दुबईमा जारी विश्व प्रर्दशनी २०२० मा रहेको नेपालको कक्षमा विश्वका लगानीकर्ताहरुले नेपालको पर्यटन, जलविद्युत, कृषि, वन, खानी तथा ठूला विकास पूर्वाधार निर्माणका विषयमा चासो देखाएका छन् ।
अक्टोबर १ तारिकबाट शुरु भै आगामी ३१ मार्च २०२२ सम्म चल्ने मेलामा नेपालले झन्डै साढे दुई सय वर्ग मिटरमा नेपाल पेभिलियन निर्माण गरेको छ । नेपाल पेभिलियनको भ्रमणको क्रममा विश्वका लागनीकर्ताहरुले नेपालमा लगानीका लागि चासो देखाएका हुन ।
मंसिर ३ गतेसम्ममा नेपाली पेभिलियनमा २ लाख ५० हजार भन्दा बढीले भ्रमण गरी विभिन्न विषयमा चासो राखेको मेलामा नेपालको पेभिलियनको व्यवस्थापन गरेको इम्पिमेन्टिङ एक्सपर्ट ग्रुप (आइजि)ले जनाएको छ ।
विश्व प्रर्दशनी मेलामा विश्वका एक सय ९२ देशहरू र संयुक्त राष्ट्र संघ सहित विभिन्न २४ वटा अन्तराष्ट्रिय संघ, संस्था तथा सङ्गठनहरूको सहभागिता रहेको छ ।
प्रदर्शनीलाई अहिले सम्मकै संसारकै सबैभन्दा ठूलो प्रदर्शनी भएको दाबी आयोजकहरुले गरेका छन् । यो प्रदर्शनीस्थल ६ वर्ग किलोमिटरमा फैलिएको छ । सहभागी सबै देशको आआफ्नै प्रदर्शनी स्थल(पेभिलियन)राखेर आआफनै मेलकितामा आधारित भएर सजावट गरेका छन् ।
नेपालको पबेलियनमा धेरै मानिसको आक्रषण देखिएको छ । नेपाली पेभिलियनमा सगरमाथा, पशुपति, लुम्बिनी, गोरखा दरवार, नेपालको मैलिक भण्डा, जीवित देवीको रुपमा पुजिने कुमारी आकर्षणको केन्द्र बनेका छन् । त्यसैगरी वीर गोर्खालीहरुको वीरताको गाथा बोकेका चित्र र नेपाली हस्तकला सामाग्रीले आगन्तुकलाई लोभ्याउने गरेको छ । नेपाल पबेलियनमा पर्यटकको अत्याधिक भीड देखिन थालेको छ । अन्य दिन दुई हजारदेखि २५ सयसम्मले अवलोकन गर्ने नेपाली पबेलियन शुक्रवार भने १० देखि १५ हजारले हेर्ने गरेको नेपाली पेभिलियनका अन्तराष्ट्रिय निर्देशक तथा होटेल एसोसिएसनका वरिष्ठ उपाध्यक्ष विनायक शाहले जानकारीदिनु भयो ।
नेपाली पेभिलियनको भ्रमणको क्रममा नेपालको पर्यटन तथा लगानीको सम्भावनाका रुपमा रहेको हाइड्रोपावर, कृषि, वन, खानीमा क्षेत्रका विषयमा बढी चासो राख्ने गरेको र चासो राख्नेहरुलाई नेपालमा लगानीका लागि उत्प्रेरित गर्ने गरिएको शाहले बताउनु भयो ।
पूर्व र पश्चिमा देशहरूलाई जोडेर जसरी दुबईले आर्थिक उन्नति गरेको छ त्यस्तै कनेक्टिभिटीको माध्यमबाट उदीयमान अर्थतन्त्र भएका मुलुकहरु भारत र चीनलाई आर्थिक रुपले जोडने,नेपालमा लगानीको माध्यबाट यहाँको संभावनालाई उजागार गरेर विश्व अर्थतन्त्रलाई नेपालले पनि योगदान गर्न सक्छ भन्ने सन्देश दिन नेपालले दिन खोजेको छ ।
नेपालीहरुले श्रमको लागि दुबई निक्कै रुचाइएको मुलुक हो । नेपालबाट करिब पाँच लाख मानिस दुबई वरपर रहेको र मेलामा पनि उनीहरुको एललेखइ रुपमा उपस्थिति हुने गरेको छ ।
दुबईमा काम गर्ने नेपालीहरू यति बेला नेपाल र नेपाली पेभिलियनको प्रचार प्रसारमा जुटेर विभिन्न नाचगान, कलाकौशल प्रदर्शनीको माध्यमबाट दुबईलगायत संसारभरिकै मानिसहरूलाई नेपालमा देखिएका सम्भावनाहरूका बारेमा जानकारी दिने गरेका छन् ।
वल्ड एक्सपो हरेक पाँच पाँच वर्षमा हुने गर्छ । ब्युरो इन्टरनेशनल एक्सपोजिसन (बिआइइ) ले उक्त प्रदर्शनीको आयोजना गर्छ । फ्रान्सको पेरिस सहरमा बिआइइको मुख्य कार्यालय छ । नेपाल पनि त्यसको सदस्य छ । त्यसमा एक सय ७९ देशहरु सदस्य रहेका छन् ।
बिआइइले प्रतिस्पर्धाको आधारमा कुन विषयमा कुन देशको कुन सहरमा विश्व प्रदर्शनी गर्ने भन्ने निर्णय गर्छ । यो प्रदर्शनी सन् २०२० मै हुनुपर्ने थियो । तर उक्त वर्ष कोभिडले बिश्वनै आक्रान्त भएको कारण प्रदर्शनी अहिले भएको हो । कनेक्टिभिटी भन्ने मूल नाराको साथ प्रदर्शनी चलिरहेको छ ।
मा प्रकाशित