालेखा परीक्षकको कार्यालयको ६२ औं वार्षिक प्रतिवेदनले आर्थिक वर्ष २०८०÷८१ सम्म मुलुकको कुल बेरुजु ७ खर्ब ३३ अर्ब १९ करोड पुगेको जनाएको छ । यसमध्ये कारबाही गरी टुंगो लगाउनुपर्ने बेरुजु रकम ५ खर्ब ५१ अर्ब २ करोड रुपैयाँ बराबरको रहेको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०÷८१ मा संघीय मन्त्रालयहरु तर्फ ३ हजार ९३ सरकारी निकायहरुको लेखा परीक्षण गरिएको जनाएको छ । त्यसै गरी प्रदेश मन्त्रालय तथा निकायहरु अन्र्तगत ७ प्रदेशका १ हजार १ सय ६५ निकाय…