शेयर बजारमा दोहोरो अंकको वृद्धि
काठमाण्डौ । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक मंगलवार दोहोरो अङ्कले वृद्धि भएको छ ।
यस दिन नेप्से सूचक १६.२७ अङ्कले बढेर दुई हजार ४५.६९ अंकमा पुगेको छ ।
मंगलवार २१३ कम्पनीहरुका ५७ लाख १३ हजार २४८ कित्ता शेयरहरु दुई अर्ब २९ करोड ९३ लाख १६ हजार ३२६ मूल्यमा किनबेच भउका छन् ।
यस दिन कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।
मंगलवारको कारोबारपछि बजार पुँजीकरण २९ खर्ब २१ अर्ब ३५ करोड ३४ लाख ९५ हजार ४६२ बराबर रहेको छ ।